
६ भाद्र, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले संसदीय प्रणाली असफल भएको बताउनुभएको छ ।
संसदीय प्रणालीको असफलताका कारण नै पटक पटकको निर्वाचनबाट प्रधानमन्त्री चयन हुन नसकेको उहाँको भनाई थियो । उहाँले भन्नुभयो, ‘चार पटकसम्म प्रधानमन्त्री चुन्न राजनीतिक दलहरु असफल हुनु भनेको संसदीय प्रणाली असफल हुनु हो ।’
केन्द्रीय समितिको बैठकका एजेण्डा तय गर्न धुलीखेल पुग्नु भएका प्रचण्डले राजधानी र्फकने क्रममा पत्रकारहरुसँग कुराकानी गर्दै पाँचौ पटकको चुनावमा मधेसीमोर्चामा रहेका दलहरुले माओवादीलाई सहयोग गर्ने बताउनुभयो । प्रचण्डले भन्नुभयो, -’सोमबारसम्म मधेशवादी दलहरुले निर्णय परिवर्तन गरेनन भने माओवादीको राम्रो सम्भावना छ ।’
राष्ट्रिय सहमति बन्यो भने माओवादी सोमबारको चुनाव अघि नै उम्मेद्वारी फिर्ता गर्न तयार रहेको बताउनुभयो । धुलिखेलस्थित मिरावेल रिसोर्टमा एक रात आरामपछि उहाँ आइतबार राजधानी र्फकनु भएको हो ।
Comments :
0 comments to “संसदीय प्रणाली असफल भयोः प्रचण्ड”
Post a Comment