बैदेशीक रोजगारीका लागि घरेलु कामदारको रुपमा कुवैत पुगेकी नेपाली महिलाले अवैध बच्चा जन्माई फर्वानिया स्थित आफु बसेको बिल्डिङको सात तला माथिबाट फ्याकेकी हुन् । एक बर्ष अघि भारतको बाटो हुँदै कुवैत पुगेकी झापाकी ३५ बर्षीय दोल कुमारी एक हप्ता पहिला मात्रै नेपाली दूतावास कुवैतमा शरण लिन पुगेकी हुन र दूतावासले राखेको सुरक्षित ठाउँ (घुम्टी सेल्टर) फर्वानियामा बसेको बेला नवजात शिशु जन्माई गत शुक्रबार हत्या गरेकी थिइन् । कुवैत पुलिसले अज्ञात बच्चाको लाश भेटाए पश्चात् छानबिन गर्दा नेपाली महिलाले आफु बसेको बिल्डिङको सातौं तल्लाको ट्वाइलेटमा बच्चालाई जन्म दिएको र उक्त बच्चा जन्मे पश्चात टवाइलेटको झ्यालबाट बाहिर फाली हत्या गरेको पुष्टी गरेको छ ।
दूतावासका कर्मचारीले उनी गर्भवती भएको शंका गरी सोध पुछ गर्दा नीजले गर्भवती नभएको र मेडिकल जाँच गराउन तयार रहेको बताएकी रहेछिन । दूताबास मेडिकल जाँच गराउने तयारीमा थियो । गत शुक्रबार फर्वानियाको बिल्डिङमा दुई तीन घण्टा ट्वाइलेटबाट ननिस्किंदा सँगै बस्ने महिलाले ढोका ठोक्दा बाहिर निस्की रगत बग्यो भन्थिन रे !!! तर बच्चा जन्माएर ट्वाइलेटको झ्यालबाट बाहिर फालीसकेकी रहिछन् । पुलिसले भेटाउँदा बच्चाको मृत्यु भई सकेको रहेछ । उनीहरु बस्ने कोठा सात तल्ला माथि थियो नेपाली दूतावासका द्वितीय सचिव पुष्पराज भटराईले भन्नुभयो ।ती महिलालाई कुवैत पुलिसले अबैध बच्चा जन्माई हत्या गरेको अभियोगमा हिरासतमा लिएको छ । स्मरण रहोस् कुवैतमा नेपाली महिलाले अवैध बच्चा जन्माउने आत्म हत्या, हत्या गर्ने नौलो कुरा होईन । ४ महिना भित्र ४ नेपाली महिलाले आत्म हत्या मात्रै गरेका होइनन् दूताबासको दैलोमा बच्चा जन्माई सकेका छन् ।
Comments :
0 comments to “कती निस्ठुरी महिला सात तलाबाट आफ्नै बच्चा हुत्याइ हत्या”
Post a Comment