
सन् २०११ फेब्रअरी २ तारिख कोरियाको दोश्रो महान चाड सलनालको अवसर पारेर म्याग्दी समाज समिति दक्षिण कोरियाले भब्य सास्कृतिक कार्यक्रम गर्दै छ । नेपालबाट ख्याती प्राप्त कलाकारहरु ल्याएर भरपुर मनोरंजन दिने तयारीमा म्याग्दी समाज समिति र सम्पूर्ण म्याग्देली हरु लागि परेका छ्न म्याग्दी समाज समिति भिन्दै र रोचक पूर्ण तरिकाले नेपालमा जन्म भै कोरियामा कर्म थलो बनाउदै आएका सम्पूर्ण नेपालीहरुलाई एकत्रित पारि मनोरंजन दिने तयारीमा रहेको छ .केहि कलाकार हरु छनोट भै सकेका छन् भने कोहि छनोट प्रक्रिया मा रहेका छन् यसै बीच म्याग्दी समाज समिति को आग्रहलाई स्वीकार्दै लोक पप तथा आधुनिक गाएक शिव परियार आउने पक्का भैसकेको छ। शिव परियारले कोरियामा रहेका नेपालीहरुका बीच उनका सुपर हिट गीतहरुबाट कोरियामा धमाका मच्चाउने छन् उनका सुपरहिट गीतहरु
" धेरै पल्ट मरे मत", "क्या दामी भो" "माया यो कस्तो माया" " कोहिले चादी राम्रो भन्छन कोहिले सुन " " तिम्रो निम्ति मखमली चोली लीइ आउला"..... आदि गीतहरु उनले तपाइँ हामि माझ पस्कने छन्. । म्याग्दी समाज समितिले कार्यक्रम आयोजना गरि आर्जन गरेको रकम म्याग्दी जिल्ला अस्पतालमा आकस्मिक कक्ष निर्माण मा खर्च गर्ने छ ।
अस्पतालमा सो कक्ष निर्माण गर्नको लागि नेपाली १५ लाख लाग्ने अनुमान गरिएको छ । विभिन्न कार्यक्रम गर्दै समितिले सो रकम जम्मा पर्ने लक्ष्य लिएको छ तसर्थ यसका लागि सम्पूर्ण म्याग्देली दाजु भाइ दिदि बहिनि हरु लागिपरेका छन् यसमा सम्पूर्ण नेपालि दाजु भाई हरुको सहयोगको पपेक्षा म्याग्दी समाज समितिले राखेको छ।
"एकले थुके सुक्छ सयले थुके नदि बन्छ" भन्ने उपदेशलाई समितिले अंगालेर अघि बढिरहेको छ ।
Comments :
0 comments to “म्याग्दी समाज समिति दक्षिण कोरियाको कार्यक्रममा शिव परियारले धमाका मच्चाउने”
Post a Comment