wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

January 12, 2010

मुक्तिनाथ मन्दिरमा बर्षेनी लाखौँ रुपैयाँ हिनामिना



नेपालको पशुपतीनाथ पछिको दोश्रो अथवा मुलुककै प्रशिद्ध तिर्थस्थलका रुपमा चिनिएको मुक्तिनाथ, जहाँ वर्षोनी हजारौंको सङ्ख्यामा तिर्थालु भक्तजनहरू दर्शनका लागि आउनेगरेका छन् । हामीहरू सहजै अनुमान लगाउन सक्छौं, सो मन्दीरमा चढाइएको भेटी मात्रै वाषिर्क एक करोडभन्दा कम अवश्य हुँदैनहोला ।


मुक्तिनाथको मन्दीरको स्थापना भएको सयौं वर्षबितेको छ, मुक्तिनाथको दर्शनका लागि आउने भक्तालुहरूको भेटीमात्रै सङ्कलन गरेको भए करोडौं रुपैयाँ सङ्कलन हुने सहजै अनुमान गर्न सकिन्छ । तर अहिलेसम्म त्यस मन्दीरमा चर्ढाईएको भेटी कहाँ जान्छ र कसले प्रयोग गर्छ भन्नेकुरा खुल्नसकेको छैन ।

हिमालपारिको जिल्ला मुस्ताङको मात्रै नभएर नेपालकै उच्च र प्रमुख स्थानमा रहेको हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको साझा तर्ीथस्थल मुक्तिनाथ मन्दिरमा बर्सर्ेे लाखौँ रुपैयाँ हिनामिना हुनेगरेको भएपनि त्यसको नियन्त्रणको प्रयास हुन सकेको छैन् ।
विभिन्न क्षेत्रबाट दर्शनको लागि पुग्ने भक्तजनहरुले मन्दिरमा चढाएको भेटीका बारेमा कसैसँग पनि आधिकारिक तथ्याङ्क नभएको र मन्दिरमा कति रकम चढाउँछन् भन्ने बारेमा हालसम्म पनि गुपचुप राखिएको छ ।
मन्दिरको दर्शन गर्न आउँने भक्तजनहरुले चढाएको भेटीमा त्यहाँ कार्यरत कर्मचारीहरुले आखाँ लगाउने गरेको समेत त्यस क्षेत्रका स्थानिय वासिन्दाहरुले लगाएका छन् । मन्दिरपरिसर भित्र रहेका तिनवटा गुम्वामा र मन्दिर भित्र बषैं देखि भक्तजनहरुले चढाउने भेटीको आधिकारिक तथ्याङ्क हालसम्म पनि र्सार्वजनिक गरिएको छैन् ।
मन्दिरमा विगतका वर्षरुम्ाा जिल्ला वाहिरबाट आउँने भक्तजनहरुको संख्यामा करिव ६० प्रतिशतले बढेको भएपनि मन्दिरको भेटीमा भने कुनै परिर्वतन नहुने भएकाले त्यहाँ हिनामिना हुने स्थानियवासिन्दाहरुको आरोप रहेको छ । ‘मन्दिरको भेटीलाई कमाइखाने बनाईएको छ’ त्यसलाई नियन्त्रण गर्नको लागि कुनैपनि सरकारी निकायले पहल गरेको छैन्
मन्दिरका पुजारी कृष्ण प्रसाद रिजाल भने आफ्नो तलव र भत्ता बाहेक आफुँलाई कुनै रकमको वारेमा जानकारी नभएको बतानुभयो ।भेटीको हिनामिनाको बारेमा मुक्तिनाथ विकास समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी उमेसकुमार ढकालले भने अनभिज्ञता प्रकट गरे । गत भदौ महिनामा मुक्तिनाथ विकास समितिले र्सार्वजनिक गरेको प्रतिबेदनमा मन्दिरको दान,चन्दा र सहयोगवाट गरि २८ साल देखि हालसम्म जम्मा ४५ लाख ५० हजार मुक्तिनाथ बिकास समितिको नेपाल वैंकमा जम्मा भएको छ । २०४८ देखि मुस्ताङका प्रमुख जिल्ला अधिकारीको देखि अध्यक्षतामा काम गदैं आएको बिकास समितिले सक्रियता हालसम्म सो रकम जम्मा गरेको जनाइएको छ ।
मन्दिरमा दर्शनको लागि आउने भक्तजनले मुख्य मन्दिर र आसपासको गुम्वामा चढाएको भेटीको कुनैपनि रर्ेकर्ड राख्ने संयन्त्र नभएको कारण पनि एक महिनामा संकलन हुने भेटी एक बर्षो देखाउने गरिएको समेत स्थानियवासिन्दाहरुले आरोप लगाएका छन् ।
मन्दिरमा संकलन भएको चन्दावाट पुजारीको तलवभत्ता,रेखदेख र त्यहाँ कार्यरत २२ जना झुमाको खानावस्नको व्यवस्था गरिनुको साथै मर्मतमा समेत खर्च गरिने भएकाले हिनामिना नहुने समितिका सदस्य सचिव एवम् जिल्ला मालपोत कार्यालयका प्रमुख ऋषिराम सुवेदीले बताए । उनले भने ‘ मन्दिरको भेटी हिनामिना भएको कुनै जानकारी विकास समितिलाई नआएको र त्यस्तो भएमा छानविन गरिने बताए । संकलन भएको चन्दा,भेटीलाई मन्दिरको विकासमा खर्च गरिने बिकास समितिले जानकारी दिएको छ ।
भक्तजनहरूले मुख्य मन्दीर परिषरमा चढाएको भेटी मन्दीरभित्रै कार्यरत झुमाहरूकै अधिनमा रहनेगरेको बताईएको छ । केहिवर्षअगाडी म्याग्दीका एक पुजारीले तिर्थालुले चढाएको सुन लुकाउने प्रयास गर्दा बौद्ध धर्मावलम्बी स्थानीय झुमाहरूले ति पुजारीलाई ३ दिनसम्म मन्दीर परिषरमै थुनेर राखेको तथ्य समेत बाहिर आएको थियो । मन्दिरमा कार्यरत पुजारीलाई भुमाहरुले आफ्नो अधिनमा राख्ने गरेको कारण पनि समस्या आएको हुन सक्ने मुक्तिनाथ मन्दिरका एक कर्मचारीले नाम बताउने र्सतमा बताए । कर्मचारीले भने ” वर्षौपुरानो ुमन्दिर परिसरमा रहेका गुम्वाको अवस्था जिर्ण्र्ाान्दै गएको छ , भुमिगत जलप्रवाहका कारण मन्दिर भासीने खतरा तर त्यसको संरक्षणमा कसैको चासो देखिएको छैन् ।
हिन्दू पुजारी र बौद्ध झुमाहरूले परम्परागतरूपमा पूजा गर्ने मन्दिरमा एक पुजारी सहित २२ जना आनी-झुमा) छन् ।


Comments :

0 comments to “मुक्तिनाथ मन्दिरमा बर्षेनी लाखौँ रुपैयाँ हिनामिना”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger