wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

January 10, 2010

मुहान विवादले खानेपानी योजना बन्द:पुलाचौरमा खानेपानीको हाहाकार

मुहान विबादका कारण म्याग्दीको पुलाचौर गाविस स्थित भुलभुले खानेपानी योजना बन्द भएको छ । पुलाचौर ६ चिप्लेटीका बासिन्दाले अबैधानीक तवरले मुहान दर्ता गरेको भन्दै योजनाको ट्याङ्की तोडफोड गरेपछि खानेपानी आपुर्ती बन्द भएको हो ।पुलाचौर गाविसको वडा न। ३ र ४ मा खानेपानीको हाहाकार भएको छ । खानेपानी अभावमा ९० घरपरिवारको जिवनयापन कष्टकर भएको उपभोक्ता समितिका अध्यक्ष सागरप्रसाद पौडेलले बताउनुभयो । ुखानेपानी लिन एक घण्टा हिँडेर चनौटे पुग्नु परेको छु अध्यक्ष पौडेलले भन्नुभयो ।


२५ वर्षअघिदेखि पुलाचौर बासीले सो मुहानको पानी उपभोग गर्दै आएका थिए । स्थानीय विकास मन्त्रालय अन्र्तगतको ग्रामिण पुर्ननिर्माण तथा पुर्नस्थापना आयोजना मार्फत योजना मर्मतका लागि गत साउनमा मुहान दर्ता भएको थियो । स्थानीयवासीलाई जानकारीनै नदिई मुहान दर्ता गरेको ५ महिनापछि थाहा पाएका चिप्लेटीबासीले आईतबार योजनाको मुहान र रिजर्भ ट्याङ्की तोडफोड गरेका स्थानीय दलबहादुर कुँवरले बताउनुभयो । उहाँका अनुसार मुहान दर्ता खारेज हुनुपर्ने चिप्लेटीका बासिन्दाको माग छ ।पुलाचौरमा मुहानको सबै पानी ल्याउने तयारी भएपछि चिप्लेटीबासी आक्रोशित भएका स्थानीय बाबुराम खत्रीले बताउनुभयो । २०४३ सालमा योजना निर्माण गर्दा मुहानको १५ प्रतिशत पानी मात्र पुलाचौरबासीले उपभोग गर्न पाउने सहमती भएको थियो । यसपाली पनी सोही सम्झौता अनुसार शुन्य दशमलव ५५ लिटर प्रतिसेकेन्ड पानी ल्याउन मुहान दर्ता भएको भएपनि गलत बुझाईका कारण बिवाद उत्पन्न भएको आयोजनाका ईिाजनियर अशोकप्रसाद यादवले बताउनुभएको छ । मुहान दर्ता हुनु पूर्व गत साउन ४ गते सुचना प्रकाशन गरि जानकारी गराईएको उपभोक्ता समितिले जनाएको छ ।ुसम्झौता अनुसार प्रकि्रया पुर् याएर पानी ल्याउन मुहान दर्ता भएको थियोु ईिाजनियर यादवले भन्नुभयो ुगलत बुझाईका कारण बिवाद उत्पन्न भएको हो ।ु बिवादका कारण १७ लाख ६९ हजार ७ सय ५२ रुपैया अनुमानीत लागत रहेको योजनाको काम प्रभावित हुन सक्ने ग्रामिण पुर्नस्थापना तथा पुर्ननिर्माण आयोजनाको म्याग्दी स्थित कार्यालयले जनाएको छ । मर्मत प्रकि्रया अघि बढाउने नबढाउने जिल्ल्ाा जलस्रोत विकास समितिको निर्णयमा निर्भर रहने ईिाजनियर यादवले जानकारी दिनुभयो । योजनाको भौतिक पुर्वाधारमा क्षत्ती पुर् याई खानेपानी आपुर्ती बन्द गरेको आक्रोशमा पुलाचौर बासीले शिक्षा यातायात लगायत सुविधामा नाकाबन्दी गर्ने धम्की दिएको चिप्लेटीका गणेशबहादुर कार्कीले बताउनुभयो । कार्किका अनुसार धम्कीपछि चिप्लेटीका ५६ जना विद्यार्थी ५ दिनदिने पुलाचौरमा रहेको विद्यालयहरुमा पढ््न जान पाएका छैनन् । विद्यार्थीहरुले पढ्न पाउनुपर्ने माग राख्दै जिल्ला शिक्षा कार्यालय र जिल्ला प्रसाशन कार्यालयमा निवेदन दर्ता गराएका छन् । आफूहरुलाई पुलाचौर पढ्न आए जे पनि गर्न सक्ने धम्की आएका कारण सुरक्षाका लागि बिहीबार प्रशासनमा आएको विद्यार्थीहरुले बताएका छन् ।दुवै पक्षलाई राखेर समस्या समाधान गर्न पहल भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ

  स्मरण रहोस यो मेरो आफ्नै गाउ हो ।       (अनलाइनबाट)

Comments :

0 comments to “मुहान विवादले खानेपानी योजना बन्द:पुलाचौरमा खानेपानीको हाहाकार”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger