wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

January 29, 2010

चीन-भारत जोडने कालीगण्डकी राजमार्ग निर्माणको अन्तिम चरणमा

छमेकी मित्रराष्ट्र चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो कालिगण्डकी राजमार्गको मुस्ताङ खण्डमा सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । चीनको सीमाना मुस्ताङको कोरल्ला नाका देखि भारतको सीमाना सुनौली सम्म जोड्ने करीब २ सय ५० किलोमिटर यो सडक चीन र भारतलाई जोड्ने नेपालको सबैभन्दा छोटो राजमार्ग हो । राजमार्ग अन्र्तगत मुस्ताङमा पर्ने करिब १ सय ३१ किलोमिटर सडक मध्ये १ सय किलोमिटर सडक निर्माण सम्पन्न भएको जिल्ला विकास समितिको कार्यालय मुस्ताङले जनाएको छ ।


कार्यालयका अनुसार घासा देखि जोमसोम सम्म ३७ र जोमसोम कागबेनी हुदै ताङ्वे सम्म २१ किलोमिटर सडक निर्माण भएर यातायातका साधन सन्चालन हुन थालेका छन् । चीनको सीमाना कोराल्ला नाका देखि घमीको झैते देउराली सम्म ४२ किलोमिटर कच्ची सडक यस अघिनै निर्माण भइसकेको जिल्ला प्राबिधिक कार्यालयका ईिाजनियर ओम बहादुर केसीले जानकारी दिएका छन् ।
ुझैतेदेखि छुसाङको ताङ्वेसम्म जोड्ने ३१ किलोमिटर सडक निर्माण भए राजमार्गको मुस्ताङ खण्ड निर्माण पुरा हुन्छु ईिाजनियर केसीले भने । स्थानीय विकास मन्त्रालय अन्र्तगतको ग्रामिण पुननिर्माण तथा पुर्नस्थापना कार्यक्रम मार्फत नयाँ ट्रयाक खोल्ने र सडकको स्तरवृद्धिगर्ने काम भईरहेको जिविसले जनाएको छ । यसका लागि सरकारले ३७ करोड रुपैया बजेट बिनियोजन गरेको छ ।
हाल जिविसको ८ लाख रुपैया लागतमा कालिगण्डकी नदी किनारै किनार अस्थाई सडक निर्माण ताङ्वे देखि चैले सम्म सवारी साधन सन्चालन हुन थालेका छन् ।
२०६४ सालको फागुनमा हिमालपारीको जिल्ला मुस्ताङ राष्ट्रिय राजमार्गसँग जोडीएको थियो । राजमार्ग निर्माणपछि मुस्ताङ म्याग्दी र पर्वत जिल्लाको ब्यापारिक क्षेत्रमा टेवा पुग्ने बताईएको छ
(अनलाइन बाट )

Comments :

0 comments to “चीन-भारत जोडने कालीगण्डकी राजमार्ग निर्माणको अन्तिम चरणमा”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger