wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

January 16, 2010

बेनिमा सुरु भयो प्रथम सडक खाना महोत्सब






बेनी, म्याग्दी १ माघ/करिब ३ सताब्दी देखि निरन्तर रुपमा बेनीमा हुदै आएको माघे सक्रान्ती मेलाको निरन्तरता स्वरुप आज देखि बेनीमा सडक खाना महोत्सब सुरु भएको छ  म्याग्दी उद्योग बाणिज्य संघ अन्तरगतको महिला उद्यम बिकास समितिको आयोजनामा आज र भोली बेनी बजारमा हुने सडक खाना महोत्सबको औपचारीक रुपमा उद्घाटन भएको छ ।
(थप तस्वीर हेर्न तल जानुहोला )









संबिधानसभाका सभासद गोबिन्द पौडेलले महोत्सबको उद्घाटन गरेका छन् । नेपालकै प्रशिद्ध कालीगण्डकी र म्याग्दी नदिको किनारमा रहेको बेनी बजार्रर् इतिहासकोपाटो धार्मिक बाटो दुवै हिसाबले महत्वपुर्ण मानिन्छ । बाईसे चौबिसे राज्यको पालामा शाक्तिसाली मानिने पर्बत राज्यको हिउदे राजधानिको रुपमा रहेको बेनी बजार भौगोलिक बनावटकै कारण भोट अर्थात तत्कालीन तिब्बत राज्यको अन्तराष्ट्रिय ब्यापारीक केन्द्र मानिन्थ्यो । हिन्दु धर्माबलम्बीहरुको प्रसिद्ध धाम मध्यकै एक मानिने गलेश्वर धाम तथा लंकाका राजा रावणको जन्मस्थल पुलाहश्रमको नजीकै रहेको बेनी बजारमा वाईसे चौबिसे राज्यको पाला देखिनै माघे सक्रान्ती मेला लाग्ने गरेको




जिल्लाका लोपुन्मुख यानीमाया, ख्याली, मदल खैजडी तथा मुर्चुङ्गाको संरक्षणको पाटोको रुपमा पनि बेनीमा हुने माघे सक्रान्ति मेलालाई लिने गरीएको छ ।




बिगत देखि परम्परागत रुपमा आयोजना गर्दै आईएको माघे सक्रान्ती मेला २०३० को दशकमा सेलाएर गएको भए पनि २०५० को दशक देखि पुन व्युझीएको हो । २०५८ देखि म्याग्दी महोत्सबको रुपमा माघे सक्रान्ती मेलाको जगर्ेना म्याग्दी उद्योग बाणिज्य संघले सुरु गरेको हो ।




मुस्ताङ्गे राजा जिग्मी परवल बिष्टले पनि म्याग्दीलाई अन्तराष्ट्रिय व्यापारीक केन्द्रको रुपमा आफ्ना अग्रजहरुले मान्दै आएको बताएका थिए ।
यसै सर्न्दर्भमा माघे सक्रान्ती मेलाको पहिचान जोगाई राख्ने र पर्यटन बर्ष२०११ लाई भब्य रुपमा सफल बनाउने भन्दै बेनी बजारको न्युरोडको ७ सय मिटर सडक एरीयामा शुक्रबार देखि माघेसक्रान्ती मेला तथा सडक खाना महोत्सब सुरु भएको छ ।महोत्सबमा जिल्लाका जनजातीले प्रयोग गर्ने खानाका परिकार डिढो, आटो, सिस्नोको तरकारी लगाएतका लोपुन्मुख खानालाई समावेस गरीएको छ

Comments :

0 comments to “बेनिमा सुरु भयो प्रथम सडक खाना महोत्सब”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger