wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

January 21, 2010

पच्चीस सय नेपाली कामदार कोरिया पठाईने

श्रम तथा यातायात व्यवस्था मन्त्री मोहम्मद आफताब आलमले आगामी मार्चदेखि २५ सय नेपाली कामदार कोरिया पठाइने जानकारी दिनुभएको छ।
मन्त्री आलमले रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत वैदेशिक रोजगारमा जान दुई वर्षका निम्ति कोरियासाग हालै श्रम सम्झौता गरिएको र इपिएस उत्तीर्ण कामदारको म्याद एक वर्ष थपिएको जानकारी दिनुभयो।

उहाँले कोरियाले गत वर्ष १५ देशबाट कामदार आपूर्ति गरेकोमा यस वर्ष नेपाललाई मात्र निरन्तरता दिएको बताउनुभएको छ।
मन्त्री आलमले हालै कारिया र कुवेतमा श्रम सहचारीको व्यवस्था गरिएको, वैदेशिक रोजगारसम्बन्धी मुद्दालाई निरुपणका निमित्त वैदेशिक रोजगार न्यायाधिकरण गठनको निर्णय भइसकेको, जापानमा नेपाली औद्योगिक प्रशिक्षार्थी कामदार पठाउने सम्बन्धमा निर्देशिका जारी गरी प्रक्रिया सुरु भएको जानकारी दिनुभएको छ।
उहाँले अबको प्राथमिकता कोरिया र जापान हुने बताउँदै यस वर्ष सीप विकास तथा व्यावसायिक तालिम केन्द्रहरुले २२ हजारलाई तालिम दिने कार्यक्रम रहेको जानकारी दिनुभएको छ।
साथै उहाँले खाडी मुलुकका दूतावास नेपालमा खोल्न कूटनीतिक पहल गरिएको, वैदेशिक रोजगारमा गई दुर्घटना र जीवन गुमाएका १७७ जनालाई नियमअनुसार आर्थिक सहयोग प्रदान गर्नुका साथै मृतकको शव घरपरिवारसम्म ल्याइएको बताउनुभयो।
चालु आर्थिक वर्षको ५ महिनामा वैदेशिक रोजगारीमा जाने १ लाख २६ हजार ८१ थपिएको समेत जानकारी मन्त्री आलमले दिनुभएको छ।
(अनलाइन बाट )

Comments :

0 comments to “पच्चीस सय नेपाली कामदार कोरिया पठाईने”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger