wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

January 21, 2010

माओबादीको केन्द्रिय नेताहरु म्याग्दीमा

एकिकृत माओबादीको तमुवान, मगराँत राज्यसमितिको बृहत भेलालाई सम्बोधन गर्न म्याग्दी सदरमुकाम बेनीमा माओबादीको केन्द्रिय नेताहरु बेनीमा आएका छन।  उक्त सभामा एकीकृत नेकपा -माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले सरकार परिवर्तन गरेर जनताका समस्या समाधान नहुने बताउनुभएको छ ।
चौथो चरणको आन्दोलनअन्तर्गत बेनीमा आज आयोजना हुने सभालाई सम्बोधन गर्न म्याग्दी आउनुभएका भट्टराईले पुरानो चिन्तन परिवर्तन गरेरमात्र गरिबी, अन्याय, अत्याचार, शोषण, दमनजस्ता समस्या समाधान गर्न आफूहरू सरकार नभएर सत्ता परिवर्तनको अभियानमा लागेको बताउनुभयो ।
नेपाल राष्ट्रिय कर्मचारी महासङ्घ जिल्ला सङ्गठन समिति, म्याग्दीले आज बिहान बेनीमा आयोजना गरेको कर्मचारी भेटघाट तथा अन्तरक्रियामा पूर्वअर्थमन्त्रीसमेत रहनुभएका भट्टराईले भन्नुभयो-”जनताको सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नु हाम्रो लक्ष्य हो ।”
कर्मचारी पनि पुरानो सोच र मानसिकतालाई छोडेर नयाँ नेपाल निर्माणको अभियानमा सरिक हुन भट्टराईले आग्रह गर्नुभयो  प्रबक्ता दिननाथ शर्मा, सभाषद गोबिन्द पौडेल, राटि्रय कर्मचारी संगठन जिल्लाकार्यमितीका अध्यक्ष धर्मलाल लामिछाने, बाग्लुङ, पर्वत लगायतका नेताहरुको उपस्थिती रहेको छ।

Comments :

0 comments to “माओबादीको केन्द्रिय नेताहरु म्याग्दीमा”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger