wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

January 22, 2010

विद्यालय निर्माणमा झडप हुँदा एकको मृत्यू, गाउँको स्थीति तनाव


म्याग्दीको बेगखोला गाविसमा रहेको एक विद्यालय भवन निर्माणको विषयमा दुइ पक्षबिच झडप हुँदा एकजनाको मुत्यु भएको छ । विद्यालका अभिधावकविचको झडपका कारण गाउँमा तनाव फैलिएको छ । झडपकै काराण विद्यालय अनिश्चित कालका लागि बन्द भएको छ ।बेगखोला गाविस-८ बाँदुकमा रहेको श्रीकृष्ण निमाविको विद्यालय भवन बनाउने विषयमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीविच झडप भएको बताईएको छ ।मृत्यू हुनेमा विद्यालय व्यवस्थापन समितिका कोषाध्यक्ष वर्ष५५ का अम्मर पुर्जा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बुधबार साँझ विद्यालयको भवन निर्माण गर्ने विषयमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूबिच सामान्य बिबाद भएको र त्यसले उग्ररुप लिँदै गएपछि दुइ समुहका बिच लाठी हानाहान भएको थियो ।
दुइ समुहका विच भएको हानाहानमा विद्यालय व्यवस्थापन समितिकै सदस्य दिपक पाइजाले बाँसको लठ्ठीले टाउकोमा हिर्काउँदा विद्यालय व्यवस्थापन समितिका कोषाध्यक्ष पुर्जाको घटनास्थलमै मृत्यू भएको बताईएको छ ।कोषाध्यक्ष पाइजालाई हिर्काएर ज्यान लिने पाइजालाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको बताएको छ ।घटनाका बारेमा अध्ययन गर्नका लागि जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरीको एक टोली घटनास्थलमा पुगेको भएपनि थप विवरण आउन बाँकी रहेको प्रहरी नायव उपरिक्षक लोकेन्द्र मल्लले बताउनुभयो
(अनलाइन बाट )

Comments :

0 comments to “विद्यालय निर्माणमा झडप हुँदा एकको मृत्यू, गाउँको स्थीति तनाव”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger