wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

January 27, 2010

अझै सुल्झिएन पानीको मुहान बिबाद

म्याग्दी जिल्लाको पुलाचौर गाबिसको  खानेपानीको मुहान विवाद नसुल्झदा पुचालौर गाविस- ३ र ४ चौरगाउ“का ९० घरपरिवारले तीन सातादेखी खानेपानी पाएका छैनन् ।
खानेपानी आपर्ूर्ति अवरुद्ध गरेको विरोधमा चौरवासीले पनि चिप्लेटी क्षेत्रमा जाने मोटरबाटमा खाडल खनेर र का“डेतार लगाएर अवरोध पुर्‍याएका छन् । ‘खानेपानी नछोडेपछि चौरवासीले शनिवारदेखी चिप्लेटी क्षेत्रमा जाने मोटरबाटो बन्द गरेका छन् । मोटरवाटो बन्दहुंदा पुलाचौरकै केही क्षेत्र र कुहुं गाविसमा सवारी सञ्चालन अवरुद्ध भएको छ’ स्थानिय रुद्रबहादुर श्रेष्ठले बताए ।


पुलाचौर गाविस-६ चिप्लेटीवासीले आप\mनो क्षेत्रको भुलभुले खानेपानी मुहान र पाईपलाईन तोडफोड गरेपछि आपर्ुर्ती बन्द भएको हो । पानी आपर्ूर्ति बन्द भएपछि चौरवासी खानेपानी लिन एक घण्टा हिडेर चनौटे पुग्ने गरेका छन् । २० दिनदेखी प्रशानसन कार्यालयले खानेपानीको विवाद मिलाउन नसकेपछि गाविसलाई नै जिम्मा लगाएको छ ।
भुलभुले खानेपानीको मुहान चौरबासीले २५ वर्षघिदेखि भोगचलन गर्दै आएका थिए । मुहान क्षेत्रका उपभोक्तालाई पत्तै नदिई चौरवासीले मुललाई जलश्रोत समितिमा दर्ता गरेको आरोप चिप्लेटीबासीको छ । ‘मुलको १५ प्रतिशत पानी चौरबासीले उपभोग गर्दै आएका थिए तर अहिले छलकपटगरी पुरै मुल दर्तागरेपछि हामीले पानीको मुहान थुनेका हौं । दैलोको खेतवारी बा“झो राखेर पुरै पानी दिन सकिन्न’ चिप्लेटीका दलबहादुर कुंवरले बताए ।
मुहानमा विवाद उत्पन्न भएपछि स्थानीय विकास मन्त्रालय अर्न्तगतको ग्रामिण पर्ुननिर्माण तथा पर्ुनस्थापना आयोजनाबाट निर्माणाधिन १७ लाख ६९ हजार ७ सय ५२ रुपैया लागतको भुलभुले खानेपानी योजना अलपत्र परेको छ । ‘खानेपानी नहुंदा पहाडको टुप्पोमा अवस्थित चौरगाउ“को जीवन कष्टकर भएको छ’ उपभोक्ता समितिका अध्यक्ष सागरप्रसाद पौडेलले बताए
स्मरण रहोस यो मेरो गाउ हो (अनलाइन बाट )

Comments :

0 comments to “अझै सुल्झिएन पानीको मुहान बिबाद”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger