wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

January 31, 2010

देश बिदेशमा राजतन्त्रको भुत अझै बाकि छ

नेपालमा राजतन्त्र समाप्त भइसकेको ३ वर्ष बितिसकेको छ। तर, क्षेत्रीय प्रतियोगिताको कुम्भमेला आयोजना गरिरहेको बंगलादेशको राजधानी ढाकामा फेरि राजतन्त्रको भूतको रुपमा रहेको पुरानो नेपाली राष्ट्रिय गान श्रीमान गम्भीर नेपाली….लाई ब्युताउँने काम भएको छ।
एघारौं सागको पूर्वसन्ध्यामा शुक्रवार भएको झण्डातोलन कार्यक्रममा आयोजक बंगलादेशले ८ राष्ट्रको माझ नेपालको पुरानो राष्ट्रिय गान बजाएपछि सम्पूर्ण नेपाली खेलाडी र पदाधिकारीले एक आपसमा मुखामुख गरेका थिए।
यसको मौखिक प्रतिक्रिया तत्कालै नेपालले जनाए पनि शनिबार एघारौँ सागको दोस्रो दिन फेरि त्यही राष्ट्रगान बज्न पुग्यो, त्यो पनि ब्याडमिन्टनको उदघाटन सत्रमा।
हामी चकित पर्‍यौँ, नेपाल ब्याडमिन्टन संघका सचिव वीरेन्द्र श्रेष्ठले नागरिकसँग भने।
नेपाली सेभ द मिसन हरिबाबु चौधरी यो गल्ती दोहरिनुमा बंगलादेशस्थित नेपाली दुतावास जिम्मेवार भएको बताउँछन्। हामीले यसको सम्पूर्ण जिम्मेवारी यहाँको दूतावासलाई दिएका थियौं, हरिबाबुले भने।
तर, बंगलादेशका लागि नेपाली राजदुत प्रदीप खतिवडा भने राष्ट्रिय गान पुरानो बज्नुमा दूतावासको कुनै हात नभएको बरु आयोजक कमिटीले नै बदमासी गरेको बताउँछन्।
आयोजक समितिलाई पहिले नै हामीले नेपालको अहिलेको राष्ट्रिय गान सुम्पिसकेका थियौँ, राजदूत खतिवडाले भने। उनले अहिले पनि दूतावासमा पत्र पठाउँदा शाही नेपाली दूतावास भनेर पठाउने गरेको आरोप लगाए।
“हामीले कतिपल्ट भनिसक्यौ। उनीहरुले नसुनेको झैँ गरिरहेका छन्, उनले भने। पछिल्लो समय ढाकास्थित नेपाली दूतावासले बंगलादेशी भिसामा कडाई गरेपछि अहिले दुतावाससँगको सम्बन्ध त्यति सुमधुर मानिँदैन, बंगलादेशी सरकारसँग।
नेपालस्थित बंगलादेशी दुतावासका पहिलो सचिव मोहम्मद इम्दादुल हकले एघारौ सागका लागि भिसा लिन गएका पत्रकारहरुलाई नेपालीलाई बंगलादेश जान भिसामा लाग्ने शुल्क आफ्नो देशले लिने नगरेको तर, आफ्नो देशका नागरिकलाई नेपाल आउन भिसा शुल्क लाग्ने भन्दै गुनासो गरेका थिए। हामीलाई मात्र एकतर्फी भिसा शुल्क किन लगाएको होला, उनले भने।
(नागरिक दैनिक)

Comments :

0 comments to “देश बिदेशमा राजतन्त्रको भुत अझै बाकि छ”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger