wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

January 31, 2010

प्रशस्त पर्यटकीय सम्भावना भएर पनि प्रचार प्रसारको अभाबमा पछि परेको गुप्तेश्वर गुफ्फा

प्रशस्त पर्यटकीय सम्भावना भएर पनि भौतिक पूर्वाधार एवम् प्रचारप्रसारको अभावमा म्याग्दी जिल्ला कुहुँ गाविसको वडा न। १ खानिगाउँस्थित गुप्तेश्वर गुफा ओझेलमा परेको छ । व्यवस्थित पदमार्ग र प्रचारप्रसारको कमिका कारण ओझेलमा परेको उक्त गुफाको संरक्षणसमेत हुनसकेको छैन् । बीस मिटर लामो यो गुफामा विभिन्न जनावर पशुपक्षी हातहतियार हिमशॄङ्खला पहाड तालतलैया देवीदेवताका मूर्ति तथा घरका आकृतिहरुले आगन्तुकलाई लोभ्याउँछन् ।



पहाडको फेदीमा रहेको उक्त गुफाको अगाडिको भाग एक मिटर अग्लो भए पनि भित्री भाग तीनदेखि चार मिटरसम्मको उचाइमा फैलिएको छ ।

एघार वर्षअघि स्थानीय उदय रोकाले फेला पार्नुभएको गुफाको बारेमा जिल्लाभित्र र अन्य ठाउँमा जानकारी नभएकाले ओझेलमा परेको स्थानीय अगुवा चनमाया बुढाले बताउनुभयो ।
गुफाको आकर्षणबारे व्यापकरुपमा प्रचारप्रचार हुन नसकेको उल्लेख गर्दै शिक्षिका नन्दकली सापकोटाले स्थानीय र छिमेकी गाविसका विद्यालयबाट शिक्षक र विद्यार्थी गुफा हेर्न आउनेगरेको बताउनुभयो ।
‘गुफाको बारेमा धरैलाई जानकारीनै छैन्’ सापकोटाले भन्नुभयो- ‘व्यवस्थित पदमार्ग निर्माण गरी प्रचारप्रसार गर्ने हो भने यो गुफा जिल्लाको नयाँ पर्यटकीय गन्तव्य बन्नसक्छ ।

(अनलाइन बाट)

Comments :

1
Rabindra said...
on 

हो,
'गुप्तेश्वर' नाम गरेकै यस्तै गुफा पाङ् ३ पर्वतमा पनि छ । यदी यस्ता गुफालाई राम्रो आरक्षण दिएर पर्यटक स्थलका रूपमा विकास गर्न सके क्षेत्रीय रुपमा भए पनि केही हदसम्म फाईदा हुने थियो । धन्यवाद जानकारीको लागी ।

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger