wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

February 1, 2010

तपाईंको आँखालाई एउटा सन्देश



हाम्रो शरीरको सबैभन्दा महत्वपूर्णअंग आँखाको बारेमा भने हामी मध्ये कमैले मात्र सोँच्ने गर्दछौं। आँखा हाम्रो शरीरको निकै नै संवेदनशील अंग भएको कारण संक्रमण पनि सजिलै हुने गर्दछ। यसलाई धूलो, धूवाँ, कीटाणु, जीवाणु आदिले सजिलै क्षति पुर्याअउन सक्छ। हामीहरू मध्ये धेरै जसोमा एउटा खराब बानी छ, समस्या नआई हल नखोज्ने। आँखाको कुरा गर्न हो भने पनि त्यस्तै छ। हामी आँखामा समस्या नपरेसम्म कहिले पनि जाँच गराएका हुँदैनौ जुन एकदम गलत हो। स्वास्थकर्मीहरूको अनुसार, हामीले नियमित रुपमा आँखाको जाँच गर्ने नगरेपनि भविष्यमा आउन सक्ने खतराबाट सचेत हुनका लागि केही नभए पनि २० देखि ३० वर्षमा कम्तिमा एक पटक र ३० देखि ४० वर्षमा दुई पटक आँखाको जाँच गराउनुपर्छ।

बाल्यकालमा पनि नियमित रुपमा आँखा जँचाउनु जरुरी हुन्छ। किनभने कतिपय बालबालिकालाई थाहा नै नपाउनेगरी आँखामा समस्या हुने गर्दछ। क्रियाशील नभएको आँखा तथा डेढो आँखा जस्ता झट्ट हेर्दा देखा नपर्ने समस्याहरू बालबालिकाहरूमा देखा पर्नसक्छ, तर समय मै जँचाई यसको उपचार गर्न भने नसकिने होइन। उमेर सँगै आँखाको देख्ने शक्ति पनि परिवर्तन हुँदै जाने भएकोले बेलाबखतमा आँखाको जाँच गराउनु राम्रो हुन्छ। बेलैमा जाँच गराए मस्कुलर डिजेनरेसन ग्लुकोमा जस्ता आँखामा लाग्ने खतरनाक रोगहरूबाट मुक्त हुन सकिन्छ। अझै बढी उमेर भएका बुढापाकाहरूलाई मधुमेह जस्ता रोग पनि लाग्न सक्दछ। तर यी सबैको समयमा उपचार भए हामी स्वस्थ रहन सक्दछौं।
आँखालाई धूवाँ, धूलो, कीटाणुबाट बचाउन हामी बाहिर हिँड्ने बेला कालो चस्माको प्रयोग गर्नसक्दछौं। यस्ाले त्यति मात्र नभई आँखामा चोटपटक लाग्नु र सूर्यको विकिरणबाट पनि जोगाउँछ। सूर्यबाट निस्किने विकिरण अर्थात अल्ट्रा भ्वाईलेट रेज आँखाको लागि हानिकारक छ। यस्तो विकिरण बिषेशतः हिउँ, पानीको सतहतिर घाम लागेको बेला बढी मात्रामा हुने गर्दछ। तपाईँ पनि कतै हिउँ भएको ठाउँ वा पानीको सतहतिर घुम्न निस्किदै हुनुहुन्छ भने याद राख्नुहोस्ा् कालो चस्माले तपाईंको आँखालाई धेरै मद्दत पुर्या उँछ। कलकारखाना, प्रेस, घर बनाउने, काठको सामान बनाउने जस्ता निर्माण सम्बन्धी कार्यहुने ठाउँमा काम गर्दा साना साना कणहरू उडेर आँखामा पस्ने सम्भावना बढी हुने गर्दछ। यस्तो काम गर्दा धेरै जसो सानो सानो कुराहरू उछिट्टिएर आँखा भित्र पस्ने खतरा रहन्छ। त्यसैले त्यस्तो ठाउँमा काम गर्ने व्यक्तिले विषेश गरेर आफ्नो आँखालाई ध्यान दिनुपर्छ। यस्तो काम गर्ने व्यक्तिहरूले सामान्य किसिमको चस्माको प्रयोग गर्नसक्छन्।

Comments :

0 comments to “तपाईंको आँखालाई एउटा सन्देश”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger