wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

February 1, 2010

विश्वकै गहिरो अन्धगल्छीलाई पर्यटकीय गन्तब्य बनाउने तयारी


भौतीक पुर्वाधारको अभावमा ओझेलमा परेको म्याग्दी स्थित विश्वकै गहिरो अन्धगल्छीलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने तयारी भएको छ ।
बेनी-जोमसोम सडक निर्माणका क्रममा गएको पहिरो नियन्त्रण गर्दै गल्छी सम्म पुग्ने पदमार्ग निर्माण कार्य अन्तीम चरणमा पुगेको छ । अन्धगल्छी संरक्षण समितिका अनुसार पदमार्ग र गल्छी अवलोकन गर्नका लागि दुइ वटा भ्यु टावर निर्माण भईरहेका छन् ।
धौलागिरि र अन्नपुर्ण हिमालको बिच भएर बग्ने कालिगण्डकी नदिको कटानका कारण बनेको ५ हजार ५ सय मिटर गहिरो अन्धगल्छी विश्वकै गहिरो गल्छी हो । व्यवस्थीत पदमार्गको अभावमा गल्छी अवलोकन गर्न पुग्ने पर्यटकहरू ५ सय मिटर टाढा रुप्सेबाट र्फकने गरेका थिए । ‘गल्छीमै पुग्न सकिने पदमार्ग निर्माण कार्य पुरा हुन लागेको छ’ समितिका अध्यक्ष सुनबहादुर बिकले भन्नुभयो ‘ओझेलमा परेको अन्धगल्छीलाई आकर्ष पर्यटकीय गन्तव्य बनाउने तयारी गरेका छौ ।

ससद बिकास कोष मार्फ सभाषद थममाया थापाको ७ लाख रुपैया आर्थिक सहयोगमा रुप्सेदेखि गल्छीसम्म पुग्न सकिने करिब ३ सय मिटर पदमार्ग र दर्ुइ वटा भ्यु टावर निर्माण भइरहेका छन् । साँघुरो फेरीमा आकर्ष तरीकाले बगेको कालिगण्डकी अव गल्छीको चारै दीसाबाट अवलोकन गर्न सकिन्छ ।
स्थानीयबासीहरूले बेनी-जोमसोम मोटर बाटो निर्माणका क्रममा क्षती पुगेको प्रकृत्रि्रदत्त वातावरणीय सौर्न्दर्य कायम राख्न गल्छीको वरपर बगैचा निर्माण गर्ने तयारी गरेका छन् । वरीपरी पहिरो गएपछि पर्यटक आगमन घटेको रुप्सेका होटल ब्यवसायी चन्द्रबहाद
दर्लार्मीले बताउनुभयो ।
अन्धगल्छी र रुप्सेमा भौतीक पूर्वाधार निर्माण गरि नयाँ रुप दिएपछि पर्यटक आगमन बढ्ने आशा गरिएको दर्लामीको भनाई छ । उहाँका अनुसार पहिले दैनिक १ सय जनाको हाराहारीमा पर्यटक आउने गरेकामा हाल २०/३० जनामात्र आउने गरेका छन् ।

Comments :

0 comments to “विश्वकै गहिरो अन्धगल्छीलाई पर्यटकीय गन्तब्य बनाउने तयारी”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger