प्रशस्त पर्यटकीय सम्भावना भएर पनि भौतिक पूर्वाधार एवम् प्रचारप्रसारको अभावमा म्याग्दी जिल्ला कुहुँ गाविसको वडा न। १ खानिगाउँस्थित गुप्तेश्वर गुफा ओझेलमा परेको छ । व्यवस्थित पदमार्ग र प्रचारप्रसारको कमिका कारण ओझेलमा परेको उक्त गुफाको संरक्षणसमेत हुनसकेको छैन् । बीस मिटर लामो यो गुफामा विभिन्न जनावर पशुपक्षी हातहतियार हिमशॄङ्खला पहाड तालतलैया देवीदेवताका मूर्ति तथा घरका आकृतिहरुले आगन्तुकलाई लोभ्याउँछन् ।
पहाडको फेदीमा रहेको उक्त गुफाको अगाडिको भाग एक मिटर अग्लो भए पनि भित्री भाग तीनदेखि चार मिटरसम्मको उचाइमा फैलिएको छ ।
एघार वर्षअघि स्थानीय उदय रोकाले फेला पार्नुभएको गुफाको बारेमा जिल्लाभित्र र अन्य ठाउँमा जानकारी नभएकाले ओझेलमा परेको स्थानीय अगुवा चनमाया बुढाले बताउनुभयो ।
गुफाको आकर्षणबारे व्यापकरुपमा प्रचारप्रचार हुन नसकेको उल्लेख गर्दै शिक्षिका नन्दकली सापकोटाले स्थानीय र छिमेकी गाविसका विद्यालयबाट शिक्षक र विद्यार्थी गुफा हेर्न आउनेगरेको बताउनुभयो ।
‘गुफाको बारेमा धरैलाई जानकारीनै छैन्’ सापकोटाले भन्नुभयो- ‘व्यवस्थित पदमार्ग निर्माण गरी प्रचारप्रसार गर्ने हो भने यो गुफा जिल्लाको नयाँ पर्यटकीय गन्तव्य बन्नसक्छ ।
(अनलाइन बाट)
हो,
'गुप्तेश्वर' नाम गरेकै यस्तै गुफा पाङ् ३ पर्वतमा पनि छ । यदी यस्ता गुफालाई राम्रो आरक्षण दिएर पर्यटक स्थलका रूपमा विकास गर्न सके क्षेत्रीय रुपमा भए पनि केही हदसम्म फाईदा हुने थियो । धन्यवाद जानकारीको लागी ।