wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

January 20, 2010

थप २ बर्षको लागि नेपालीकामदारहरु कोरिया आउन पाउने नयाँ रोस्टर तयार हुँदै

मिती २०१० जनवरी १८ तरिखका दिन २ देशका श्रम मन्त्रिबिच थप् २ बर्षका लागि कोरियन रोजगारदाताको मागानुसार नेपाली कामदारहरु निर्बाध रुपले कोरिया आउन पाउने छन भनी श्रम सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ।
हस्ताक्षर गर्नु पुर्व २ मन्त्री बिच नेपाली कामदारको संख्या, स्तर बृदि एंव व्यबस्थापन् बिषय मा कुराकानी भएको थियो । कोरियन मन्त्रिले आर्थिक मन्दिको कारणले कोरियामानै रोजगारिको समस्याले बिदेशिकामदारहरु उलेख्यरुपमा आउने सम्भावना कम भएपनी नेपाली कामदारको प्रभाब राम्रै भएकोले नेपालबाट कामदारहरु आउन सक्ने बताउनु भयो।
अहिले यतिनै कामदार आउन सक्छन भन्ने अवस्था छैन मार्च को सुरुमा यो बर्षको संख्या तोकिने समेत बताउनु भएको थियो। उहाले नेपाल र कोरियाको दौत्य सम्बन्ध अत्यन्तै राम्रो रहेको र ठुलो संख्यामा नेपालीकामदारको उपस्थितिले जनमानसमा समेत आपसी सम्बन्ध अझ सुद्रिढ हुने कुरा बताउनु भयो। नेपाली मन्त्री आलम ले नेपालको स्थितिको संक्षिप्त कुरा गर्दै नेपालमा द्वन्द को कारणले बेरोजगारिसमस्या ऊच्च रहेको समाधानको लागि कोरिया सरकारले गरेको सदासहयोगको लागि धन्यवाद व्यक्त गर्नुभयो साथै नेपाली कामदारको गुणस्तर बिकास गराउने र नेपाली कामदारलाई सकेसम्म बढी अबसर उपलब्ध गराउन समेत् अनुरोध गर्नुभयो साथै कोरियनमन्त्री हे लाई नेपाल भ्रमण गर्न समेत निम्तो दिनु भयो। सो अबसरमा कोरियाकालागी नेपाली राजदूत् कमल प्रसाद् कोइराला श्रम सचिव बाबुराम आचार्य राजदुताबासका उपनियोग प्रमुख बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती थियो ।
अहिले नेपालबाट कोरिया आउन बाँकी  KLT (कोरिएन भाषा) परीक्षा उत्तीर्ण  भइ रोस्टरमा नाम समावेश भएका हालसम्म कामदारको रूपमा कोरिया जान नपाएका हरुको लागि भने HRD कोरिया बाट पुन रोस्टरमा नाम समाबेश गर्ने प्रकृया अघी बढाइसकेको छ यसको लागि EPS ले सुचना समेत प्रकासित् गरेको छ।   सुचना तल पनि हेर्न सक्नुहुने छ।
     RE-RAGISTER अर्थात रि रोस्टरको  लागि नाम समेत हाल्ने काम सुरु भैसकेकाले RE-ROSTER हेर्नकोलागी  www.epsnepal.gov.np मा जानु होला ।


            नेपाल सरकार
श्रम तथा यातायात व्यवस्था मंत्रालय
बैदेशिक रोजगार बिभाग
ई.पि.यस. शाखा ग्वार्को, ललितपुर
पुनः रोजगार आबेदन फाराम दर्ता गर्ने सम्बन्धी
जरूरी सूचना
रोजगार अनुमती प्रणाली अन्तर्गत नेपाली कामदार गणतन्त्र कोरिया पठाउने सन्दर्भमा मिति २०६४।१२।१६ र १७ गते लिइएको KLT (कोरिएन भाषा) परीक्षा उत्तीर्ण  भइ रोस्टरमा नाम समावेश भएका हालसम्म कामदारको रूपमा कोरिया जान नपाएका साथै HRD कोरियाबाट पुनः रोस्टरमा नाम समावेश (Re-register) गर्ने भनी नाम प्राप्त भएका ब्यक्तीहरूले पुनः रोजगार अवेदन फाराम (Job application Form) भरी इ.पि.एस. कार्यालय ग्वार्को, ललितपुरमा पेश गर्ने सम्बन्धी, सूचना सबैको जानकारीका लागि प्रकाशित गरिएको छ ।




Comments :

0 comments to “थप २ बर्षको लागि नेपालीकामदारहरु कोरिया आउन पाउने नयाँ रोस्टर तयार हुँदै”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger