के तपाईं सोंच्नुहुन्छ कि तपाईको सहयात्री (पार्टनर) तपाईसंग सधैं सांचो बोल्छिन् या बोल्छन् ?खासगरी जब तपाई पार्टनरका साथ बिस्तरामा यौनकि्रयामा लिप्त रहनुहुन्छ । भलै, यो झूठ सबैकालागि लागुभने नहुन सक्छ । तर यहां साधारणतया बिस्तरामा सेक्सको समय बोलिने झूठहरुको चर्चा गरिएको छ । यसमा खासगरी तीन सबभन्दा ठुला झूठहरु छन् । आउनुस जानौं ती झूठहरु के हुन ?
1) तिमी सबभन्दा पहिलो/पहिली हौ !
‘तिमी नै पहिलो/पहिली हौ जससंग म यौन संपर्क गर्दैछु ।’ यो सेक्सका बेला बिस्तरामा बोलिने पहिलो झूठ हो । पुरुष र महिला दुबैमा यो लागु हुन्छ ।प्रायः दुबै यसप्रकारको झूठ बोलिदिन्छन् । यस कुरामा महिलाहरु केहि थोरै फरक हुन्छन् । महिलाहरु पुरुषहरुसंगको पछिल्ला सम्वन्धका बारेमा बताउनबाट बच्छन् । तर पुरुषहरु धेरैपटक यस्तो गर्दैनन् । यसकारण दुबै आआफ्नो सम्वन्ध लुकाउने चक्करमा भूलठ बोल्ने गर्छन् ।
2) तिमी निकै हट् छौ !
‘तिमी भन्दा हट् अर्को मैले कसैलाई पाएको छैन ।’ यो पनि एक ठूलो झूठ हो, जुन पुरुष महिला एकार्कालाई भन्ने गर्छन् । यस्तो झूठ त्यतिबेला बोलिन्छ जब साथीले ओवर एक्साइटमेन्टसम्म लैजान चाहदैन । यो एक साधारण कुरा हो कि कसैलेपनि यो भन्दैन कि ‘तिमी बढी सेक्सी त छैनौं ?’ तर मसंग तिमीबाहेक अर्को बिकल्प छैन । यस परिस्थितिमा एक्साइटमेन्ट प्राप्त गर्न महिला र पुरुषहरु दुबै यस प्रकारको झूठ बोल्छन् ।
3) मलाई निकै मज्जा आयो !
यस कुराको कुनै जरुरी छैनकि तपाईको साथी तपाईसंग सेक्सुअल रिलेशन स्थापित गर्दाका मौकामा आनन्दको अनुभूति गरॆको छ । तब त्यस्तो मौकामा ‘मलाई निकै मज्जा आयो या राम्रो लाग्यो’ भन्नुले कुनै माने राख्दैन । तपाईको साथीले यस्तो भन्नुको पछाडी एक कारण हुनसक्छ कतै तपाई साथीलाई बिस्तरामा एक्लै छोडी दिनुत हुन्न । साथै एक अर्को कारण यो पनि हुनसक्छ तपाईलाई उसले अपसेट गर्न चाहन्न या चाहन्निन् । यसकारण एक झूठको सहारा लिनु उसलाई सही लाग्न सक्छ । एजेन्सी
February 20, 2010
Browse » Home »
रोचक जानकारी
» महिला पुरुष जुन बेला लिप्त हुन्छन त्यहीबेला झुट बोल्छन
महिला पुरुष जुन बेला लिप्त हुन्छन त्यहीबेला झुट बोल्छन
Subscribe to:
Post Comments (Atom)
jankaariko laagi thanks
रमाईलो पो लाग्यो त हौ मलाई त !!