wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

February 20, 2010

म मरेको पल

काठमाडौ, फाल्गुन ७ कान्तिपुर - दाहसंस्कार र काजकिरिया सकेको मान्छे टुप्लुक्क घर आइपुग्यो भने के होला ? गोरखा ताप्ले-९ का हेमराज भट्टलाई त्यस्तै भएको छ । महिना दिनअघि काजकिरिया सकेको माहिलो छोरो रमेश सारसउँदो देख्दा उनी बोल्न सकेनन् । 'सपना हो कि विपनाजस्तो भएको छ,' हेमराजले फोनमा भने, 'आस मारेको छोरो घर आएको छ, कुन बाआमा यस्तो बेला खुसी नहोलान् ?' मृत्युको खबर आउनुअघिसम्म रमेशलाई घरबाट त्यति वास्ता थिएन ।
 राजधानीको माइक्रोमा खलासी काम गर्थे । गत पुस १३ गते बिहान विष्णुमती किनारमा भेटिएको शवलाई सबैले रमेशको भनेर सनाखत गरे । कतिसम्म भने उनका बा हेमराज र दाजुहरूले पनि शव रमेशकै ठाने । प्रहरीका अनुसार आफन्त र प्रत्यक्षदर्शीले शव रमेशकै हो भन्ने मुचुल्कामा सहमति जनाए । दाजु पवनले हत्या भन्दै प्रहरीमा उजुरीसमेत दिए । प्रहरीले पनि कर्तव्य ज्यान मुद्दा दायर गर्‍यो । परिवारलाई शव जिम्मा लगायो । भट्ट परिवारले त्यही दिन पशुपति आर्यघाटमा अन्तिम संस्कार गरे । 'तर होइन रहेछ,' हेमराज अहिले भन्छन्, 'हामी पनि झुक्कियौं ।' विष्णुमतीमा भेटिएको शव रमेशको नभई भारतको पूर्वी चम्पारणका आलम अन्सारीको थियो । बाराका रूपनारायण ठाकुर र उनका भाइले एक लाख रुपैयाँको लोभमा आलमको हत्या गरेको बयान दिएपछि प्रहरी पनि अचम्ममा पर्‍यो । रूपनारायणका चारवटी दिदीबहिनीमध्ये एकको मगनी भएको तर दुलाहाले मागेजति दाइजो नभएपछि विवाह हुन नसकेकाले अन्सारीसँग पैसा भएको थाहा पाएर हत्या गरेको बयान उनीहरूले दिएका थिए । प्रहरीले यो वास्तविकता भट्ट परिवारलाई पनि जानकारी गरायो । तर उनीहरूले पत्याएनन् । 'मेरो दाहसंस्कार गरेको बालाजुको साथीले सुनायो,' शुक्रबार बालाजुमा भेटिएका १९ वर्षे रमेशले आफ्नो मृत्युको खबर सुनाए, 'चिनेका साथी पनि मरेको मान्छे कसरी आयो भनेर छक्क परे ।' उनी जिँूदो भएको खबर पाएपछि कान्छा भाइ लिन आए । 'मलाई देखेर भाइ पनि छक्क पर्‍यो,' उनले भने । उनी डेरा पुगेपछि परिवार खुसी नहुने कुरै भएन । टोल छिमेक, नातेदार सबैलाई फोन गरेर उनीहरूले खबर सुनाए । राजधानीमै चालक र खलासीको काम गर्ने उनका बा हेमराज र अन्य दाजुहरू पनि भेट्न आए । मूलघर गोरखामा हजुरबा र आमा मात्र छन् । अब रमेशको योजना उनीहरूलाई भेट्न जाने छ । महानगरीय प्रहरी वृत्त बालाजुका नायब उपरीक्षक दिवेश लोहनीले परिवारको लापरबाहीले शव पहिचानमा समस्या परेको बताए । संयोग कस्तो भने पुस १२ गते उनी कोटेश्वरमा रहेका दाइ पवनसँग सय रुपैयँू लिएर बालाजु गएका थिए । काठमाडौंमा खलासी भएर केही नहुने ठानी उनी केही पैसा थपेर उक्त घटनाको रात नेपालगन्ज ँूिडे । नेपालगन्जमा उनी होटलमा काम गर्न थाले । त्यहँूको होटलका साहूलाई एक महिना काम गरेबापत एउटा पाइन्ट किन्न लगाएर फेरि काठमाडौं फर्के । उनी नेपालगन्ज गएको भोलिपल्ट विष्णुमतीमा शव भेटियो । उनी सम्पर्कमा पनि थिएनन् । परिवारले उनकै शव ठाने र अन्तिम संस्कार गरे ।उनीहरूको पहिचान गल्तीले वास्तविक मृतकका परिवार पनि समस्यामा परे । केही दिनअघि प्रहरी वृत्तमा आएर उनीहरूले मुस्लिम धर्मअनुसार हुनुपर्ने अन्तिम संस्कार हिन्दु संस्कारअनुसार भएकामा असन्तुष्टि व्यक्त गरे । प्रहरीले उनीहरूलाई असावधानीका कारण भएको भन्दै सम्झाएर पठाएको छ ।

Comments :

0 comments to “म मरेको पल”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger