wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

February 25, 2010

नम्रता फेरि ब्रान्ड एम्बेसडर !

डिजे तान्त्रिकसँगको सेक्स भिडियो टेपका कारण विवादमा परेकी नायिका तथा मोडल नम्रता श्रेष्ठ सो भिडियोका कारण पुनः चलचित्रमा र्फकन सकेकी छैनन्। सो सेक्स भिडियोका बारेमा हालसम्म केही नबोलेकी उनी यौन काण्डपछि सार्वजनिक जीवनमा र्फकन नखोजेकी पनि होइनन्, तर वचन पाए पनि त्यो पूरा हुन सकिरहेको छैन त्यसो त चलचित्र क्षेत्रमा र्फकन नसको पनि केही म्युजिक भिडियोमा भने उनी देखिइरहेकी छिन्। तर चलचित्रमा भने उनलाई इन्ट्री मिलेको छैन।
चलचित्र इन्ट्री नपाए पनि केही न केही गरी सार्वजनिक जीवनमा आउनका लागि उनका खास मानिसहरूले सघाउन नखोजेका पनि होइनन्। जस्तो कि नेपाल चलचित्र प्राविधि संघले आयोजना गरेको केटिभी अवार्डमा उनको खास मानिसको दबाबमा उनलाई त्यस कार्यक्रमको सञ्चालन गर्ने जिम्मेवारी दिइएको थियो। त्यसका लागि नम्रताले रिहर्सलसमेत शुरू गरिसकेकी थिइन्। तर उनले कार्यक्रम सञ्चालन गर्ने भएकै कारण प्रायोजकले हात झिक्ने बताएपछि अन्तिम समयमा आएर उनलाई हटाइएको थियो।त्यस कार्यक्रमबाट हटाए पनि कुरिनटारस्थित रिभर साइड रिसोर्टमा हुने बिच क्रिकेट प्रतियोगितामा नम्रतालाई ब्रान्ड एम्बेसडर बनाइने भएको छ। जसमा पूर्वमिस नेपाल माल्भिका सुब्बालाई समेत सरिक गराइने योजना बनाइएको छ। केही गडबड भएन भने लामो समयपछि नम्रताले फेरि ब्रान्ड एम्बेसडरको उपाधि भिर्न पाउनेछिन्।क्रिकेट फेस्टिभल २०१० बारे आयोजित पत्रकार सम्मेलनमा हिरोइन नम्रता श्रेष्ठ र माल्भिका सुब्बा।

Comments :

0 comments to “नम्रता फेरि ब्रान्ड एम्बेसडर !”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger