wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

February 26, 2010

एसएलसीको तयारीमा रहेका विद्यार्थीमाथि खुकुरी प्रहार

 चितवन फागुन १३- सामुदायिक वनका कर्मचारीले एसएलसीको तयारीमा रहेका दुई विद्याथीलाई खुकुरी प्रहार गरी घाइते बनाएका छन्। काठको विषयमा विवाद भैरहेका बेला अकस्मात पुगेका दुई विद्यार्थीमाथि नै उनीहरुले आक्रमण गरेका थिए। घटनामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।  घाइते हुनेमा पदमपुर-८ का २१ वर्षीय गोविन्द चौधरी र  १७ वर्षका सन्तु चौधरी छन्। ट्युसन पढेर घर फर्कने क्रममा बुधबार साँझ उनीहरुमाथि खुकुरी प्रहार भएको  गोविन्दका बुबा हरिकृष्ण चौधरीले बताए।
झगडा छुट्टयाउन गएका बेला आफूलाई पनि कुटपिट गरेको  चौधरीले नागरिकलाई बताए।
गम्भीर घाइते गोविन्द चौधरीको चितवनमा उपचार हुन नसकेपछि काठमाडौं पठाइएको छ। सन्तुको भने भरतपुर मेडिकल कलेजमा उपचार भैरहेको छ। सो घटनामा संलग्न  रहेका स्थानीय तेजबहादुर लोप्चन हतियारसहित पक्राउ परेका छन्। अन्य पक्राउ पर्नेमा स्थानीय अमित गुरुङ, लक्ष्मण थापा, ढाकाराम दाहाल छन्।विद्यार्थीलाई खुकुरी प्रहार गर्नेहरु स्थानीय थाङखोला सामुदायिक वनका पदाधिकारी छन्। घटनाबारे थप अनुसन्धान भैरहेको चितवनका  प्रहरी निरीक्षक राजीव बस्नेतले जानकारी दिए। 
 नागरिक

Comments :

0 comments to “एसएलसीको तयारीमा रहेका विद्यार्थीमाथि खुकुरी प्रहार”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger