wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

February 7, 2010

प्रेमको सागरमा डुबुल्कीमार्दा सहानीले बुधवारको विहानी देख्न पाईनन्

नयाँ जीवनको प्रारम्भ गर्ने बाचा बन्धनमा बाँधिएकी गल्कोट उच्च मावि कक्षा १२ मा अध्ययनरत हटिया-३ की १८ वर्षकी सुशिला सहानीले नयाँ जीवनको सुरुवात गर्न पाईनन् । संगै जीउने संगैँ गर्ने बाचाबन्ध्ानमा बाँधिएका हरिचौर-४का डिक्सन मल्ल् प्रहरीको खोरमा छन् । प्रहरीले हरिचौरकै सागर केसीलाईपनि नियन्त्रणमा लिएको छ । सहानीले भौतिक संसारबाट विदा लिएकी छन् । मल्ल् र सहानीका सहपाठीका अनुसार ‘उनीहरु बीच निकै गहिरो प्रेम सम्बन्ध थियो । उनीहरु निकै मिल्थे’-सहानीकी सहपाठी प्रतिमा केसी भन्छिन्- ‘डिक्सनसँग प्रेम सम्बन्ध छ भन्थी । डिक्सनलेपनि निकै माया गर्थ्योरे । एक्कासी घटना सुन्दा त पत्याउन गाह्रो भयो ।’ केसीलाई मात्र होईन् आम मानिसलाई प्रेमीले हत्या गर् यो भनेर पत्याउन गाह्रो छ । तर सहानीलाई डिक्सन मल्लकै योजना अनुसार हत्या भयो वा भएन त्यो अनुसन्धानको विषय हो । हत्या हुनुको कारण प्रेम सम्बन्ध भएको प्रहरीको भनाई छ ।

सहानीमा गर्भ छ भन्ने सहपाठीहरुले उनको मृत्यु पुर्वनै थाहा पाई सकेका थिए । मृतक सहानीकी एक सहपाठीले नाम नबताउने सर्तमा भनिन्- ‘उनीहरु बीच गर्भपतन गराउने सम्बन्धमा निकै विवाद थियो । डिक्सनले हटियामा गर्भपतन गराउन आग्रह गर्दा सहानीले नमानेपछि उनीहरु बीच बुधवार भागेर जिल्ल सदरमुकाम बागलुङ बजार जाने सल्लाह भएको थियो ।’ स्थानीय स्वास्थ्य संस्थमा गर्भपतन गराउँदा गोपनीयता भंग हुने डरले गर्भपतन नगराएको ती साथीले बताईन् । उनीहरुको बुधवार भागेर जाने सल्लाह भएको थियो ।
बुधवार विहान सशिलाका बाबु सु. नर बहादुर सहानीले ओमशान्तिमा जाँदा बाटोमा एक किशोरी ढलिरहेको देखेका थिए । उनलाई आपनै छोरी हो भन्ने पहिले थाहा भएन ।
‘बाटोमा एक किशोरी ढलिरहेकेा देखेँ बेलुका ९ बजेसम्म् कोठामा पढिरहेकी छोरी त्यहि हो भन्ने पत्यार लागेन, खुट्टामा लगाएको चप्पल देखेर शंका लाग्यो । घरको कोठामा पुगेर हेर्दा छोरी नदेखेपछि फेरी घटनास्थलमा आएर सलले ढोकेको मुख खोलेर हेरेकेा हुँ । सल हेर्दा त छोरी रहिछन् ।’ एक छिन रोकिएर अविरल आंशु झार्दै मृतकका बाबु सुवेदार नर बहादुर सहानीले भने ।
मृतक सहानीका एक भाई गल्कोट उच्च मावि कक्षा ८मा अध्ययनरत छन् भने दाजु सेनामा कार्यरत छन् । एक दिदीको विवाह भईसकेको छ । बाबु भारतीय सेनाका पेन्सनर हुन् भने आमा गृहणी । सहानीको परिवार शेाकमा छ । केही व्यवसाय गर्नुपर्छ भन्ने सोच राखेर पोखरा गएर व्युटिपार्लरको तालिम लिएकी सहानीको व्यवसाय संन्चालन गर्ने सपना अधुरै रह्यो । उनी पढाईमा समेत तेज थिईन् उनका सहपाठीहरु भन्छन् । उनी कक्षा ११मा नियमित उत्तिर्ण भएको उच्च माविका प्राचार्य देवेन्द्र खत्रीले बताए ।
उनीहरु भागेर जाने सल्लह अनुसार सहानी घरबाट निक्लेपछि हत्या भएको प्रहरीको ठम्याई छ । अविवाहित छात्राको गर्भमा भ्रूण भेटिएपछि अनुसन्धान साँघुरिँदै गएको जिल्ल प्रहरी कार्यालय बागलुङका निमित्त प्रहरी प्रमुख राकेश िसंहले बताए । ‘घटनामा संलग्न भएको आशंकामा दुई जनालाई पक्राउ गरेका छौँ, िसंहले भने- ‘मृतककै एक सहपाठीसँग प्रेम सम्बन्ध भएको अनुसन्धानमा देखिएको छ । हत्या हुँदाको राती कसले फोन गरेको हो । सो पहिचान भएपछि हत्यारा पत्ता लाग्नेछ ।’ प्रहरीले मृतक किशोरीलाई सोमवार राती कुन नम्वरको फोनबाट फोन आएको थियो भन्ने अनुसन्धान भैरहेको छ । अनुसन्धानकोलागि प्रहरीले नेपाल टेलिकमलाई नम्वर पत्ता लगाउनकोलागि पत्राचार गरि सकेको छ । स्थानीय जनताको अनुमानमा सहानी बुधवार बिहान सवेरै दुईको सल्लाह मुताविक घरबाट निक्लिएकी हुन् । सहानी घरबाट निक्लिएपछि करिव साढे तिन बजेको समयमा हत्या भएको स्थानीयवासीको अनुमान छ । सहानीका काका दिल सहानीले स्थानीयवासीलाई उदृत गर्दै भने- ‘ करिव साढे तीन बजेतिर एक महिला चिउरेको सुनिएको हो । रक्सी खाएका मानिस कराए होलान् भनेर ख्याल गरेनौँ ।’ घटनास्थलमा सहानी र हत्याराबीच केही समय लछारपछार भएको हुन सक्ने गल्कोट उच्च माविका स्ववियु सभापति मन बहादुर खत्रीले बताए । घटनास्थलमा केही रगत देखिएको र मृतकको हातमा केही रौँ देखिएकोले केहीबेर लछार पछार पारेको हुनसक्छ । हत्या गर्दा घरेलु हतियार प्रयोग भएको प्रहरीले जनाएको छ । मृतकका आफन्तले डिक्सन मल्ल्ालाई किटानी जाहेरी दिई सकेका छन् । दुई जनालाई प्रहरीले कर्तव्य ज्यान सम्बन्धि मुद्दा चलाउने तयारीमा छ ।
अनुसन्धानको क्रममा प्रहरीले हिरासतमा लिएका कथित प्रेमी डिक्सन मल्ल स्थानीय सम्बुद्ध बोर्डिङका पि्रिन्सपल गणेश मल्लका एकमात्र छोरा हुन । परिवारको एकमात्र सन्तान हत्याको अभियोगमा प्रहरीको हिरासतमा पुग्दा मल्ल परिवारमा पनि एक्कासी ठूलै बज्रपात परेको छ ।
अर्को हरिचौरका सागर केसी पाल्पाबाट पक्राउ परेका हुन । बोर्डिङको होस्टेलमा काम गर्ने सागर हत्याको घटना लगत्तै पाल्पा तिर गएको स्थानीयवासीको ठम्याई छ । डिक्सन मल्ललाई प्रहरीले नियन्त्रणमा लिएपछि नै सागरको खोजी हुनु र पाल्पामा पक्राउ पर्नुले डिक्सनले दिएको जानकारी अनुसार नै सागर पक्राउ परेको स्थानीयवासीको विश्वासका कारण हत्यारालाई सार्वजनिक गर भन्ने माग गर्दै आम जनता र विद्यार्थीहरु विरोधमा उत्रिएका थिए र हटियामा बिहिवारको अपि्रय घटना घटेको थियो ।
घटनासँगै चारदिनदेखि त्रसित बनेको गल्कोट शान्त बन्दै गएको छ । आक्रोशित स्थानीयवासीले जिल्लको हटिया गाविसमा रहेको प्रहरी चौकीमा तोडफोड गरी शुक्रवार मध्यान्न आगजनी गरेका थिए । सहानीका हत्यारालाई सार्वजनिक गर्न माग गर्दै विद्यार्थी तथा स्थानीयवासीले चौकीमा आगजनी गरेका थिए । उत्तेजित भीडलाई नियन्त्रण गर्न प्रहरीले करिव दुई दर्जन राउण्ड हवाई फायर र अश्रु ग्याँस फायरिङ गरेको थियो । झडपमा ४ जना प्रहरी ६ प्रर्दशनकारी घाईते भएको स्थानीय पत्रकार वीर बहादुर चोखालले जानकारी दिए । विद्यार्थीहरु स्वतस्फुर्त रुपमा आन्दोलनमा उत्रिएपछि गल्कोट क्षेत्रका हटिया, हरिचौर, नरठाँटी, दुदिलाभाटी, मल्म, काँडेवास गाविसका अधिकांश विद्यालय बन्द भएका थिए 

म्याग्दी नेपालबाट 

Comments :

0 comments to “प्रेमको सागरमा डुबुल्कीमार्दा सहानीले बुधवारको विहानी देख्न पाईनन्”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger