wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

February 9, 2010

गर्भपतन गराउन नमानेपछि सुशिलाको म एक्लै हत्या गरेको हुं:मल्ल

गल्कोट उच्चमाविमा अध्ययनरत सुशिला सहानीको बहुचर्चित हत्याकाण्डका मुख्य अभियुक्त मृतक सहानीका सहपाठी पे्रमी डिक्सन मल्लले आफुले हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले हत्याको आरोपमा पक्राउ परेका डिक्सन मल्लसंग लिएको प्रारम्भिक बयानमा उनले हत्या स्वीकार गरेका हुन् ।

बयानमा क्रममा ‘सुशिलाले गर्भपतन गराउन नमाने पछि आफुले चक्कु प्रहार गरी एक्लै प्रेमिकाको हत्या गरेको बताएको स्रोतको भनाई छ ।’ तर स्थानीय जनताहरु भने सहपाठी पे्मी मल्ल एक्लैले यो जघन्य हत्या गरेको भन्ने पत्याउदैनन् । उनिहरुको बुझाईमा सहानीको हत्यामा अन्य व्यक्तिहरुपनि संलग्न रहेका छन् र यो ग्राण्ड डिजाइन अन्तर्गत यो हत्या काण्ड भएको छ । प्रहरीले अझ गहिरिएर अनुसन्धान गर्नु पर्ने उनिहरुको माग छ ।
प्रेमिका सुशिला सहानीको हत्या गरेको स्वीकारेका हरिचौर-४ का डिक्सन मल्लमाथि थप अनुसन्धान गर्नको लागि जिल्ला प्रहरी कार्यालय बागलुङले म्याद थप्नका लागि माग गरे अनुसार जिल्ला अदालत बागलुङबाट १० दिनको म्याद थप भएकॊ प्रहरी निरीक्षक राकेश िसंहले जानकारी दिनुभयो
म्याग्दी नेपाल बाट 

Comments :

0 comments to “गर्भपतन गराउन नमानेपछि सुशिलाको म एक्लै हत्या गरेको हुं:मल्ल”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger