wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

February 9, 2010

कलम छाड्दिन–टिका बिष्ट


बाबा पहिल्यै बित्नुभयो । त्यसपछि मलाई पढ्न धेरै दुःख भयो । बुबाको मृत्युअघि म स्टाफनर्स बन्ने सपना देख्थेँ । तर, आर्थिक अवस्था बिस्तारै नाजुक पनि बन्दै गयो । मेरा रहर र सपनामा पनि बिस्तारै ताल्चा लाग्दै गए । मेरो स्टाफनर्स बन्ने रहर भनूँ कि सपना हुरीसरि नै उडेर गयो ।
दुःखसुख गरी दाइहरूले मलाई पढ्न सघाउनु भयो । स्कुलमा छँदा म कविता लेख्थेँ । सबैले प्रशंसा गर्थे । रुकुमको साह्रै दुर्गममा पर्छ- हाम्रो घर । घरदेखि ज्यामिरे मावि पढ्न आउँदा सधैं सानु भेरी नदी तर्नुपथ्र्यो । स्कुल पुग्न बिहान तीन घन्टाभन्दा बढी हिँडेर पनि अझै आधा घन्टा सानु भेरी नदीमा पौडनुपथ्र्यो ।

लुगा फुकाली हातमा बोकेर चिसो पानीमा पौडँदा आङै जिरिङ्ग हुन्थ्यो । साँझ-बिहान, झरी-बादल केही नभनी म यसैगरी नदी तरेर स्कुल-घर ओहोरदोहोर गर्थें । ६ र ७ कक्षा रुकुममा यसैगरी पढेँ । ८ कक्षा दाङमा पढियो । फेरि ९ र १० कक्षा यसरी नदी पौडिएरै पढेँ । जिन्दगीमा यस्तो दुःख पनि गर्नुपर्ला भनेर कहिल्यै सोचेकी थिइनँ ।
एसएलसी परीक्षा सकेर सदरमुकाम खलंगा आएपछि पत्रकारहरूको संगतमा परियो । समाचार खोज्ने, लेख्ने र छपाउने हुटहुटी बढ्दै गयो । यस्तैमा जन्तीधारा साप्ताहिक निस्कियो । र, मैले काम सुरु गरेँ । काम गर्दै जाँदा म त्यस पत्रिकाको कार्यकारी सम्पादक पनि भएँ । रुकुममा सिस्ने एफएम खुल्यो । एफएममा पनि काम थालेँ ।

***
केही महिनाअघि मैले दाङको गणतन्त्र दैनिक र रुकुमको जन्तीधारा साप्ताहिकमा ‘तीर्थाको सिन्दुर किन चाहियो माओवादीलाई ?’ शीर्षकको लेख लेखेँ । युद्धकालमा माओवादीद्वारा तीर्थाका श्रीमान् यदु गौतमको हत्या भएको सन्दर्भलाई लेखमा जोडिएको छ । सञ्चारमन्त्री शंकर पोखरेल सिस्ने एफएमको उद्घाटन गर्न रुकुम पुगेका बेला माओवादीले कालो भन्डा देखाएर ‘तीर्था तेरो सिन्दुर खोई ?…नेता तेरो पोइ’ जस्ता नारा लगाए, जुन सुनिनसक्नुको थियो । मानवीय हिसाबले पनि यस्तो नाराबाजी तितो र दुःखलाग्दो थियो । मैले त्यही विषय र सन्दर्भलाई जोडेर माओवादीको आलोचना गरेँ ।
आलेख प्रकाशित भएपछि मलाई धम्की आउन थाले- ‘खुब तीर्थाको सिन्दुर खोज्ने भाकी, तीर्थाको सिन्दुर खोजी गर्ने, तँलाई बाँच्ने मन छैन, मृतक पत्रकारको नाममा तेरो पनि नाम चढाइदिउ“m ?’ जस्ता आतंकित स्वर फोनमा सुनिन थाले । तर, फोन भने ‘नो नम्बर’ बाट आउँथ्यो । मलाई यो राम्रो लेखको प्रतिक्रिया हो भन्ने लाग्थ्यो । पछि फेरि मैलै जन्तीधारा साप्ताहिकमा ‘चढाउँदिनँ मृतक पत्रकारमा मेरो नाम’ शीर्षकको लेख प्रकाशित गरेँ ।
***
आक्रमण भएको दिन म कोठामै थिएँ । बिहान साढे ९ बजेतिर अपरिचित नम्बरबाट फोन आयो । फोनमा कसैले ‘तेरी माइली भाउजू बिरामी भएर सल्ले हस्पिटलमा लगेको छ,’ भनेको थियो । म कोठाबाट सल्ले जान हिँडेँ । घरबाट हिँडेको ५ मिनेटपछि ममाथि आक्रमण भयो । तत्काल मैले पत्रकार धनवीर दहाललाई फोन गरेर ‘दाइ मलाई आक्रमण भयो’ भनेकी थिएँ । मलाई पछाडिबाट दुईजनाले समाते । मैले बोकेको ब्याग पनि तानेर लगे उनीहरूले । ब्यागमा ल्यापटप, मोबाइल, रेडियो, पेन थियो । पछि उनीहरूले मेरो ब्याग खोल्न थाले । एकजनाले ‘तीर्थाको सिन्दुरको बचाउ गर्ने भएकी थिइस्, आज तेरो अन्त्येष्टि हुन्छ,’ भन्यो । मेरो मनमा केही सोचाइ आएन । कसरी प्रतिकार गर्ने भन्ने मात्र सोचेँ ।
आक्रमणकारीहरूले हुल्याहा बदलेका थिए । एकजना आक्रमणकारीले ‘तँलाई स्वर्गमा त यदुले हाल्लान् सिन्दुर, अहिले तेरै हात काटेर मै हालिदिन्छु,’ भन्यो । उनीहरूले ब्लेडले मेरो हात काट्न थाले । रगत चुहिएर जुत्तामा झर्‍यो । मैले पीडाले त्यसबेला ‘आमा’ मात्र भन्न सकेँ । उनीहरूले रुमालले मेरो मुख बाँधिदिए । ‘सक्छस् भने खुकुरीले हान्,’ भनेँ । उनीहरूले घाँटी समातेर भित्तामा ठोक्काइदिए । त्यसपछि म त घोप्टो परेर बेहोस भएछु । होस खुल्दा त म काठमाडौंको अस्पतालमा पो रहेछु ।
***
मैले तीर्थाको सिन्दुरबारे लेखेर एमालेको प्यारो हुन खोजेकोे पनि होइन । मैले त स्वतन्त्र पत्रकारको हैसियतले जे देखेँ, त्योमात्र लेखेकी हुँ । अब कसैको विपक्षमा लेख्दा विपक्षीलाई सिध्याउने काम अरूले नगरून् भन्ने चाहन्छु । म अहिले बाँचेकी छु । सम्पूर्ण पत्रकारको जित भएको छ भन्ने लाग्छ । जनकपुरकी पत्रकार उमा सिंहको हत्याको वर्ष दिन नपुग्दै मेरो हातका औंला चिरिए । कलमका वैरीले त मैले देहत्याग गरिसकेकी ठानेका थिए होलान् । तर, सौभाग्य भनौं भीरपखेरामा रगताम्य शरीर लिएर मूच्छिर्त भएकी ममाथि गाउँलेको आँखा परेछ र बाँचेँ । स्वतन्त्र भएर कलम चलाएकै कारण मैले यो नियति भोग्नुपर्‍यो । तर, मैले हिम्मत हारेकी छैन । बाँचुन्जेल कलम चलाइरहन्छु ।
***
उपचारार्थ काठमाडौं आएपछि आमाको खुब याद आइरहेको छ । घाइते भएपछि मेरी आमाको स्वर एकपटक पनि सुन्न पाएकी छैन । मलाई सम्झना छ, घरमा खाना पकाउँदै गर्दा मेरी बूढी आमाले ‘छोरी पत्रकारिता छोडिदे, तँलाई पनि उमा सिंह बनाउँछन्,’ भनेकी थिइन् । मैले निर्भीक भएर भनेकी थिएँ, ‘आमा उमा सिंहले तपाईलाई पनि चुनौती दिएकी छिन् । म मर्दा कोही पनि पत्रकार मर्नु पर्दैन भने म मर्न तयार छु आमा ।’ मैले यसो भन्दा आमा ‘तैं मरिस् भने हामीले कसलाई छोरी भन्नू नि,’ भन्दै धेरैबेर रुनुभएको थियो ।
***
पत्रकार सधैं निडर हुन्छ र हुनुपर्छ । तर, अहिले देशको परिस्थिति त्यस्तो छैन । त्यसै पनि चुनौतीपूर्ण यो पेसा पछिल्लो समय त झन् असुरक्षित बन्दै गएको छ । पत्रकार र पत्रकारिता जहिले पनि स्वतन्त्र र निष्पक्ष हुनुपर्छ भन्ने पाठ पढेका पत्रकार लेखेकै भरमा कुनै पनि वेला आक्रमण, अपहरण र हत्या हुनसक्छ भन्ने त्रासका बीच बाँच्न विवश छन् । स्वतन्त्र पत्रकारिताको नारा जति लागे पनि स्वतन्त्र भएर लेख्न सहज छैन । यो पीडा राजधानीभन्दा दूरदराजमा रहेर काम गर्ने पत्रकारले झनै भोग्नुपरेको छ ।
अब पत्रकारका हात तरबारले काटिन र लेख्नुपर्ने औंला ब्लेडले चिरिन थालेपछि कसरी चलाउने कलम ? कसरी गर्ने स्वच्छ र निष्पक्ष पत्रकारिता ? अहिले पत्रकारले आफ्नो धर्म निर्वाह गर्नुअघि धेरैपटक सोच्नै पर्छ । त्यही पनि पत्रकारले ज्यान हत्केलामा राखेर काम गरिरहेका छन् । डरले पत्रकारले लेख्न छोड्नु हुँदैन ।
ममाथि भएको घातक हमलाले मलाई पत्रकारिताप्रति अझै उच्चतम लगावका साथ लाग्न प्ररित गरेको छ । जिल्लामा कार्यरत पत्रकार, अधिकारकर्मी, स्वतन्त्र बुद्धिजीवी तथा स्पष्ट अडान राख्ने जोकोहीलाई आफ्नो विचार राख्न र बोल्न डराउनुपर्ने अवस्था छ । धाक, धम्की, आक्रमण र भौतिक कारबाहीले त्रसित समाजमा विशेषगरी मोफसलका पत्रकारको आँट र लगनले सबै भयको साम्राज्यलाई चुनौती दिएको छ ।
***
मेरो स्वास्थ्य अहिले पनि ठीक छैन । बायाँ हात अहिले पनि चल्दैन । घाँटीमा ‘भेन’ लगाइरहनुपरेको छ । राति सपनामा पनि धेरैखाले मान्छे आउँछन् । एकदिन म निद्रामै आत्तिएर उठेछु र निद्रामै भागेछु । म त ढोकाबाहिर आइपुगेको रहेछु । टाउको ठोक्किएपछि मात्र थाहा भयो । अहिले पनि मान्छेको भीड देख्दा बेहोस हुन्छु कि जस्तो हुन्छ । उकुसमुकुस हुन्छ । जिउ सारा दुखिरहन्छ । डाक्टरले एक महिनाको लागि औषधि लेखिदिएको छ । मैले यसअघि कहिल्यै सिटामोल पनि खाइनँ । तर, अब औषधिविना जिन्दगी चल्दैनजस्तो लाग्छ ।
मैले मेरो भविष्यबारे सोचेकी छैन । तर, लाग्छ अब म पत्रकारितामै आफ्नो जिन्दगी खोज्नेछु । मर्नै परे पनि यही पेसामा लाग्नेछु । तर,अब जिल्लामा गएर काम गर्ने अवस्था छैन । हेरौँ समयले कता लैजान्छ ? सरकारले ढिलै भएपनि आक्रमणकारीलाई कारबाही गर्छ भन्ने लागेको छ ।
मैले मृत्यु अझै पनि नजिक देखेको छैन । बरू ‘नयाँ जीवन पाएँ’ भन्ने लाग्छ । हिजो चिनेका मान्छे अब बिर्सने हो कि भन्ने डर पनि मनमा छ ।
कुराकानीमा अाधारीत
अनलाइन बाट 

Comments :

0 comments to “कलम छाड्दिन–टिका बिष्ट”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger