wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

February 10, 2010

हिरोले हेर्दाहेर्दै ढले


साभार नेपाल समाचार पत्रिका
(काठमाडौं), काठमाडौंको लाजिम्पाटस्थित शंकर र सांग्रिला होटलको बीचमा पुगेपछि एउटा बाइक सबै गाडीलाई ओभरटेक गरेर अगाडि बढयो।
त्यसलगत्तै अचानक गोली चलेको ठूलो आवाजले वातावरण त्रासमय भयो। गाडीहरू ठप्प भए, भागाभाग र दौडादौड मच्चियो। ‘ज्वाला’, ‘माया नमार’जस्ता चलचित्रमा मारामारी गरेर खलपात्रलाई तह लगाउने हिरो अमित ढुंगाना गोली प्रहार गरिएको मित्सुबिसी पजेरोको ठीक पछाडि थिए।
घटनापछि उनी कारमा बसिरहन सकेनन् र बाहिर निस्के। उनी त्यहाँ पुग्दा पजेरोको सिटबाट एकजना घाइतेलाई तानेर बाहिर निकाल्ने प्रयास भइरहेको थियो। त्यसमा उनले पनि सहयोग गरे। गाडीमा अर्को मानिस पनि गोली लागेर ढलिरहेको देखियो। जसको श्वासप्रश्वाससमेत बन्द भइसकेको थियो।
तमासा हेर्ने धेरै थिए, तर अगाडि बढेर उद्धार र सहयोग गर्ने काममा अलमल भइरहेको थियो। कोही त्यहीं आएर भिडियो रेकर्ड गरिरहेका थिए। अमित कराए- ‘यस्तो बेलामा भिडियो खिच्ने कि घाइतेलाई बाहिर निकाल्ने।’ उनले सबैलाई घाइतेलाई बाहिर निकाल्न सहयोग गर्नका लागि गुहार पनि मागे।
अमित महाराजगन्जस्थित वीरेन्द्र प्रहरी अस्पतालमा स्वास्थ्य लाभ गरिरहेका आफ्ना ससुरालाई अस्पतालले डिस्चार्ज गर्ने भएपछि कारमा त्यता जाँदै थिए। त्यसै बेला अमितले गोली लागेर छटपटाइरहेका घाइतेको फिल्मी शैलीमा उद्धार गरेका हुन्।
४/५ जनाको सहयोगमा अमितले अर्को घाइते पनि निकाले।
जो जमिम शाह थिए। पहिलेको घाइतेलाई टयाक्सीमा अस्पताल पठाइसकिएको थियो। प्रहरीको सहयोगमा जमिमलाई माइक्रोमा हालियो। गोली लागेका जमिम र अर्का घाइतेलाई बोकेर गाडी राख्ने क्रममा अमितको शरीरभरि रगत लागेको थियो। पछि रगतले भिजेको उनको शरीर देखेर परिवारका सदस्यहरूसमेत आत्तिए। तर, अमितलाई भने मानवीय सहयोग गर्न पाएकोमा जति गौरव लागेको थियो, त्यति नै दुःख देशको सुरक्षा व्यवस्था प्रति लागेको थियो। ‘नेताहरू भाषण गर्छन्’, उनी भन्छन्- ‘तर दिउँसै व्यस्त सडकमा सुरक्षाको अवस्था यस्तो छ। म कस्तो देशमा जन्मिएँ भनेर चिन्ता लाग्यो।’
जमिमको शवलाई आफ्नै हातले बोकेर माइक्रोमा राख्दासम्म पनि अमितलाई थाहा थिएन कि उनी जमिम थिए। त्यो कुरा त घरमा आएपछि मात्र थाहा भयो। स्थानीय बासिन्दाले गोली प्रहार गर्ने युवा सवार मोटरसाइकलको नम्बर टिपेर प्रहरीलाई बुझाएका थिए।

Comments :

0 comments to “हिरोले हेर्दाहेर्दै ढले”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger