चार दिनयताको अविरल हिमपातका कारण बुधबार मुस्ताङमा एकको मृत्यु भएको छ। हिमपातको कारण जम्मा भएको हिउँको ढिस्कोले पुरिएर कोबाङ नाउरीकोटका २४ वर्षीय अनिल गौचनको मृत्यु भएको हो। उनीसँगै जङ्गलको गोठमा रहेका ४० चौंरी पनि पुरिएका छन्।
पछि खोजी गर्दा १७ वटा चौंरी र गौचन मृत अवस्थामा फेला परेको मुस्ताङका प्रहरी निरीक्षक सुन्दर तिवारीलाई उदृत गर्दै म्याग्दीबाट पत्रकार सुरज केसीले जानकारी दिएका छन्।सोमबारदेखि परेको हिउँका कारण ६ फिट हिउँ जम्मा भएको थियो। स्थानीयबासीका अनुसार मुस्ताङमा परेको हिउँ एक दशककै सबैभन्दा बाक्लो हो। हिमपातकै कारण मुस्ताङका धेरै ठाउँमा पहिरो जान थालेको उनीहरुले बताएका छन्।
म्याग्दी न्युजबाट
Comments :
0 comments to “हिम पहिरोले पुरिएर ४० चौंरीसहित युवकको मृत्यु”
Post a Comment