जिल्लाका दुर्गम भेगका २७ भन्दा बढी सामुदायिक विद्यालयमा वायरलेस -ताररहित) इन्टरनेट सेवाबाट लाभान्वित भएका छन् । इन्टरनेटको पहुँचले शिक्षक/विद्यार्थीलाई मात्र होइन गाउँलेलाई समेत लाभ पुगेको छ । गाउँगाउँमा इन्टरनेट पुगेपछि शिक्षक/विद्यार्थीलाई सूचना तथा सञ्चारमा पहुँच बढेको हो । ‘कम्प्युटर तथा वायरलेस इन्टरनेट राख्न चाहने विद्यालयलाई कार्यालयले समेत साझेदारी कार्यक्रमअन्तर्गत ५० हजार रुपैयाँ दिने गरेको छ,’ शिक्षा अधिकारी दिलनाथ पुरीले भने । शिक्षा कार्यालयका अनुसार जिल्लाका ३६ सरकारी माविमध्ये २४ मा ऐच्छिक विषयको रूपमा कम्प्युटर पढाइ हुने गर्छ ।
तीमध्ये १४ जति माविमा इन्टरनेटको सुविधा पुगेको शिक्षा कार्यालयले बतायो । हिमाञ्चल मावि, टिकोट मावि र पाउद्वार माविका विद्यार्थीले त ईपेनपल क्लब नै स्थापना गर्न भ्याएका छन् । यिनै पेनपलहरूको सम्बन्धले पाउद्वार माविमा फान्सका विद्यार्थीले छात्रावास भवनसमेत निर्माण गरिदिएका छन् ।गाउँको विद्यालयमा इन्टरनेट जोडेपछि गाउँलेहरूले पनि विदेशमा रहेका आफन्तलाई इमेलबाटै चिठीपत्र आदानप्रदान गर्न थालेका छन् । अनपढ महिला तथा गाउँलेलाई इमेलबाट चिठीपत्र आदानप्रदान गर्न भने स्थानीय विद्यालयका शिक्षकहरूले सहयोग गर्ने गरेका छन् । यी सबै विद्यालयमा कम्तीमा एक थान कम्प्युटर र वायरलेस इन्टरनेट जडान र सञ्चालन खर्चको जोहो महावीर पुनको अगुवाइमा स्थापित हिमाञ्चल एजुकेसन फाउन्डेसनले गर्दै आएको छ । ‘नेपालका सबै विद्यालय र बस्तीमा वायरलेस इन्टरनेटको जालो फिँजाउने चाहना छ,’ उनले भने ।

पुनकै प्रेरणा र प्राविधिक सहयोगमा सदरमुकाम बेनीमा धौलागिरी अञ्चलमा पहिलो बेतारे इन्टरनेट सेवा प्रदायक -आईएसपी) स्थापना गरिएको हो । यस आईएसपीबाट सदरमुकाम क्ष्ाेत्रका ६ वटा निजी तथा सामुदायिक विद्यालयमा इन्टरनेट पुगेको छ । तर विद्यार्थीले विद्यालयमा इन्टरनेटको पहुँच भने राख्दैनन् ।
महावीरको वायरलेस इन्टरनेट विस्तार योजनामा स्थानीय शिक्षकहरू भरत, टेक, प्रदीप, रमन, कुमार पुनलगायतका टोली सक्रिय छ । जिल्लाको पश्चिम क्ष्ाेत्रका जनपि्रय उच्च मावि दरवाङ्ग, किसानी उमावि विम, राष्ट्रिय मावि रुमलगायतका विद्यालयमा इन्टरनेट विस्तार गर्ने उद्देश्यले विभिन्न डाँडामा टावर स्टेसनको सर्वे भईसको छ । ‘हामीले छिट्टै किसानी मावि विम र जनपि्रय मावि दरवाङ्गमा इन्टरनेट पुर्याउँछौं,’ महावीरका सहयोगी भरत पुनले भने ।त्यतिमात्र होइन, वायरलेस इन्टरनेटका प्रवर्तक महावीर पुनको गाउँ नागी क्ष्ाेत्रका पाउद्वार, शिख, खिवाङ्ग, घोरेपानी, घार, घराम्दी, राम्चे, नागीलगायत आधा दर्जन गाउँका कृषकले इन्टरनेटमै हाट बजारसमेत सञ्चालन गरेका छन् । यस्तो इहाटबजारमा कृषकका लागि आवश्यक पर्ने गाईगोरु, भैंसी, कुखुरा, खरायो, डोको नाम्लोदेखि हलोजुवासमेतको खरिद बिक्री हुने गरेको छ ।जिल्लाका ३६ सामुदायिक सरकारी विद्यालयमध्ये २४ माविमा ऐच्छिक विषयको रूपमा कम्प्युटर पढाइ हुने गरेको छ । शिख मावि, पाउद्वार मावि र हिमाञ्चल उच्चमाविका विद्यार्थीहरू सात वर्षदेखि कम्प्युटर विषयमा एसएलसी परीक्षामा सामेल छन् । यी सामुदायिक विद्यालयहरू सदरमुकामदेखि कम्तीमा २० कोस टाढा ग्रामीण भेगमा पर्छन् । सदरमुकामस्थित बेनी सामुदायिक विद्यालयले पनि विभिन्न दाताको सहयोगमा कम्प्युटर विषयमा अध्यापन गराउँदै आएको छ ।विद्यालयहरूले शिक्षा कार्यालयको साझेदारी कार्यक्रमबाट प्राप्त ५० हजार, विद्यालयको आन्तरिक स्रोत परिचालित गरी कम्प्युटर कक्षा सञ्चालन गर्ने गरेका छन् । ‘तीन वर्षदेखि ७ र ८ बाट ऐच्छिक विषयको रूपमा कम्प्युटर पढाइ सुरु गर्यौं, अर्को वर्षदेखि १२ कक्षासम्म कम्प्युटर विषयको पढाइ सुरु गर्छौं,’ मुक्तिमार्ग उच्च मावि व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर बरुवालले भने ।दुर्गम गाउँगाउँमा कम्प्युटर शिक्षा र इन्टरनेट पुर्याउन विदेशमा रहेका स्थानीयवासीले समेत सक्दो प्रयास गरिरहेका छन् । प्राप्त चारवटा कम्प्युटर, भारत तथा बेलायतको सेनाबाट निवृत्त शिखवासीले दिएका ५ वटासमेत स्रोतबाट किनेका २५ वटा कम्प्युटरबाट शिख माविले कम्प्युटर विषयमा पढाइ गरिरहेको छ । ‘यी कम्प्युटर अपुग भएकाले थप १० वटा कम्प्युटर विदेशका विभिन्न मुलुकमा पुगेका शिखवासीले पठाएको रकमबाट खरिद गर्दै छौं,’ व्यवस्थापन समितिका अध्यक्ष बागवीर पाइजाले सुनाए ।
Comments :
0 comments to “म्याग्दीका दुर्गम २७ बिद्यालयमा ताररहित इन्टरनेट”
Post a Comment