wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

February 17, 2010

सरर गुडनेहोत १४ लाखको मोटरसाइकलमा नेपालमा आइसक्योनी ......

युरोप र अमेरिकाको रेसिङ ट्र्याकमा दौडिएको देखिने स्पोर्टी फन बाइक अब नेपालकै सडकमा कुद्ने भएको छ। एउटा मोटरसाइकललाई १४ लाख रुपैयाँ तिर्ने क्षमता छ भने तपाईं पनि अब स्पोर्टी फन बाइकलाई आफ्नो बनाउन सक्नुहुन्छ। ४२ वर्षदेखि होन्डा मोटरसाइकल बेच्दै आएको स्याकार ग्रुपले स्पोर्टी र फन बाइकको श्रेणीमा पर्ने ‘होन्डा हर्नेट’ मोटरसाइकल नेपाल भियाएर बिक्री सुरु गरेको हो।‘नेपाली मोटरसाइकल पारखीलाई पनि नयाँनयाँ बाइकको रुचि पूरा गर्ने क्रममा हामीले यो मोडल भियाएका हौं, ज्योति ग्रुपका निर्देशक सौरभ ज्योतिले भने। नेपाल भित्रिएको होन्डा हर्नेट इटालीमा बनेको हो।

यो पहिलोपटक सन् १९९८ मा बनेको थियो। अहिले नेपाल भित्रिएको मोडल हर्नेटको परिमार्जित तेस्रो पुस्ता हो। ज्योतिका अनुसार यो मोटरसाइकल ‘युरो ३’ मापदण्डको हो। सवा साधनले गर्ने प्रदूषणको आधारमा युरो मापदण्ड तय गरिन्छ। जति कम प्रदुषण गर्‍यो, उति नम्बर बढ्छ।असोजमा भएको नाडा अटो सोमा स्याकार कम्पनीले पहिलोपटक ‘होन्डा हर्नेट’ झिकाएको थियो।त्यसबेला झिकाएको मोटरसाइकल बिक्री भइसकेका छन्। अहिले ल्याइएकामध्ये दुईवटा बुकिङ भैसकेको छ। ‘मोटरसाइकलमा रुचि भएका मध्यमवर्ग यसका उपभोक्ता हुन्,’ ज्योतिले भने। विशेष प्रकारको मोटरसाइकल भएकाले यो वर्ष २० वटा बेच्ने कम्पनीको लक्ष्य छ।मोटरसाइकल चोको समस्या रोक्ने प्रयास यसका निर्माताले गरेको छ। यसको साँचोमा जडान गरिएको विशेष प्रकारको कम्प्युटर चिप्सले नक्कली साँचो पसाउनेबित्तिकै मोटरसाइकलले संकेत गर्छ।
यसको नक्कली साँचोसमेत बनाउन नमिल्ने ग विशेष तरिकाले डिजाइन गरिएको छ। स्याकार कम्पनीले राजधानीको टेकुमा रहेको बुधबा कम्प्लेक्समा ‘होन्डा हर्नेट’लाई चाहिने सबै सुविधा उपलब्ध गराउने घोषणा गरेको छ। यसमा बिक्री, मर्मतसम्भार, पार्टपूर्जा, सुरक्षा र सेकेण्ड ह्यान्ड खरिदबिक्रीको सेवा उपलब्ध हुनेछन्।होन्डा हर्नेट किन्दा ६ महिनाको पूरा वारेन्टीका साथ एउटा गुणस्तय हेलमेटसमेत निःशुल्क रूपमा स्याकारले दिने घोषणा गरेको छ।
यस्ता छन् होन्डा हर्नेटका विशेषता
क्षमता : ५९९ सिसी
पेट्रोल ट्यांकी : १९ लिटर (रिजर्भ ४ लिटर)
स्पिड : ६ गियर
तौल : १७७ किलोग्राम
लोड क्षमता : १८८ किलोग्राम
ब्रेक : अगाडि (डबल हाइड्रोलिक डिस्क)
पछाडि (सिङ्गल पिस्टन क्यालिपर)
माइलेज : २५(३० किलोमिटर/लिटर
मूल्य : रु. १४ लाख
(नागरिक)

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger