wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

February 28, 2010

इपिएस अन्तर्गत कोरियन भाषाको (KLT) परिक्षा २०१० को अन्तमा हुने

रोजगार अनुमति प्रणाली अर्थात इपिएस अन्तर्गत दक्षिण कोरिया जाने नेपाली कामदारहरुकालागि दोश्रो  भाषा परिक्षा दुइ हजार दशको अन्त्यमा हुने भएको छ। श्रममन्त्रालयमा शुक्रबार इपिएस अन्तर्गत जाने कामदारहरुको कोरियाली भाषा परिक्षण सम्झौता हस्ताक्षर कार्यक्रममा सो जानकारी दिइएको हो।

श्रमविभागका महानिर्देशक मोहन कृष्ण सापकोटा र मानव संसाधन विभाग कोरियाका अध्यक्ष जे सुव यूले संझौतमा हस्ताक्षर गरेपछि भाषा परीक्षा प्रकृया अघि बढने भएको हो। इपिएस अन्तर्गतको एक पटक लिइएको भाषा परिक्षा दुइ वर्षकोलागि मान्य हुने व्यवस्था रहेको छ। यस अघि कोरियन सरकारले सन दुइ हजार आठमा पहिलो पटक भाषा परिक्षा लिएको थियो। जसमा उर्तीण भएका छ हजार पाँच सय छयासी मध्ये तीन हजार छ सय छत्तीस नेपाली कामदारहरु कोरिया पुगिसकेका छन्। कोरियन रोजगारदाताले रुचाएमा चाँडै नै रोष्टरमा रहेका पच्चीस सय भन्दा बढी कामदार कोरिया जान सक्ने मानव संसाधन विभाग कोरियाका अध्यक्ष जे सुव यूले जानकारी दिनुभयो। रोष्टरमा रहेका कामदारहरुको भाषा परीक्षाको अन्तिम म्याद यही जेठमा समाप्त हुँदैछ। विश्व आर्थिक मन्दीका कारण कोरियाले बाहिरबाट लैजाने कामदारको संख्या घटाएपनि नेपाली कामदारहरुको इमान्दारीतका कारण माँग नघटेको कोरियाली मानव संस्ाधान विभागका महानिर्देशक जुंग इल सुंगले बताउनुभयो। कोरियाली सरकारले अघिल्ल्ाो वर्ष विभिन्न पन्ध्र मुलुकबाट सत्र हजार कामदार भित्रयाउने कोटा निर्धारण गरेको थियो। यस वर्षको कोटा आगामी दुइ साताभित्र निर्धारण गरिसक्ने पनि कोरियाली पक्षले जानकारी दिएका थिए। इपिएस अन्तर्गत नेपाली कामदार दक्षिण कोरिया पठाउने सम्बन्धमा श्रम मन्त्रालय र कोरियाली श्रम मन्त्रालयबीच गत जनबरीमा श्रम संझौता नवीकरण गरिएको थियो

Comments :

0 comments to “इपिएस अन्तर्गत कोरियन भाषाको (KLT) परिक्षा २०१० को अन्तमा हुने”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger