wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

March 1, 2010

यस्तो रह्यो बेनी बाग्लुंग पर्बत को होलि

विभिन्न चाड पर्वहरु मध्ये नेपालीहरुले फागु पूर्णिमालाइ पनि विशेष महत्वका साथ मनाउने गर्छन। शहरी इलाकाहरुमा त यो आउने हप्ता दिन अगाडि देखिनै रमाइलो गर्न थाल्छन युवा युवतीहरु। यसपालीको फागु पूर्णिमा अर्थात होलि खेल्न विहानै देखि शुरु गरेका थियो। बच्चाहरु विहानै देखि आ आफुमा लगाउदै हिडेको देखिन्थे त युवाहरु खाना खाएर। कोही पिकनिक गएरपनि होलि मनाएका थिए।
विभिन्न जात जातीहरुले आ-आफ्नै संस्कृति अनुसार मनाइरहेका थिए। थकालीहरुले आफ्नो समाज घरमा विभिन्न कार्यक्रमका साथ मनाइरहेका थिए भने नेवार समूदायले पनि आफ्नो जग्गामा सम्पूर्ण नेवारहरु भेटघाट गर्दै होलि गित नाच्दै मनाइरहेका थिए।
विशेष गरि त युवा पुस्ताहरु अत्तिनै उत्साहित भएको देखिन्थे ग्रुप ग्रुप बनाएर मादलको तालमा बेनीको बजार जता माया उतै छ नजर भाकामा नाच्दै रमायको दृश्यपनि हेर्न लायक थियो।
भने नेपाल भाषा मंका खलले पनि बाजा गाजाका साथ बजार परिक्रमा गरेर होलि मनाएको थियो। घर घरको छतबाट फालेको पानीले होली खेल्दा गर्मी भएकाहरुलाइ शितलता प्रदान गरिरहेको थियो।
के पुरुष के महिला सबै सडकमा उर्लिएर होलिमा रामइरहकेका थिए। बेनीमा त्यस्तो अप्रिय घटना केहि घतेनन शान्तपूर‍ण वातारणमै होली सकियो भने अप्रिय घटना घट्न सक्छ भने सुरक्षाको स्थिती पनि कडा गरिएको थियो।
त्यस्तै बाग्लुङमा भने विगतको तुलनामा यसपालि होलि खेल्नेको संख्यामा केहि कमि पाइएको कुरा थाहा हुन आएको छ। बौद्धिक ब्यक्तित्वको होलीमा सहभागितामा कमि आएको थियो भन्ने कुरा हाम्रा मित्रले हामीलाइ जानकारी दिनुभएको छभने युवा पुस्ताहरु भने निकै उत्साहित भएर खेलेको पाएको छ।
त्यस्तै गरि पर्वतको सदरमुकाम कुस्मा पनि पनि रमाइलोका साथ होली मनाइरहेको कुरा हामीलाइ थाहा हुन आएको छ । तर कुस्मामा होली खेल्दै गर्दा छतवाट खसेर १ वालीका र्घाईते भएकी छिन् ।पर्वत सदरमुकाम कुश्मावजार-३ की ६ वषिर्या स्नेहा पुरी र्घाईते भएकी हुन् ।र्घाईते पुरीको जिल्ला अस्पताल पर्वतमा उपचार भैरहेको छ । उनको अवस्था सामान्य रहेको जनाइएको छ ।छतवाट लोला हान्ने क्रममा रेलिङ्गवाट तल खसेको जिल्ला अस्पताल पर्वतले जनाएको छ ।
बेनीअनलाइन

Comments :

0 comments to “यस्तो रह्यो बेनी बाग्लुंग पर्बत को होलि”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger