wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

March 1, 2010

सिन्दुर हाल्नेबेलामा बेहुली खोसिएपछि बेहुला घर बाहिरै

 फिल्मी शैलीमा कपिलवस्तुको एक विवाहमण्डपबाट बेहुली खोसिएर खाली हात फर्केको रुद्रपुर-८ का एक बेहुलाले बेहुली नपाएपछि चार दिनसम्म बेहुलीको खोजीमा घरबाहिरै बस्नुपरेको छ ।रुद्रपुर-८ का कुलबहादुर विश्वकर्मा  र कपिलवस्तु पत्थरदेइया-५ चौवाका मञ्जु सुनारबीच गत बुधबार विवाह हुँदै थियो, तर फिल्मी शैलीमा आएका उनका प्रेमी पत्थदेइया-४ अमलवा निवासी मधु गौतमले बेहुलीलाई सिन्दुर लगाउन लागेको बेला विश्वकर्मा परिवारलाई रोकेर खालीहात फिर्ता पठाएका थिए ।विवाहका लागि लगनगाठो कसेपछि अर्कै भए पनि बेहुली भित्रयाउनै पर्ने परम्परागत मान्यताअनुसार बेहुली खोज्दै हिँडेको विक परिवारले बेहुली नपाएपछि घरदेखि टाढा बस्नु परेको स्थानीय अशोक हमालले बताए । "बेहुलीको खोजीमा लागेको विक परिवारले भनेजस्तो केटी नपाएको भन्दै घरमा आउन मानेका छैनन्"-उनले भने ।

कपिलवस्तुको पत्थरदेइया-५ चौवामा स्थायीरुपमा बस्दै आएका रामबहादुर सुनारकी छोरी मञ्जु र वरका रुपमा बोलाएर आएका रुपन्देहीको रुद्रपुर-८ का कुलबहादुर विकबीच बुधबार विवाह हुँदै थियो । जन्तीसहित बेहुली लिन आएको विक परिवारले बेहुली अर्कैले लगेपछि हेरेको हेरै हुनुपरेको थियो ।
कान्तिपुरबाट   

Comments :

0 comments to “सिन्दुर हाल्नेबेलामा बेहुली खोसिएपछि बेहुला घर बाहिरै”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger