wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

March 3, 2010

यस वर्षको एसएलसीमा ४ लाख ५० हजार परीक्षार्थी


एसएलसी परीक्षामा यस वर्ष ४ लाख ५० हजार परीक्षार्थी सहभागी हुने भएका छन्।त्यसैगरी यो परीक्षाका लागि देशभर १ हजार ५ सय ४४ परीक्षा केन्द्र तोकिएको छ। ३० परीक्षार्थी बराबर एक परीक्षा निरीक्षक नियुक्त गरिने परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक अम्बिका रेग्मीले जानकारी दिए।यसैगरी एलएलसी परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन स्थानीय स्तरमा समिति गठन गर्ने नीति परिक्षा नियन्त्रण कार्यालयले लिएको छ। जिल्लामा सक्रिय राजनीतिक पार्टी, शिक्षकहरुका पेशागत संस्था, अभिभावकका प्रतिनिधि, विद्यार्थीका सङ्घ-संस्था र सञ्चारकर्मीको संयुक्त बैठकबाट एसएलसी परिक्षा सहयोग समितिको अवधारणा कार्यालयले अघि सारेको छ।
समितिले छलफल गरेर आचारसंहिता निर्माण गर्ने र कार्यान्वयन गराउन सहयोग गर्नेछ। सहयोग समिति परीक्षा सञ्चालन हुने एक साताअगाडि गठन हुने कार्यालयले जनाएको छ। यस वर्षको एसएलसी चैत १२ देखि सुरु हुँदैछ।प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा शिक्षा र सुरक्षा कार्यालयहरू परिचालित हुँदै आएको परम्पराका बीच यस पटकदेखि देखि जनस्तरको समिति बनाउन लागेको हो। समितिले परीक्षा केन्द्र व्यवस्थापन समिति तथा अभिभावकहरूसँग समन्वय गरेर भेला गराई छलफल गरी परीक्षा केन्द्रलाई सुरक्षित र मर्यादित बनाउने काम गर्नुपर्नेछ। समितिले परीक्षा केन्द्रको क्षेत्र तोक्ने र तोकिएको क्षेत्रभित्र भीडभाड हुन नदिने तथा परीक्षामा सम्बन्धितबाहेक अरुलाई प्रवेशमा रोक लगाउने काम गर्न सहयोग गर्नेछ।स्थानीयरुपमा सबै राजनीतिक दल तथा पेशागत सङ्घ-संस्थाले मर्यादाविपरीत कार्य गर्ने वा कार्य गर्न उक्साउनेमाथि कारबाही गर्न सहयोग गर्ने अपेक्षा परीक्षा नियन्त्र कार्यालयले लिएको निमित्त परीक्षा नियन्त्रकसमेत रहेका रेग्मीले बताए।गत वर्ष परीक्षा सञ्चालनमा विभिन्न जिल्लामा त्रुटि भएको भन्ने गुनासोलाई ध्यानमा राखेर स्थानीयस्तरको परीक्षा सहयोग समिति गठन गरिन लागेको रेग्मीले बताए। परीक्षा सहयोग समितिले परीक्षा सञ्चालनमा उत्पन्न हुने सबै प्रकारका अवरोध समाधान गर्ने रेग्मीको धारणा छ। रेग्मीले भने- एसएलसी परीक्षा सुरक्षित र मर्यादित बनाउन समितिको महत्त्वपूर्ण भूमिका हुनेछ।उत्तरपुस्तिका छपाई कार्य सम्पन्न भई सबै जिल्लामा पुर्‍याउने कार्य सकिएको रेग्मीले बताए।

Comments :

0 comments to “यस वर्षको एसएलसीमा ४ लाख ५० हजार परीक्षार्थी”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger