wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

March 6, 2010

चौरीगाईको आलो रगत पिउने मेलाको तयारी पूरा


हरेक बर्ष म्याग्दीको पाउद्धार लहरेनीमा आयोजना हुने चौरीगाईको आलो रगत पिउने मेलाको तयारी पूरा भइ आज देखि सुरु हुने कुरा संयुक्त चौरीपालन समितिका अध्यक्ष रुद्रवहादुर मगरले जानकारी दिनुभएको छ।उच्च हिमाली क्षेत्रमा पाईने यार्सागुम्वु निरमसी पाँचऔले र जटामसी जस्ता जडिबुटीहरु खाएर बांचेका चौरीगाईको आलो रगत पिउन म्याग्दीका साथै काठमाडौ चितवन कास्की वाग्लुङ र पर्वतबाट विरामीहरु आउने समितिका अध्यक्ष मगरले जानकारी बताए । रगत पिउन आउने विरामीहरुको वसाँईका लागि पनि आवश्यक प्रवन्ध मिलाएको छौँ हामीले सोचेको भन्दा बढी विरामीहरु आउने अपेक्षा लिएका छौँ उनले भने।
चौरीगाईबाट कम्तीमा २०-२५ गिलास र बढीमा ६०-६५ गिलास सम्म आलो रगत निकालेर पिउने गरिन्छ । विगतमा एक गिलास रगत पिएवापत ७० रुपैयां सम्म तिनुपर्ने हुन्थ्यो । बर्षको दुईपटक यस्तै मेला आयोजना गरेर हिमााचल उच्च मा।वि नागी र पाउद्धार माविले राम्रो आम्दानी गरिरहेका छन् । ती दुई विद्यालयले नीजी स्तरबाट २÷२ वटा शिक्षक दरवन्दी समेत थपेको अध्यक्ष मगरले बताए ।२०५३ साल देखि म्याग्दीको खोप्रो लेकमा सन् २००७ का रोमन म्यागासेसे विजेता डा।महावीर पुनको पहलमा उक्त परम्पराको थालनी भएको बताईएको छ । डा।महावीरले दुई विद्यालय संचालनका लागि हिमाल पारीको जिल्ला मनाङबाट याक ल्याएर यस्तो प्रचलनको शुरुवात गरेका हुन् ।रगत पिउंदा रगतमा भएको परजीवीले मानव स्वास्थ्यमा पार्नसक्ने असरलाई ध्यानमा राखेर पशु सेवा कार्यालय म्याग्दीले जुका विरुद्धको औषधी निशुल्क वितरण गर्ने जनाएको छ । त्यसका लागि कार्यालयका प्रमुख प्रेम प्रसाद शर्मा प्राविधिक जीवन आचार्य र पशु सेवा उपकेन्द्र घारका प्राविधिक राजेश पाण्डे उक्त स्थानमा पुगेको छ ।चौंरीको आलो रगत र माशु खएमा यौन उत्तेजना बढ्नुका साथै बाथ नसादुख्ने उच्च रत्तचाप लगायतका दर्जनौ रोग निको हुने जनविस्वास रहेको छ ।करीव दुईदर्जन किसानका २ सय भन्दा बढि चौंरीहरु महोत्सवमा ल्याईएको छ । प्रत्येक चौंरीको घाँटीमा फलामको सानो र तिखो हतियारचुलेसी ले सानो प्वाल पारेर २० देखि ६० गिलाससम्म रगत निकाल्ने गरीन्छ । चौरीको रगत वर्षमा दुईपटक ननिकालेमा विभिन्न रोगहरु देखापर्नसक्ने किसानहरुको मान्यता छ ।

Comments :

0 comments to “चौरीगाईको आलो रगत पिउने मेलाको तयारी पूरा”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger