wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

March 7, 2010

उपत्यकमध्य सबैभन्दा रमाइलो लाग्ने बाटो सधैका लागि बन्द

 काठमाडौं, फागुन २३- उपत्यकाको सर्वाधिक व्यस्त स्थानमा रहेको सार्वजनिक सडक केही वर्षअघि नेपाली सेनाले सुरक्षाको कारण देखाई सर्वसाधारणका निम्ति बन्द गरेको थियो। परिस्थिति फेरिएपछि त्यो सडक खोल्न स्थानीयले माग गर्न थालेका छन् भने सेनाले यसलाई अब कहिल्यै खुला नगर्ने जवाफ दिएको छ।माइतीघरबाट सोझै भद्रकाली पुगिने त्यो सडक सम्झँदा संस्कृतिविद् सत्यमोहन जोशी अहिले पनि पुरानो दिनको यादमा पुग्छन्। 'म त्रिचन्द्र कलेज पढ्न सधैं हिड्ने बाटो हो त्यो,' बुधबार नागरिकसँग उनले भने, 'काठमाडौं जाने ललितपुरवासी सिंहदरबार घुम्नुको साटो सहर पस्न सधैं त्यही बाटो प्रयोग गर्थ्यौं।'
केही वर्षअघिसम्म पनि सर्वसाधारणले प्रयोग गर्दै आएको त्यो बाटो बिनाकारण कब्जा गरेर सेनाले निजी प्रयोगमा ल्याउनु गलत भएको जोशी बताउँछन्।उनी विद्यार्थी छँदा टुँडिखेलको त्यो भागमा परराष्ट्र मन्त्रालयको भवन थियो। 'सात सालको परिवर्तनपछि अचानक त्यो सार्वजनिक क्षेत्र सेनाले कब्जा गरेर मुख्यालय खोलेको हो,' उनी भन्छन्, 'त्यसपछि लगातार विस्तार गर्दा गर्दै अहिले भोज खुवाउनेलगायत व्यावसायिक प्रयोजनका भवनसमेत बनाउन थालिएको छ।'कुनै समय एसियाकै सहरमध्ये मध्यभागमा रहेको सबैभन्दा ठूलो मैदानका रूपमा चर्चा गरिने टुँडिखेल क्रमशः खुम्च्याएर सानो पारिएको आरोप जोशी लगाउँछन्। पछिल्लो समय सार्वजनिक बाटोसमेत थुनिएको छ।'सैनिक मुख्यालयको सुरक्षा जरुरी रहेको बताउँदै द्वन्द्वकालमा थुनेका बेला कसैले बोलेनौं,' उक्त सडकबाट दैनिक गुज्रने ललितपुरका मथुरा श्रेष्ठ भन्छन्, 'तर, अहिले पनि थुनेर राख्नुमा सुरक्षाको निहुँ गरेर सार्र्वजनिक बाटो ओगट्ने बदनियत देखिन्छ।' सिंहदरबार र माइतीघर गरेर उपत्यकाकै दुवै मुख्य चोकको ट्राफिक जाम कम गराउन मद्दत गर्न सक्ने त्यो बाटो अहिले मात्र होइन, पहिले पनि थुन्नु जरुरी नरहेको जोशी औंल्याउँछन्।बबरशम्शेरको दरबारबाट सोझै निस्कने त्यो बाटो टुँडिखेलमा सेना आउनुभन्दा निकै पहिलेदेखि उपत्यकावासीले प्रयोग गर्दै आएका थिए। अहिले सेना उक्त बाटो आफ्नो भएको दाबी गर्न थालेको छ।डिभिजन सडक कार्यालयका इन्जिनियर कर्णबहादुर रानाभाटका अनुसार त्यस सडकको कालोपत्रे गर्ने र मर्मत सम्भार गर्ने काम यसै कार्यालयबाट हुँदै आएको थियो। तर, द्वन्द्वकालमा उक्त सडकलाई विभागीय निर्णयबाटै सेनालाई बन्द गर्न दिइएको उनले बताए। 'सार्वजनिक सडकलाई सडक विभागले कसैलाई बन्द गर्न दिने सहमति गर्न मिल्छ?' भनेर सोध्दा उनी मौन रहे।डिभिजन सडक कार्यालयकै कम्प्युटर शाखाका एक कर्मचारीका अनुसार उक्त सडक सुचारु गर्न दुई वर्षअघि क्षेत्रीय कार्यालयमा लिखित पत्र पठाइएको थियो। 'जवाफ आउनु परको कुरा,' उनी भन्छन्, 'पत्र कहाँ पुग्यो र कसले के भने भन्ने भेउसमेत पाउन सकेनौं।'काठमाडौंका सम्पूर्ण सडक तीन वर्षअघि मात्र सडक विभागले आफूहरूलाई हस्तान्तरण गरेको महानगरपालिकाका भौतिक तथा निर्माण विभागका इन्जिनियर सुरेन्द्र राजकर्णिकार बताउँछन्। जिम्मा पाउँदा उक्त सडक आफूहरूले नपाएको उनी सुनाउँछन्।आफ्नै मातहतका इन्जिनियरले विभागीय निर्णयबाट दिइएको बताए पनि सडक विभागको सम्पत्ति शाखाका सिनियर डिभिजनल इन्जिनियर सुरज सिग्देल प्रतिवाद गर्छन्। 'द्वन्द्वको बेला सुरक्षाको कारण देखाई सेनाले रोकेको कुरामा कसले बोल्ने?' उनले भने, 'विभागीय निर्णयबाट उक्त सडक सुम्पने काम भएको होइन।''त्यो बन्द गरिएको सार्वजनिक सडकलाई लिएर अहिले चासो सुरु भएको छ,' महानगरका इन्जिनियर राजकर्णिकार भन्छन्, 'त्यस क्षेत्रको ट्राफिक जाम कम गर्न त्यो सडक फिर्ता लिनुपर्ने प्रतिवेदन हालै एक संस्थाले दिएको छ।' दीगो सहरी यातायात सशक्तीकरण प्रोजेक्टले केही अघिमात्र यस्तो प्रतिवेदन दिएको उनले बताए। उनका अनुसार सडक फिर्ता लिन कसले पहल गर्ने भन्ने अन्यौल छ।'द्वन्द्वका बेला प्रहरीले थुप्रै ठाउँका पेटीमा काँडेतार लगाएर पैदलयात्री रोकेको थियो,' उनले भने, 'प्रहरीका मामलामा महानगरपालिकाले नै कुरा गरेपछि त्यस्ता अवरोध लगभग सबैतिर हटाइएको छ।' तर, सेनाबारे पहल गर्न समस्या देखिएको उनी बताउँछन्।बन्द बाटो खुलाउन पहल गर्ने निकायको खोजी भइरहेकै बेला सेनाले भने उक्त बाटो खुल्दैन भनेर ठाडो जवाफ दिएको छ।'जताततै हाम्रो क्याम्प रहेको स्थानमा त्यो बाटो परेकाले सार्वजनिक भए पनि जे भए पनि हामी खोल्दैनौं,' सैनिक प्रवक्ता रमिन्द्र क्षेत्रीले नागरिकलाई भने, 'मैले यसअघि पनि सयौं पटक यो कुरा भनिसकेको छु र फेरि हाम्रो धारणा मागिरहनु कुनै आवश्यक छैन।'सार्वजनिक बाटोलाई बन्द गर्न मिल्छ? भनेर सोध्दा उनले 'मिल्छ' भनेर जवाफ दिए।'अहिले अन्तर्राष्ट्रिय विमानस्थल भएको स्थानमा पहिले थुप्रै बाटा थिए रे भन्ने सुनेको छु,' उनले प्रतिप्रश्न गरे, 'के त्यो बाटो अहिले फिर्ता देऊ भनेर पाइन्छ?'जसरी विमानस्थलले ओगटेको सार्वजनिक बाटो फिर्ता पाइँदैन, त्यसैगरी सेनाले बन्द गरेको यो बाटो पनि नखुल्ने उनले जिकिर गरे।
नागरि

Comments :

0 comments to “उपत्यकमध्य सबैभन्दा रमाइलो लाग्ने बाटो सधैका लागि बन्द”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger