हावामा कावा खाने खेल देखाउँदै एक ५ वषर्ीय बालकले संसारकै सबैभन्दा तगडा बच्चाको कर्ीर्तिमान कायम गरेको छ । रोमानियाका गिलियानो स्ट्रोईले यो कर्ीर्तिमान कायम गरेका हुन् ।त्यसो त उनका बुवा पनि कम तगडा चाहिँ होइनन् । उनै तगडा बुवाले आफ्नो छोरालाई संसारकै तगडा बच्चोका रुपमा गिनिज बुकमा नाउँ लेखाउन रुचाएका थिए । त्यसैले आफ्नै जिममा छोरालाई सानै उमेरदेखि जिम गराउँथे । अब भर्खर हिँड्न थालेदेखि नै जिममा दौडाएका उनका बुवा यतिबेला आफ्नो छोरो गिलियानोले कर्ीर्तिमान बनाउँदा निकै खुशी देखिएका छन् ।
गिलियानोले अहिले १२ वर्षम्म उमेर समूहका व्यक्तिमा विश्व कर्ीर्तिमान बनाउन सफल भएका हुन् । उनले पुसअप गरेका केही भिडियोहरु युट्युबमा राखिएपछि उनको लोकप्रियता हृवात्तै बढेको थियो । उनी एक किसिमले युट्युब सेलिब्रिटी बनेका थिए । यसलगत्तै उनले कर्ीर्तिमानका लागि पहल गरेका थिए ।केही समयअघि उनी इटालीको एक टीभी शोमा उनले अचम्मै गरेका थिए । उनी १० मिटरसम्म हातैले दौडिएर सबैलाई चकित पारिदिएका थिए ।उनका ३३ वषर्ीय बुवा युलियन भन्छन्- “मैले ऊ टुकुर-टुकुर हिँड्न थालेदेखि नै जिममा लैजाने गरेका कारण उसलाई यसैमा रुचि बस्यो । अहिले म खुशी हुनुपर्ने कारण के छ भने, मेरो निजी जिम भोलिपर्सर्ीीसले चलाउला भन्ने चिन्तामा थिएँ र उसको रुचि यसैमा बसेपछि त्यो चिन्ता हराएको छ ।”रमाइलो त के छ भने यी बालक जिममा थाकेपछि मात्र आफ्नो उमेर समूहका अन्य बालबालिकासँग खेल्न जाने गरेका छन् ।
March 8, 2010
Subscribe to:
Post Comments (Atom)
Comments :
0 comments to “संसारकै तगडा बच्चो”
Post a Comment