wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

March 17, 2010

म्याग्दीको टोड्केलाई पर्यटकीय गन्तब्य बनाउन चक्रपथ निर्माण


म्याग्दीको कुहुँ गाविसस्थित धार्मिक तथा पर्यटकीय हिसाबले संभावनायुक्त टोड्के क्षेत्रलाई पर्यटकीय गन्तब्य बनाउन चक्रपथ निर्माण भएको छ ।टोड्केलाई पर्यटकीय गन्तब्य बनाई ग्रामीण अर्थतन्त्रमा टेवा पुर्‍याउने उद्देश्यले सदरमुकाम बेनीदेखि पुलाचौर, डडुवा, पुर्णगाउँ हुँदै टोड्के पुगेर पात्लेखेत, वाखेत, घतान, तोरीपानी हुँदै पुन बेनी आउन सकिने चक्रपथ निर्माण भएको हो ।सरकारी निकाय र स्थानीयवासीको संयुक्त लगानीमा २० किलोमिटरभन्दा बढी लामो चक्रपथ निर्माण भएपछि टोड्केमा पर्यटकको चहलपहल बढेको स्थानीय लाल युवा क्लबका अध्यक्ष टेकबहादुर राम्जालीले बताउनुभयो ।
चक्रपथ निर्माणका लागि रु. ४० लाखभन्दा बढी लगानी भएको छ ।फागुनमा स्थानीयवासीको रु. १२ लाख ३१ हजार लगानीमा तोरीपानीदेखि टोड्के जोड्ने ७ किलोमिटर लामो सडक निर्माण भएपछि चक्रपथमा सवारीसाधन सञ्चालन हुन थालेका छन् ।राम्जालीका अनुसार मोटरसाइकल र गाडी चढेर पुग्नसकिने भएपछि प्युठानस्थित र्स्वर्गद्वारी आश्रमको शाखा मानिने टोड्केमा आन्तरिक पर्यटकको चहलपहल बढेको हो ।दसभन्दा बढी प्रजातिका लालीगुँरासको जङ्गलको टाकुरामा अवस्थित टोड्केबाट माछापुच्छ्रे्र्र, अन्नपुर्ण धौलागिरी, निलगिरीलगायत १६ वटाभन्दा बढी हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ ।ग्रामीण बस्ती, विभिन्न समुदायका रहनसहन, जीवनशैली, वनस्पती, पक्षी, वन्यजन्तु यस क्षेत्रका आकर्षा हुन् । यो क्षेत्र समुद्री सतहदेखि दुइ हजार ९०० मिटरको उचाइमा पर्छ ।
News from benionline.com.np

Comments :

0 comments to “म्याग्दीको टोड्केलाई पर्यटकीय गन्तब्य बनाउन चक्रपथ निर्माण”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger