
इपिएस कोरिया, नेपाल मानव संशाधन कार्यालयका महानिर्देशक जेन्गोहोले उत्कृष्टताको पुरस्कार बितरण कार्यक्रममा इपिएसअन्तर्गत नेपालले पाएको यो सफलताका कारण थप रोजगारको अवसर आउनसक्ने बताएका थिए। कोरियाले १५ मुलुकबाट इपीएस अन्तर्गत रहेर कामदार लिदै आएको छ। आगामी बर्ष यी मुलुकबाट २० हजार कामदार इपीएस अन्तर्गत लिने कोरियाले घोषणा गरेको छ। यसमा सबैभन्दा बढी नेपालबाट कामदार लिन लागेको हो। उनका अनुसार अहिले भाषा परीक्षा दिएर रोस्टरमा रहेकाहरु नियमित रुपमा जान पाउनेछन्।सबै प्रक्रिया पूरा गरेर सबभन्दा छिटो कामदार पठाउन सकेकाले नेपाल उत्कृष्ट बनेको हो।उनका अनुसार अहिले भाषा परीक्षा दिएर रोस्टरमा रहेकाहरु नियमित रुपमा जान पाउनेछन्। तोकिएको समयभित्र कामदार नआइपुग्दा धेरै उद्योग बन्द भएको उदाहरण कोरियामा छ। त्यही भएर कोरियाले इपिएसअन्तर्गत कुन देशले सम्झौता भएको कति सयमभित्र कामदार पठायो भन्ने विषयलाई मुख्य प्राथमिकता दिने गरेको छ। कामदारले आफ्नो कार्यक्षेत्र भित्र र बाहिर देखाउने अनुशासनलाई पनि मापदण्डका रूपमा लिइन्छ।
‘रोजगारदाताको विश्वास जितेर थप अवसर आउनु स्वागतयोग्य हो,' आचार्यले भने, ‘यसलाई जोगाएर अझ बढी अवसरको खोजी गर्नुपर्छ।'कामको जिम्मेवारी राम्ररी वहन गर्ने र पूर्ण जवाफदेहिता लिने कसीमा पनि नेपालीहरू खरो उत्रेका छन्। इपिएसअन्तर्गत कुनै पनि देशको कार्य-सम्पादन मापन गर्ने यस्ता मापदण्डमा नेपालीले आफूलाई अग्रस्थानमा उभ्याएर कोरियाली रोजगारदाताको विश्वास जितेका थिए। इपिएसअन्तर्गत करिब ३ हजार ७ सय नेपाली कामदार कोरिया गइसकेका छन्। नेपालले करिब ३ वर्षपछि २००७ जुलाइ २३ मा यो सुविधा पाएको हो। इपीएस अन्तर्गत ६ हजार ५ सय ८६ जना छनौंट भएका थिए।मन्त्रालयका अनुसार नयाँ कामदारको छनौट भने साउनबाट हुनेछ। साउनमा कोरियाली भाषा परीक्षा हुने र परीक्षाको परिणाम भदौमा निकालिने मन्त्रालयले जनाएको छ। सचिव आचार्यले परीक्षामा उर्तिण भएका सबै प्रक्रिया सकेर सूची तयार पारेर रोस्टर निकाल्ने जानकारी दिए। नेपाली कामदार कृषि, माछापालन, सेवा, उत्पादनमूलक र निर्माण क्षेत्रमा काम गर्न त्यहाँ गइरहेका छन्। कोरिया गएका कामदारले मासिक ७० हजार रुपैयाँभन्दा बढी कमाउँछन्। सन् २००४ मा सुरु भएको इपिएसअन्तर्गत १५ वटा देशले दक्षिण कोरियामा कामदार पठाउँदै आएका छन्।
नागरिक न्युजबाट
Comments :
0 comments to “नेपालीको इमान्दारिता अनुशाशन मिहीनेतको मुल्याङ्कन गरि कोरिया सरकारले नेपाललाइ पहिलो प्राथमिकतामा राख्दै थप नेपाली कामदार लिने घोषणा गर्यो”
Post a Comment