wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

March 15, 2010

कांग्रेस शभापति गिरिजा प्रसाद कोइराला अस्पताल भर्ना

कोइराला वेड तर्फ अघि बढ्दै 
चैत १- नेपाली कांग्रेसका सभापित गिरिजाप्रसाद कोइरालाको स्वास्थ्य बिग्रएपछि साँझ ७ बजे शहीद गंगालाल हृदय रोग अस्पताल भर्ना गरिएको छ। यसअघि आफैँ गाडीबाट ओर्लेर बेडमा जाने कोइरालालाई आज सहयोगीले बोकेर गाडीबाट ओराल्नु परेको छ। अक्सिजन जोडेकै अवस्थामा उनलाई बेडमा पुर्‍याइएको छ। ८६ वर्षे कोइराला क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज (सीओपीडी)बाट पीडित छन्। उनलाई अस्पताल ल्याइपुर्‍याउनु आधा घण्टा अगाडिदेखि शहीद गंगालाल अस्पतालमा विशेष तयारी गरिएको थियो। वरिष्ठ नर्सहरुलाई तयारी अवस्थामा राखिएको थियो।
साढे ६ बजे एम्बुलेन्स पठाउनुअघि कांग्रेस नेता शेखर कोइराला अस्पताल पुगेर उपचारको तयारी बारे जानकारी लिएका थिए। शेखर आफैँ मेडिकल डक्टर हुन्। आइतबार दिउँसो स्वास्थ्य जटील बनेपछि उनलाई अस्पताल लाने तयारी गरिएको थियो। घरमै भइरहेको उपचार काफी नभएपछि दिउँसो अस्पताल लाने निर्णय गरिएको कोइरालाका सहयोगी गोकर्ण पौडेलले नागरिकन्युजलाई बताए। कोइरालाको उपचारमा डा. अर्जुन कार्की सहितका चिकित्सक सहभागी छन्। यसअघि परिवारले उपचारका लागि विदेश लाने भने पनि कोइराला जान मानेका थिएनन्। गत बिहीबारदेखि श्वावप्रश्वासमा समस्या देखिएढेपछि उनलाई चौबीसै घन्टा अक्सिजन दिइँदै आइएको छ। लामो समयको धुम्रपानका कारण उनलाई सीओपीडी भएको हो। लामो राजनीतिक जीवनमा छोरीसँग विरलै बसेका कोइराला गत शुक्रवार महाराजगञ्जको भाडाको घरबाट मण्डिखाटारस्थि छोरी सुजाताको घरमा सरेका थिए।
नागरिक न्युजबाट

Comments :

0 comments to “कांग्रेस शभापति गिरिजा प्रसाद कोइराला अस्पताल भर्ना”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger