wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

March 20, 2010

निखिल र सञ्चिता विवाह गरेर मुम्बईमा

अन्ततः नायक निखिल उप्रेती र नायिका सञ्चिता लुइाटेलले विवाह गरेका छन् । उनीहरूले अज्ञात स्थलमा अत्यन्तै सानो पारिवारिक जमघटमा विवाह गरेका हुन् । हाल उनीहरू दुवै जना मुम्बईमा छन् । निखिल-सञ्चिताको प्रेमप्र्रसंगले नेपाली चलचित्र उद्योगलाई तताए पनि उनीहरूको यो प्रेमको गन्तव्य बिन्दु विवाह हुन नसक्ने धेरैको ठम्याइ थियो । 'उनीहरूबीच प्रेम छ भन्ने थाहा थियो', दुवै कलाकारसँग निकट रहेका एक कलाकारले विवाह भएको थाहा भएपछि आश्चर्यचकित भएको बताउादै भने- 'तर विवाह हुनका निम्ति केही प्राविधिक कारण बाधक देखेको थिएा ।'
उनका अनुसार प्रेमसम्बन्ध गहिरो भएपछि यस्ता बाधाहरू स्वतः हट्ने रहेछन् । नेपाली चलचित्र उद्योगमा राजेश हमाल र करिश्मा मानन्धरको केमेस्ट्री मिलेको भनेजस्तै निखिल र सञ्चिताको जोडी पनि मिल्दो मानिन्छ । सात वर्षअघि उनीहरूको पहिलो चिनजान भएको थियो । प्रारम्भिक सम्बन्ध कटु रहे पनि बिस्तारै सुमधुर बन्दै गएको सम्बन्ध तीन वर्षअघि गहिरो प्रेममा पुगेको थियो । एकातर्फ वैवाहिक सम्बन्ध-विच्छेद गरेर बसेकी नायिका सञ्चिता र अर्कातर्फ असहज वैवाहिक सम्बन्धबाट निकास खोजिरहेका नायक निखिलबीच सम्बन्ध गाढा हुँदै गयो । 'खासमा हामीले विवाह गरेको १३ महिना भैसकेको छ', गत आइतबार मुम्बई प्रस्थान गर्ने क्रममा एयरपोर्टमा भेटिएका निखिल उप्रेतीले साप्ताहिकसँग भने- 'यो कुरा व्यक्तिगत भएकाले हामीले सार्वजनिक गर्न चाहेनौं ।' यस विषयमा मुम्बईमै रहेकी नायिका सञ्चिता लुइाटेलसँग पनि प्रतिक्रिया मागिएको थियो । 'हामीले विवाह गरेको साँचो हो ।' टेलिफोन कुराकानीमा नायिकाले भनिन्- 'यो विषयलाई सार्वजनिक गर्दा केही अप्ठ्यारो पर्ला कि भनेर चुप लागेर बसेका थियौं, अब लेखिदिनुभए हुन्छ ।'मुम्बईमा एक फ्लाट लिएर सँगै बसेका यी नायक-नायिकाले ५ वर्ष लामो प्रेमसम्बन्धलाई वैवाहिक रूप दिएको बताए । 'मेरो पहिलो घरबार बिगि्रएकाले सञ्चितासँग विवाह गरेको होइन,' कूटनीतिक शैलीमा निखिलले भने- 'दाम्पत्य जीवनमा केही असन्तुष्टि त भैहाल्छ, सञ्चिता र म एक-अर्कालाई प्रेम गथ्र्यौं, त्यसैले पनि विवाहको बाटो रोजिएको हो ।' नायक निखिल उप्रेतीले करिब ७ वर्षअघि कोपिला उप्रेतीसँग प्रेमविवाह गरेका थिए । कोपिला र निखिल दुवै उप्रेती नै भए पनि उनीहरूले पारिवारिक विद्रोह गर्दै विवाह गरेका थिए । निखिलको परिवारले उनको त्यो विवाहलाई हालसम्म पनि स्वीकार गर्न नसकेको निकटस्थ स्रोत बताउँछ । निखिल र सञ्चिताले आफूखुसी १३ महिनाअघि अर्थात् गत वर्षको फागुनमा विधिवत् विवाह गरेको बताए, तर दुवैका परिवारले आफूखुसी गरेको विवाहलाई मान्यता नदिने बताएपछि गत माघ ६ गते बुधबार श्रीपञ्चमीका दिन उनीहरूले सानो घरेलु जमघटमा फेरि टीकोटालो गरेका थिए । पारिवारिक सूत्रका अनुसार केही दिनअघि मात्र सञ्चिताको अनुपस्थितिमै दुवै परिवारका बाबुआमा -सम्धी-सम्धिनी) ले अर्को एक कार्यक्रममा भेट गरेका थिए । 'हामी दुवै धार्मिक प्रवृत्तिका भएकाले पनि नजिक भयौं', नायिका सञ्चिताले भनिन्- 'उहाँले एक दिन मलाई मन पराएको कुरा  बताउनुभयो, मलाई पनि उहाँ मन पथ्र्यो, त्यसैले सम्बन्ध सहजै अगाडि बढ्यो ।' निखिल विवाहित भएको सञ्चितालाई थाहा थियो, यस आधारमा उनले निखिललाई घर-व्यवहार मिलाएर परिवारसँग कुराकानी गरेर मात्र विवाह गर्ने प्रस्ताव राखेकी थिइन् । त्यसअनुसार निखिलले पनि सबै कुरा मिलाएको बताएपछि अब साथै बस्ने तयारीमा उनीहरू पुगेको बताइन्छ । घर बनाए पनि विगत एक वर्षयता निखिल घर नगई दिदीको घरमा बस्थे । विगत चार वर्षयता निखिल र उनकी श्रीमती कोपिलाबीच निरन्तर असमझदारी बढ्नुले पनि निखिल र सञ्चिताबीचको सम्बन्ध जीवनसाथीको हदसम्मका लागि बढेको थियो । 'हामी राम्रा साथी बन्यौं, त्यसपछि यो सम्बन्धलाई जीवनसाथीमा परिणत गर्ने निर्णय गर्‍यौं,' निखिलले भने- 'सुख-दुःखका हरेक कुरा आपसमा सेयर गर्ने क्रममा एक-अर्कालाई राम्रोसँग बुझ्यौं ।' निखिल र सञ्चिताले विवाह गरिसकेको तथा उनीहरूबाट एक सन्तान जन्मिसकेको बजार हल्ला चलेको भए पनि त्यो निराधार भएको निखिल बताउँछन् । निखिलले भने- 'म नेपाली चलचित्र उद्योगबाट केही समयका लागि रेस्ट गर्न चाहन्छु,, अब दुईवटा भोजपुरी चलचित्र सकेर केही समय उपचार र आराममा बिताउने योजनामा छु ।' विवाहित जीवन बिताइरहेका निखिल र वैवाहिक सम्बन्धलाई विच्छेद गरेर बसेकी नायिका सञ्चिताबीचको यो सम्बन्ध सहजै अघि बढ्न गाह्रो भएकाले पनि दुवैले विवाहको कुरा लामो समयसम्म लुकाउनुपरेको बताए । हामीले चोखो माया गरेका हौं, तर भन्न डरायौं, नायिका सञ्चिताले भनिन्- 'अब डर छैन, शून्यबाट नै नयाँ जीवन प्रारम्भ गर्दैछौं ।'पाँच वर्षअघि सोभित बस्नेतद्वारा निर्देशित 'चोर-सिपाही' को सुटिङताकादेखि नै निखिल र सञ्चिताको मित्रता घनिष्ठ बनेको थियो । चोर-सिपाहीमा दुवै जना नायक-नायिकाको भूमिकामा थिए । निखिल र सञ्चिताको जोडी जम्ने भनिए पनि यी दुईले एक-अर्काको जोडी बनेर अभिनय गरेका चलचित्रको संख्या जम्मा ६ मात्र छ । चोर-सिपाहीपछि मर्यादा, दाग, युद्ध, विजयपथ, माया त माया होमा उनीहरू दुवै एक-अर्काको जोडीका रूपमा देखिएका छन् ।
साप्ताहिक बाट 

Comments :

0 comments to “निखिल र सञ्चिता विवाह गरेर मुम्बईमा”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger