wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

March 26, 2010

बेनी आक्रमण गर्न माओबादीले १ करोड ५० लाख खर्च गरेको खुलासा


माओवादीले २०६० साल चैत ७ गते म्याग्दीमा गरेकॊ बेनी आक्रमणमा एक करोड २५ लाख रुपैयाँ खर्च भएको खलासा भएको छ। विकेन्द्रित भनिएको बेनी आक्रमणमा माओवादीले आफ्नो सबै शक्ति केन्द्रित गरेको कारण सबैभन्दा महङ्गो आक्रमण भएको माओवादी सेनाका डेप्युटी कमान्डर चन्द्रप्रसाद खनालले बताए। उनका अनुसार केन्द्रीय योजनाको लडाईमा ५० लाख रुपैयाँदेखि सवा करोड रुपैयाँसम्म खर्च हुने गर्थ्यो।बेनि लडाईमा घाइतेको उपचार पछिसम्म गर्न परेकाले धैरे खर्च लागेको उनको भनाई छ। युद्धको खर्चमा अधिकांश हतियार, गोली, विस्फोटक पदार्थमा खर्च हुने उनले बताए। बेनी आक्रमणका लागि खर्च जुटाउन माओवादी हेडक्वार्टरलाई समेत अप्ठेरो परेको थियो। माओवादी सेना प्रमुख नन्दकिशोर पुनले पनि बेनी आक्रमण माओवादीको सबैभन्दा महङ्गो भएको स्वीकारे।गोलीगठ्ठाको व्यवस्था गर्ने ‘सप्लाई विभाग’मा लामो समय इन्चार्ज खनालका अनुसार युद्धका बेला पार्टीको सम्पूर्ण खर्चको ६० प्रतिशतभन्दा बढी खर्च, हतियार गोली विस्फोटक पदार्थ र स‌ञ्चार साधनहरुको खरिद तथा प्रयोगमा हुन्थ्यो।
बेनी हान्न ठूलो सङ्ख्यामा हतियार र गोलाबारुद खर्चिएको थियोपहिलोपटक यही आक्रमणमा भारतीय सेनाले प्रयोग गर्ने एके ४७ बन्दुक पनि माओवादीले प्रयोग गरेका थिए।बेनी आक्रमणमा युद्धका लागि माओवादीले ठूलो रकम खर्चेर आफ्नो छुट्टै सन्चार स‌जाल खडा गरेको सप्लाई विभागमा काम गरेका भक्ति पाण्डेले खुलासा गरे। उनका अनुसार वेनी हान्न फिलीपिन्स र ब्याङ्ककबाट मगाइएका ७० हजार रुपैयाँदेखि ९० हजारसम्म मूल्यका ९० वटा स्याटेलाइट फोनसँगै ४० हजार मूल्यका थुप्रै ‘बेस स्टेसन सहितका ‘इन्टरकम’को ठूलै सन्जाल बनाइएको थियो। पार्टीको आन्तरिक सन्चारलाई सहज बनाउन प्रयोग गरिएको इन्टरकम सन्जालमा एउटा बेससँग सम्बन्ध राखेर ४० भन्दा बढी टेलिफोन सेट प्रयोग हुन सक्थ्यो।बेनी आक्रमणमा संलग्न हजारौं फौजका लागि खानाको व्यवस्था स्थानिय पार्टीमार्फत जनताले गरेको अहिले सभासद् रहेका माओवादी नेता गोविन्द पौडेलले बताए । “खानामा हेडक्वार्टरले खर्च गरेन,” उनले भने -”हामीमार्फत नै जनताले खान दिए।”हेडक्वार्टरले हतियार गोलीबारुद र व्यवस्थापन खर्चमा मात्र सहयोग गरेको उनको भनाई छ। फौजलाई विभिन्न किसीमले सहयोग गर्न स्वयंसेवकहरुको ठूलो संख्या पनि परिचालित थियो। डेप्युटी कमाण्डर खनाल स्वयंसेवकको रुपमा खटिएका स्थानियवासीको श्रमको हिसाव गर्ने हो भने बजेटको आकार अझ बढ्ने बताउँछन्। हतियारपछि बेनी आक्रमणमा खर्च बढ्ने मुख्य कारण बन्यो छापामारलाई कपडा, जुत्ता, झोला, स्लिपिङ ब्याग र खुवाइने मासु रहे। यसरी युद्ध सामाग्री बाहेक छापामारको भत्ता र अन्य बन्दोबस्ती लजिष्टिकका लागि मात्रै युद्धको पछिल्लो तीनवर्ष माओवादीको वार्षिक खर्च पौने दुई अर्व रुपैंयाको हारहारीमा पुगेको थियो। आक्रमणमा घाइतेहरुको उपचार गर्न पनि माओवादीले ठूलै रकम खर्चनु पर्यो। रोल्पा गामका सुरेश घर्ती तिनै हुन् जो बेनी आक्रमणमा खुट्टामा गोली लागेर घाइते भएका थिए।अहिले उनी उपचार नहुँदा बैशाखीको सहारा लिन्छन्। माओवादीको त्यतिवेला म्याग्दी इन्चार्ज रहेका सभासद् पौडेल व्यवस्थित बजेट प्रणालीको अभाव तर जिल्ला क्षेत्र कमाण्ड र केन्द्रले गर्ने खर्चलाई एकै ठाउँमा नसमेटिएकाले पार्टीको वार्षिक बजेट अनुमानमै सीमित रहेको बताउँछन्। जनयुद्ध अवधीभर माओवादीमा नरहेको आर्थिक विभागको काम तिनै जिल्ला इन्चार्जहरुले गर्थे
म्याग्दी न्युज बाट 

Comments :

0 comments to “बेनी आक्रमण गर्न माओबादीले १ करोड ५० लाख खर्च गरेको खुलासा”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger