wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

March 20, 2010

स्व. कोइरालाको संक्षिप्त जीवनी यस्तो छ

पुर्व प्रधानमन्त्रि एवं नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको मण्डिखटारस्थीत सुजता निवासमा उपचारका क्रममा म्रित्यु भएको छ । दिउसो १२ बजेर ११ मिनेट जादा उहाँको उपचारमा संलग्न चिकित्सकहरुले म्रित घोषणा गरेका थिए । आफ्नी एकमात्र सन्तान छोरी सुजाता निवासमा उपचारको क्रममा उहाँको निधन भएको हो ।
राणा प्रधानमन्त्री चन्द्र शम्सेरले पिता कृष्णप्रसाद कोइरालालाई राजद्रोहको मुद्दा लगाई सर्वस्व हरणसहित देश निकाला गरेपछि ४५ जनाको परिवारसहित भारतको बनारस निर्वासनमा पुगेको कोइराला परिवार वि.सं. १९७५ मा भारतीय विहार राज्यको सहर्स जिल्लाको टेडीमा पुगेको थियो । निर्वासन अवस्थामा रहेको बेला जन्मनु भएको थियो सभापति कोइराला । गिरिजाप्रसाद कोइराला गर्भमा रहेका बेला मातापिता गिरिजादेवीको मन्दिरमा जाने गर्नुहुन्थ्यो र उहाँहरुको सन्तान जे जन्मिए पनि गिरिजाप्रसाद या गिरिजादेवी राख्ने सल्लाह अनुसार उहाँको नाम गिरिजाप्रसाद राखिएको थियो । कोइराला परिवारको आयस्रोत खेतीपाती थियो ।

चन्दशम्सेरको मृत्युपछि पिता कृष्णप्रसाद कोइराला वि.सं. १९८६ मा विराटनगर फर्कनु भयो । त्यतिबेला गिरिजाप्रसाद कोइराला ५ वर्षको मात्र हुनुहुन्थ्यो। पछि वि.सं. १९०३ साल असोज २ पिता कृष्णप्रसाद कोइरालाले राणा शासन विरुद्ध विराटनगरबाट जनताका थोत्रा कपडा हुलाकमार्फत पठाएपछि राजविद्रोहको मुद्दा लगाई सर्वस्व हरणसहित पूर्ण देश निकाला गरेको थियो । पिता कै प्रेरणाबाट राणा शासन विरोधी भावना जन्मिएको थियो सभापति गिरिजाप्रसाद कोइारालामा । त्यसैले उहाँ २३ वर्षको उमेरदेखि नै आन्दोलनको नेतृत्व गर्ने तहमा पुग्नुभयो । २३ वर्षको उमेरमा नै विराटनगर जुटमिलमा चर्किएको आन्दोलनको नेतृत्व गर्नुभएको थियो । गिरिजाप्रसाद कोइरालाले । सन् १९४८ मा त उहाँ नेपाल ट्रेड युनियन कांग्रेसको संस्थापक अध्यक्ष नै बन्न भयो। सन् १९५२ देखि  १९६० सम्म नेपाली कांग्रेसको मोरङ जिल्ला सभापति बन्नु भएका कोइरालालाई सन् १९६० मा पक्राउ गरी ७ वर्ष सम्म जेल हालियो। उहाँले त्यतिबेला जेलमा नै २१ दिने भोकहड्तालसमेत गर्नुभयो ।जेलबाट छुटेपछि भारत पुग्नुभएका कोइराला ११ वर्षपछि विपीसँगै मेलमिलापको नीति लिएर नेपाल फर्कनुभयो । सन् १९७५ देखि ९१ सम्म पार्टीका महामन्त्री बन्नुभएको थियो गिरिजाप्रसाद कोइराला । २०३९ साल साउन ६ गते विपी कोइरालाको निधनपछि पार्टी गिरिजाप्रसाद कोइरालासहित गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको सामुहिक नेतृत्वबाट अगाडि बढेको थियो । २०४८ सालको चुनावपछि जेठ १६ गते बनेको सरकारमा तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइराला नै प्रधानमन्त्री हुनुभयो । त्यसपछि २०५३ साल बैषाख २९ गते काठमाडौंमा सम्पन्न कांग्रेसको ९ औं महाधिवेशनबाट सभापतिमा गिरिजाप्रसाद कोइराला निर्वाचित हुनुभयो । २०५७ साल माघ ९ गते कांग्रेसको दशौं महाधिवेशन कास्कीको पोखरामा सम्पन्न भयो। सो महाधिवेशनबाट गिरिजाप्रसाद कोइराला पुनः पार्टी सभापतिमा निर्वाचित हुनभयो । २०६२ साल भदौ १४ गतेदेखि १७ सम्म ललितपुरमा भएको ११ औं महाधिवेशनमा पनि गिरिजाप्रसाद कोइराला सभापतिमा पुनः निर्वाचित हुनुभयो ।जनआन्दोलन सफल भएपछि पनि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बन्नुभयो भने उहाँ १३ वर्षदेखि नै नेपाली कांग्रेसको सभापति हुनुहुन्छ। दिल्लीमा भएको बाह्र बुँदे समझदारीदेखि शान्ति सम्झौता हुँदै नेपालको शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका रहेको छ ८७ वर्षीय कोइरालाको। नेपाली प्रजातान्त्रिक आन्दोलनमा अग्रज तथा पहिलो विराटनगर मजदुर आन्दोलनका नेता गिरिजाप्रसाद कोइरालाले निरंकुश राणा शासन विरुद्ध पञ्चायती व्यवस्था विरुद्धको जनआन्दोलन र २०६२/६३ को लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्नुभयो कोइरालाले । लोकतन्त्र प्राप्तिपछि भारतीय प्रधानमन्त्री मनमोहन सिंहबाट एसियाकै महान नेताको सम्मान पाउनुभएका कोइराला १० वर्ष लामो युद्ध गरेको माओवादीलाई शान्तिप्रक्रियामा ल्याउन महत्वपूर्ण स्थानमा रहेर काम गर्नुभयो। संसारमै शाम्यवादी आन्दोलन शंकटमा रहेको चर्चाकाबीच पनि कोइरालाले शसस्त्र युद्धमा रहेको पार्टीलाई शान्ति प्रक्रियामा ल्याउन सफल हुनुभएकाले पनि उहाँको नाम विश्वमा चर्चित छ। २०४६ को जनआन्दोलपछि नेपालमा कम्युनिष्टप्रति कडा रुपमा प्रस्तुत हुने कोइरालाको छवि कम्युनिष्ट विरोधीको रुपमासमेत चर्चामा थियो । २०४६ सालको जनआन्दोलनपछि दशकमा उहाँको नाम कम्युनिष्ट विरोधीकै पर्यायकै रुपमा आउने गरेको थियो ।
माओवादी युद्धको सुरुमा माओवादीलाई निस्तेज पार्न कोइरालाले चालेको कदमका कारण उहाँ त्यतिबेला कम्युनिष्टका लागि अनुदार व्यक्तिका रुपमा चिनुनुभयो। तर २०६२ सालमा भने उहाँ युद्ध लडिरहेको कम्युनिष्ट पार्टीसँग समेत हातेमालो गर्न पुग्नुभयो। युद्धकालमै माओवादीसँग राजतन्त्र विरुद्ध सहमति गरेपछि नेपाली कांग्रेसभित्रैसमेत कोइरालाको कडा आलोचना भयो। तर कोइरालाको व्यक्तित्व अगाडी त्यो विरोध गलत बन्यो । पहिले राजतन्त्रका समर्थक कोइरालाले नै डेढ सय वर्ष पुरानो राजतन्त्रका विरुद्ध आन्दोलनको अगुवाई गर्नुभएको थियो । राजतन्त्रको पतनपछि लोकतन्त्र स्थापना भइसकेपछि पनि कोइरालाले नेपाली राजनीतिको केन्द्र भागमा हुनुहुन्छ ।
FROM DC NEPAL

Comments :

0 comments to “स्व. कोइरालाको संक्षिप्त जीवनी यस्तो छ”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger