wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

April 5, 2010

म्याग्दी भलिबल खेलाडीहरुको सम्मान कार्यक्रम भब्यताकासाथ सम्पन्न


म्याग्दी समाज समिति दक्षिण कोरियाले म्याग्दी समाज भलिबल टिमका खेलाडीहरुलाई बिशेस कार्यक्रमको आयोजना गरि भब्यताका साथ सम्पन्न गरेको छ । हिजो शनिबार सांझ राजधानी सउलको तोङदेमुन स्थित लुम्बिनी रेष्टुरेण्टमा सम्पन्न उक्त सम्मान कार्यक्रमको प्रमुख अतिथिमा नेपाल सम्पर्क समितिका अध्यक्ष  देबित राई र म्याग्दी समाजका अध्यक्ष नर बहादुर पुनको सभापतित्व रहेको थियो ।
सांझ ढिलो गरि सम्पन्न हिजोको सम्मान कार्यक्रममा प्रमुख अतिथि देबित राई र अध्यक्ष नर बहादुर पुनले संयुक्त रुपमा पानसमा बत्ति बालि उद्घाटन गरिएको कार्यक्रममा उपस्थित खेलाडीहरुलाई खाडा र सम्मान पत्र प्रदान गरिएको थियो । कार्यक्रममा अन्य संघ संस्थाका प्रतिनिधिहरु समेतको उपस्थिति रहनुको साथै  करिव पचास जना म्याग्देलीहरुको उपस्थिति रहेको थियो । सहसचिव बाबुराम शर्माको स्वागत मन्तब्य रहेको सम्मान कार्यक्रम संचालन सचिव भरत तुलाचनको रहेको थियो ।

Comments :

0 comments to “म्याग्दी भलिबल खेलाडीहरुको सम्मान कार्यक्रम भब्यताकासाथ सम्पन्न”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger