wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

April 7, 2010

मनीषाको बिहे नेपाली व्यापारीसित

काठमाडौँ, चैत २४ (नागरिक)- वीपी कोइरालाकी नातिनी तथा बलिउड अभिनेत्री मनीषा कोइरालाको बिहे नेपाली व्यापारी सम्राट दाहालसित हुने भएको छ। अमेरिकामा अध्ययन गरेर फर्किएका दाहाल नेपालमा वैकल्पिक ऊर्जासम्बन्धी कम्पनीका मालिक छन्। उनका पिता सुरेन्द्र छालाको जुत्ता उत्पादन गर्ने कम्पनी लेदर विङ्ग्सका मालिक हुन्। पुर्ख्यौली घर सिन्धुली भएका सम्राट हाल महाराजगञ्ज बस्ने गर्छन्।




मनीषा कोइराला र सम्राट दाहाल

सम्राट नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) ब्याङ्कको केन्द्रीय कार्यालय बागबजारमा कार्यरत छन्आज प्रकाशित दि हिमालयन टाइम्सले जनाएअनुसार, बिहेको छिनोफानो सोमबार भएको हो। पुरोहितहरुले असार ३ गते स्वयंवर, ४ गते मेहन्दी र १९ गते विवाहको साइत जुराएका छन्। यद्यपि, पत्रिकाका अनुसार यसको औपचारिक घोषणा भने भएको छैन। मनीषा र सम्राटको अफेयर धेरै वर्षअघिदेखि चलेको भए पनि तीन हप्ताअघि मात्रै मनीषाले सम्राटसितै जीवन बिताउने निधो गरेकी थिइन्। मनीषाका पितालाई उद्धृत गर्दै टाइम्सले लेखेको छ- उनी सुशिक्षित छन् र राम्रो पारिवारिक पृष्ठभूमिका हुन्, म उनलाई मन पराउँछु र छोरीको निर्णयको सम्मान गर्छु'


फेसबुकमा मनीषा-सम्राट

मनीषाको फिल्म क्षेत्रमा प्रवेश नेपाली चलचित्र फेरि भेटौँलाबाट भएको थियो। त्यसपछि उनले सौदागरमार्फत् बलिउडमा ब्रेक पाइन्। विधुविनोद चोपडाको निर्देशनमा बनेको १९४२: अ लभ स्टोरीले उनको अभिनय करिअरलाई अझ उठाएको थियो। पछिल्ला दिनमा भने उनको खासै चर्चा बलिउडमा छैन।

दिवंगत हजुरबुबा गिरिजाप्रसाद कोइरालाको अन्त्येष्टीमा पिता प्रकाश कोइरालाका साथ पशुपतिमा। तस्बिरः केशव थोकर



गत मार्च अन्तिम साता आयोजित पत्रकार भेटघाटमा मनीषाले भनेकी थिइन्- ' नेपाली केटासँगै विवाह गर्न चाहन्छु।' तस्बिरः विजय राई

बलिउडमा मनीषाका हिट गीतहरु

Comments :

0 comments to “मनीषाको बिहे नेपाली व्यापारीसित”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger