wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

April 16, 2010

म्याग्दीको घार गाविस स्थीत मुक्तिमार्ग उच्च माविमा स्नातह तहको कक्षा सञ्चालनार्थ आयोजित महाँयज्ञको पुवार्धमै दान गर्नेहरूको ओइरो


म्याग्दीको घार गाविस स्थीत मुक्तिमार्ग उच्च माविमा स्नातह तहको कक्षा सञ्चालनार्थ आयोजित महाँयज्ञको पुवार्धमै दान गर्नेहरूको ओइरो लाग्नथालेको छ ।गत चैत ३० देखि यहि बैसाख ६ गतेसम्म चल्ने महाँयज्ञको शुरुका दिनमै देखिएको उत्साहजनक सहभागिताले आयोजकलाई थप जोस र जाँगर मिलेको छ ।यज्ञको उद्घाटनको तेश्रो दिनमै ३१ लाख २० हजार सङ्कलन भएको बताउँदै आयोजक समितिका प्रचारप्रसार संयोजक ठकबहादुर बरुवालले यज्ञमा आँफुहरूले अपेक्षा गरेभन्दा निकै धेरै सफलता प्राप्तहुने अनुमान गरेको बताए ।दुर्गम गाउँमा स्नातक तहसम्मको पढाइ सञ्चालन हुने भएपछि स्थानीय अभिभावकहरूले पनि आँफुसंग भएको सामर्थ भन्दापनि निकै बढि रकम दान गरेको आयोजकहरूको अनुभव छ ।अहिलेसम्म यज्ञ आयोजक मुलसमिति संयोजक तथा स्थानीय समाजसेवी बहुदबहादुर बरुवालले १० लाख एक हजार एकसय ११, स्थानीय पदमध्वज खड्काले चारलाख, शाल्रि्राम खड्काले एकलाख, बेल्जीयममा बसोबास गर्दैआएका म्याग्देलीले ५१ हजार, घार गाविसबाट चारलाख गरि यज्ञको तेश्रो दिनसम्म ३१ लाख २० हजार रुपेयाँ सङ्कलन भएको महाँयज्ञ आयोजक समितिका प्रचारप्रसार उपसमितिका संयोजक ठकराज बरुवालले बताए ।
यज्ञमा मुल बाचकका रुपमा रहेका युवा पंडित दिनबन्धु पोख्रेलमाथी भएको दुखद घटनाका कारण यज्ञं अवधिका दुइदिन केहि निरासाजनक भएपनि तेश्रो दिनबाट भक्तजन र दानबीरहरूको पनि निकै उत्साहजनक सहभागिता रहेको यज्ञ आयोजक समितिका महाँसचिव कृष्णबहादुर बरुवालले बताए ।आफ्नो पालामा गाउँमा अध्ययन गर्नु ज्यादै असम्भव कुरा भएकोले आफ्ना सन्ततीहरूलाई गाउँ छाडेर बाहिर पठाउनुभन्दा आफ्नो क्षमताले भ्याएअनुसारको सहयोग गरेर गाउँमै क्याम्पस सञ्चालन गर्ने सोंच रहेकोले यज्ञमा ठुलो रकम दान गरेको भारतिय सेनाबाट सुबेदारको उपाधी समेत पाएका यज्ञ आयोजक मुल समितिका संयोजक बहुदबहादुर बरुवालले बताए ।यज्ञमा सङ्कलन भएको रकमले म्याग्दी जिल्लामा ग्रामिण क्षेत्रमै उच्च गुणस्तरिय शिक्षा सहितको स्नातक कक्षा सञ्चालन गरिने लक्ष लिएका गाउँलेहरूले पुर्वाधार, रकम र सरोकारवाला निकायको सहयोग पाएमा विश्वविद्यालय समेत गाउँमै स्थापना गरेर शिक्षा क्षेत्रमा नयाँ क्रान्ती ल्याउने जमर्को गरेका छन् 
बेनी अनलाइन बाट 

Comments :

0 comments to “म्याग्दीको घार गाविस स्थीत मुक्तिमार्ग उच्च माविमा स्नातह तहको कक्षा सञ्चालनार्थ आयोजित महाँयज्ञको पुवार्धमै दान गर्नेहरूको ओइरो”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger