wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

April 25, 2010

सहिदलाई सम्झने परिवारमात्रै !


जनआन्दोलनमा सुरक्षाफौजको गोली लागी मृत्यु भएका पर्वतका सहिद गोविन्दनाथ शर्माकी श्रीमती भगवती शर्मा शनिबार लोकतान्त्रिक चोकमा रहेको श्रीमान्को सालिकमा माल्यार्पण गर्दै । भर्‍याङ समाउँदै गोविन्दनाथका भाइ देव शर्मा -सेतो लुगामा) ।


पर्वत, वैशाख ११ - 

सहिद गोविन्दनाथ शर्माको सालिक रहेको लोकतान्त्रिक चोक लोकतन्त्र दिवसकै दिन शनिबार सुनसानजस्तै देखिन्थ्यो । चोकमा भेला भएका केही सर्वसाधारण २०६२/६३ को आन्दोलनको समीक्षा गर्नमा व्यस्त थिए । विभिन्न्ा संघसंस्थाको सहयोगमा निर्मित सहिद शर्माको सालिकतिर कसैले ध्यान दिएन । सालिक फुस्रो र उदांगो बनेको थियो । राजनीतिक दलका नेता र सरकारी कर्मचारी व्यक्तिगत काममै व्यस्त थिए । 
शर्माका परिवार भने सहिदलाई सम्झी कोही सालिकमा आएर श्रद्धाञ्जलि अर्पण गर्छ कि भन्दै बिहान ७ बजेदेखि चोकमै प्रतीक्षारत थिए । तर ११ बज्यो कोही आएनन् । 
त्यसपछि श्रीमती भगवती, भाइ देव र आफन्तले पालैपालो सालिकमा माल्यार्पण 
गरे । 'मर्ने बेलामा तिम्रो साथ दिने धेरै थिए तर आज साथ दिने र सम्झने हामी परिवार मात्रै भयौं,' सालिकमा माल्यार्पण गर्दै श्रीमती भगवतीले भनिन्, 'तिम्रो रगत र बलिदानले सही निकास पाएन । न त संविधान बन्ने भो, न त नेताहरू मिल्ोर देश चलाउने नै भए । त्यसैले तिमी सपनामा आएर सुतेका नेतालाई ब्युँझाई संविधान लेख्न लगाऊ ।' 
माल्यार्पण गर्न सालिकमा चढेकी शर्माले नेताहरूले कुर्सीको खिचातानी नछाडुन्जेल सपनामा आएर खबरदारी गरिरहन सहिद श्रीमानलाई आग्रह गरिन् । निकै भावुक देखिएकी शर्माले सबै दलका नेता सहिदका सपना पूरा गर्न नलागेर आफ्नो दुनो सोझ्याउनै व्यस्त भएको आरोप लगाइन् । 
५१ वर्षको उमेरमा सहिद भएका शर्मा दर्जन बढी संघसंस्थामा आबद्ध थिए । उनका दुई श्रीमती, एक छोरा र पाँच छोरी छन् । आन्दोलनमा होमिएका बेला ०६३ वैशाख ८ गते सुरक्षाफौजले चलाएको गोली लागेर घाइते भएका उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा १२ गते मृत्यु भएको थियो ।  
राजनीतिक दल, सरकारी निकाय र नागरिक समाजले लोकतन्त्र दिवससम्म पनि सम्झने नगरेको भाइ देव शर्माले बताए । उनका अनुसार शर्माको पुण्यतिथिमा उद्योग वाणिज्य संघले श्रद्धाञ्जलिसभा गर्दै आए पनि अरूले कुनै किसिमका कार्यक्रम गरेका छैनन् । शर्मा जनआन्दोलनमा धौलागिरि अञ्चलकै 
एक मात्र सहिद हुन् । 
सरकारले शर्माका छोराछोरी र श्रीमतीलाई मासिक आर्थिक सहयोग प्रदान गर्दै आएको छ । तर आर्थिक सहयोग गरेरमात्र सहिदको सपना र सरकारको दायित्व पूरा नहुने शर्मा परिवारको भनाइ छ । 'सहिदको रगत पैसामा तुलना गरेर पुग्दैन,' भाइ देवले भने, 'सहिदका नाममा विभिन्न कार्यक्रम र पार्टीपौवा तथा विद्यालय पनि स्थापना गरिनुपर्छ ।' 'दाइले ज्यान नदिएको भए आज यसरी सबैले लोकतन्त्रको छायामा बसी सुखसँग जीवनयापन गर्न पाउने थिएनन्,' उनले भने । सरकार, राजनीतिक दल, नागरिक समाजले सहिद दिवस र लोकतन्त्र दिवसमा सहिदलाई नसम्भिmई उनीहरूको योगदानबारे भुल्ने गरेको उनले बताए । सहिदको सालिकमा माल्यार्पण नगरे पनि उनीहरूको बलिदानबाट प्राप्त लोकतन्त्रको सही सदुपयोग गर्न सबैलाई भाइ देवले आग्रह गरे । 
'तोकिएकै समयमा संविधान बन्नुपर्छ,' उनले भने, 'समयमै संविधान नबने सहिदले बगाएको रगत व्यर्थ हुने छ ।' श्रीमती भगवतीले लोकतन्त्र दिवसमा समेत कसैले पनि सहिदलाई नसम्झँदा चित्त दुःखेको बताइन् । सहिदको बलिदान भुलेर सरकार र दलहरूले गरेको कार्य पूरा नहुने उनको सुझाव छ ।

Comments :

0 comments to “सहिदलाई सम्झने परिवारमात्रै !”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger