wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

April 22, 2010

स्नातक तह संचालनार्थ संचालित महायज्ञमा १ करोड २८ लाख संकलन

                                                       
म्याग्दीको घार गाविस स्थीत मुक्तिमार्ग उच्च माविमा स्नातह तहको कक्षा सञ्चालनार्थ आयोजित महायज्ञमा एककरोड २८ लाख रकम सङ्कलन भएको छ ।
दुर्गम गाउँमा रहेका करिव आधादर्जन गाविसलाई समेट्नेगरि घार गाविसको बिचमा रहेको मुक्तिमार्ग उच्चमाविलाई आगामी तिनवर्षभत्र स्नातक तहको पढाइ सञ्चालन गर्ने लक्षका साथ आयोजना गरेको यज्ञमा संङ्कलन भएको रकमले विद्यालयको भौतिक पुर्वाधारका साथै गाउँका अन्य सामाजिक क्षेत्रमा समेत लगानी गरिने आयोजकहरूले बताएका छन् ।
यज्ञमा आयोजकले अपेक्षा गरेभन्दा निकै ठुलो सफलता प्राप्त भएको आयोजक समितिका प्रचारप्रसार संयोजक ठकबहादुर बरुवालले बताउनुभयो ।
 दुर्गम गाउँमा स्नातक तहसम्मको पढाइ सञ्चालन हुने भएपछि स्थानीय अभिभावकहरूले पनि आँफुसंग भएको सामर्थ भन्दापनि निकै बढि रकम दान गरेको आयोजक समितिका अध्यक्ष सुबेदार एवम् उच्च रकम दान गर्ने बहुदबहादुर बरुवालले बताउनुभएको छ ।
यसैविच महायज्ञमा प्रमुख वाचक दिनबन्धु पोख्रेलले संचारकर्मीहरु संगको कुराकानीमा देशमा शान्ति स्थापना गर्न समयमै संविधान निर्माण गर्नुपर्ने बताउनुभएको छ ।
 उहाँले समाज परिवर्तनका लागि युवाहरु विच एकता हुनुपर्ने भन्दै आफुँले नेपाली युवाहरुलाई समाजिक कार्यमा लाग्न नयाँ अभियान समेत संचालन गर्ने बताउनुभएको छ ।
( बेनी अनलाइन) 



Comments :

0 comments to “स्नातक तह संचालनार्थ संचालित महायज्ञमा १ करोड २८ लाख संकलन”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger