हरिकृष्ण गौतम/म्याग्दी,बेनी अनलाइन बाट
धौलागिरिका लागि वर्ष२०६६ आशा र निराशाको वर्षरह्यो । अर्कोअर्थमा सामान्य सुधारभन्दा अवस्था ज्यू“का त्यू“ भयो । प्रविधि, ग्रामिण विकास, शिक्षा, स्वास्थ्य र पर्यटनमा आशालाग्दा विकास भए भने राजनीति, उद्योग ब्यवसाय र सामाजिक जीवन निराशामूलक । बागलुङका खगेन्द्र थापामगरले सबैभन्दा होचो व्यक्तिका रुपमा गिनीज बुकमा नाम लेखाए र कुशल केसीले सोलार कार बनाएर एकाएक हिरो भए । महावीर पुनले हिमालपारिको जोमसोममा बेतारे संजाल पुर्याए । टेलिकमले मुस्ताङसहित लोमान्थाङमा मोबाइल सेवाका साथै १६ ओटै गाविसमा आफ्नो संजाल विस्तार गयो । पर्वतमा विश्वकै अग्लो स्थानमा रहेको झोलुंगे पुल निर्माण भयो । अर्कोतिर, चर्चित ब्यक्तिका निधन र सडक दुघटनाहरूले धौलागिरिबासीहरूलाई वर्षरि नै चिन्तित तुल्यायो । १५ वर्षअगाडी पुर्व मुस्ताङी राजा जिग्मेपर्वल बिष्टकी भाउजु डिक्की डोलकर बिष्टले दायर गरेको रिटमाथी सुनुवाई गर्दै सर्वोच्च अदालतले उपल्लो मुस्ताङमा रहेको लोमान्थाङ दरबारलाई तिनभागमा अंशबन्डा गरिदियो ।
बितेको वर्षात्रै मुस्ताङमा भारतिय राजदुतले तिनपटक भ्रमण गरे । त्यस्तै रसियन, मलेसियन, पाकिस्तानी, बेलायती, जापानी, चिनियाँ, अमेरिकि लगायत शक्तिशाली मुलुकका राजदुत तथा भारतिय शेनाप्रमुख दिपक कपुर लगायतका लागि भ्रमणको केन्द्रबिन्दु बन्यो, भने भारतिय राजदुत राकेस सुदले टुकुचेको योगेन्द्र उच्च माविमा हिन्दी गित गाउन दबाब दिएको कुरा मुस्ताङमा वर्षरि निकै चर्चित बन्यो । सबै राजदुतले आफ्नो मुलुकको लगानी मुस्ताङमा केन्द्रत गर्ने घोषणाले मुस्ताङको भुमिमा केहि रहस्य रहेको समेत खुलासा हुनथालयो । मुलुकको तरल राजनीतिक अवस्थाका बाबजुद पनि प्रधानमन्त्री माधवकुमार नेपाल, गृहमन्त्री भिम रावल, अर्थमन्त्री सुरेन्द्र पाण्डे पर्ुव अर्थमन्त्री डा. बाबुराम भट्टर्राई, पुर्व रक्षामन्त्री रामबहादुर थापा लगायत सुरक्षा निकायका प्रमुखहरूको भ्रमणले पनि निकै चर्चा पायो । पर्ुव युवराजका रुपमा रहेका पारश शाह र तिब्बती धार्मीक नेता दलाई लामाका बिशेश प्रतिनिधि थिन्ले ग्यात्सोको गोप्य मुस्ताङ भ्रमणले मुस्ताङलाई थप रहस्य र बिबादको घेरामा तान्नुका साथै चर्चाको शिखरमा पुर्यायो । बितेकै वर्षतिब्बतको झोङ्वासेन जिल्ला र मुस्ताङबिच भएको सिमावार्ताले दुबै जिल्लाका बासीन्दाहरूमाथी वषौंदेखिको आवतजावतको बिबाद टुङ्गीनाले दुबै क्षेत्रका बासीन्दालाई सहजताको अनुभुती भयोभने उपल्लो मुस्ताङको छुसाङ गाविसमा लागेको व्यापारमेलाले पनि चिन र जोमसोमविचको मित्रतालाई थप प्रगाढ बनायो ।
जलवायु परिवर्तनको असर पछिल्लो समय निकै नजिकिँदो रुपमा देखापर्यो धौलागिरिका चार जिल्लामध्ये त्यसको असर उपल्लो मुस्ताङ लगायत हिमाली क्षेत्रमा बढि पर्यो, जसका कारण उपल्लो मुस्ताङमा बेमौशमी तरकारी लगायत उत्पादन हुनथाल्यो । सोहि विषयको अध्ययन गर्नका लागि सभाषद सुनीलबाबु पन्त सहितको एक टेाली उपल्लो मुस्ताङसम्म पनि पुग्यो । जलवायुपरिवर्तनकै कारण इतिहासमै पहिलोपटक लामखुट्टे, फट्याङ्ग्रा, मलसाँप्रो, फ्याउरो, स्याल लगायतका नयाँनयाँ जिवहरूले आफ्नो बासस्थानका रुपमा जमाउन खोजे । जसका कारण उपल्लो मुस्ताङबासीको बा“च्ने आधार भत्क“दै जानथालेको छ । धौलागिरिका चारै जिल्लाका बिभिन्न सामुदायिक वनमा लागेको डढेलोका कारण लाखौंको धनजन क्षती भयो । लामो समय खडेरी पर्ने र वनमा डढेलो लाग्ने लगायतका कारणले गाउँगाउँमा रहेका पानीका मुल सुक्दै जानथाले जसका कारण ग्रामिण नागरिकको कृषि उत्पादनमा ठेस लाग्नुका साथै खानेपानीको समेत हाहाकार सुजना भइरहेको छ । यसपाली कृषिको उत्पादकत्व निकै कम छ ।
राजनीतिक बृत्तमा धौलागिरिका अन्य जिल्लाका तुलनामा मुस्ताङकै चर्चा बढि रहेपनि विकास र पुर्वाधारका क्षेत्रमा भने अन्य जिल्लाहरू पनि कम चर्चित रहेनन् ।
मुलुककै अग्लो स्थानमा झोलुङ्गे पुल निर्माण भएर पर्वतको ज्ञादी क्षेत्रका करिव एकदर्जन गाविसका बासिन्दाले पुर्वाधार विकासमा अकल्पनिय सहजताको महशुस गरे जसका कारण सदरमुकाम कुश्मा बजारसंगको एकघण्टाको बाटो छोटिएर पाँच मिनेटमा परिणत भयो । करोडौं रुपैयाँ खर्चेर सडक यातायात पुग्नुभन्दा सयौंगुणा विकासको फड्को मारेको अनुभुती पर्वतबासीले गरिरहेका छन् । त्यस्तै सरकारले गाउँविकासको बजेटमा भारी बृद्धी गरेका कारण गाउँगाउँमा मोटरबाटो खन्ने लहर नै चलेको छ । जसको फलस्वरुप धौलागिरिका चारै जिल्लाका अधिकांस गाविसमा धुलै र हिलै भएपनि सडक सञ्जालको बिस्तार भएको छ र सो क्रम यो वर्षनि जारी रहेको छ ।
र्प्ार्यटनवर्ष२०११ लाइ लक्षित गर्दे धौलागिरिका चारै जिल्लामा पर्यटकिय क्षेत्रको चिनारी, पर्ुवाधार विकासका साथै नयाँनयाँ योजना अगाडी सारियो । बाग्लुङको गाजादह, कुश्मीसेरा, ढोरपाटन, भैरवथान, पर्वतको डहरे, अलपेश्वर गुफा, पन्चासे, म्याग्दीको टोड्केधुरी, धौलागिरि बेसक्याम्प, घोडेपानी, नारच्याङ, रुप्से छहरा, मुस्ताङको लोमान्थाङ, चराङदरबार, मुक्तिनाथ, लगायतका पर्यटकिय क्षेत्रको विकासमा सरोकारवाला निकायको समेत ध्यान पुग्नथाल्यो । जसलाई विकासको इट्टा थप्ने काम भएको विश्लेसकहरूको धारणा छ ।
चारै जिल्लामा लुटपाटका घटनामा बृद्धि भयो । गाउँगाउँमा हुने मेलापर्व लगायतका अवसरमा स्थानीय युवाको गैरजिम्मेवारका कारण म्याग्दीमा मात्रै बितेको वर्षकरिव डेर्ढदर्जन नागरिकले अनाहकमा ज्यान गुमाउनुपर्यो । प्रहरीको कडा निगरानीका कारण अपराधीलाई पक्राउ गर्न सफल भएका कारण १८ जनाको क्षमता भएको जिल्ला कारागारले करिव ६० बन्दी पालिरहेको छ । गाउँगाउँमा हुने मेलालाई प्रहरी प्रशासनले कडा निगरानी राख्नुका साथै घटनास्थलमै पुगेर कडा अनुसन्धान गरेको भन्दै प्रहरी नायव उपरिक्षक लोकेन्द्रबहादुर मल्ल जिल्ला प्रशासनबाट सम्मानित समेत भए ।
लगायतका समय धौलागिरिमा कम्युनिष्टका संस्थापक नेता सोमबहादुर बोगटीको निधनकासडक दुघटनामा नेकपा एकीकृतका जिल्ला सहसचिव हिराबहादुर केसीको मृत्युभयो भने सडक दुघटनाले धौलागिरि नै चिन्तित बनायो ।
बैकिङ गतिविधिमा निकै परिवर्तन आयो जसको फलस्वरुप म्याग्दी, बाग्लुङ, पर्वत र मुस्ताङमा गरि करिव एकदर्जनभन्दा बढि बित्तिय संस्थाहरूले आफ्ना शाखा बिस्तार गरे । म्याग्दीका समाजसेवीहरूको सक्रियतामा दुइवर्षअगाडी स्थापना भएको निलगिरि विकास बैङ्कले जिल्लाकै बिकट गाउँ दरबाङमा शाखा बिस्तार गरेर ग्रामिण भेगका जनतालाई राहात दिने काम गर्यो । सञ्चारका क्षेत्रमा देखापरेको विकासे क्रान्तीले पनि निकै सफलता पायो २०६६ सालको पहिलो बिहानीमै म्याग्दीकाली एफएम ८८.२ मोघाहर्जले आफ्नो प्रसारणारम्भ गरेर दुरदराजसम्म सञ्चार प्रवाह गर्न सफल भयो । विहानीले दिनको सङ्केत गर्छ भनेझैं वर्षो पहिलो दिनमै खुलेको सो एफएमका कारण धौलागिरिका चारै जिल्लामा वर्षौभरि म्याग्दी जिल्लाले निकै सफलता पायो । त्यसका साथै बेतारे सञ्जालका हिरोका रुपमा परिचित महाबीर पुनले धौलागिरिका चारै जिल्लाका ग्रामिण क्षेत्रमा बेतारे इन्टरनेटको माध्यमबाट बिश्वलाई नै १४ इन्चको पर्दामा सिमित राख्ने काम समेत २०६६ मा नै गरे । सोहि वर्षपर्वतका महिला दिदिबहिनीको सक्रियतामा दिदीबहिनी एफएमको प्रसारणारम्भले महिलाले पनि समाजमा केहि गर्नसक्छन् भन्ने उदाहरण प्रस्तुत गर्यो । जसका कारण सुचना समाजका रुपमा होस्टेमा हैंसे गर्दैरहेको धौलागिरिले पनि सञ्चारका क्षेत्रमा फड्को मार्ने जमर्को गरेको प्रस्टै देखियो ।
जलविद्युतका क्षेत्रमा पनि बितेको वर्षधौलागिरिले निकै ठुलो फड्को मारेको छ । पर्वतको तल्लो मोदीखोला १० मेघावाट, म्याग्दीको राहुघाट जलविद्युत परियोजना २८ मेघावाट, म्याग्दीकै मिरिस्तीखोला १७ मेघावाट, कालीगण्डकी गर्ज १६४ मेघावाटको कालीगण्डकी गर्ज लगायतका करिव आधादर्जन ठुलाठुला परियोजनाहरू निर्माणचरणमा प्रवेश गरे ।
विकाससंगै धौलागिरिमै बिबादित मुद्दाका रुपमा म्याग्दीको सदरमुकाममा दुइवर्षअगाडीसम्म नेपाल खाद्यसंस्थानका नाममा रहेको जग्गा प्रकरण रहयो । जग्गाका विषयमा एनेकपा माओबादीनिकट र माओबादीबाहेकका राजनीतिक दलका लागि वर्षौभरि बिबाद र झडपको स्थीति सम्म तान्ने काम गर्यो । जग्गाको बिबाद मिलाउनखोज्ने प्रमुख जिल्ला अधिकारी समेत जिल्ला छिरेको तिनमहिना समेत बित्न नपाउँदै म्याग्दीलाई बाइबाइ गर्नुपर्यो । तत्कालिन प्रजिअलाई आर्थीक लेनदेनको समेत आरोप लगाइएपनि सो कुराको पुष्टी भने हुनसकेको छैन ।
वर्ष२०६६ का ३६५ वटै दिनलाई समग्र रुपमा फर्केर हेदा केहि दुःखद र केहि शुखद घटनाहरू भएपनि समग्रमा मुल्याङ्कन गर्दा बितेको वर्षधौलागिरिबासीका लागि निराषाभन्दा आसा र उपलब्धी नै बढि भएका छन् । नयाँ नेपालको नाराको केसि हिस्सा बोकेको धौलागिरिले बितेको वर्षाई फर्केर हेदा नयाँ नेपालको मेलोमा होस्टेमा हैंसे गर्नखोजेकै हो । दैब्रि्रकोपका एकाध घटनालाई बिर्सिने हो भने मानविय चेतना र उत्साहका कारण यो अञ्चलमा देखिएको विकासक्रमलाई निकै सफलताको शिखरमा पुगेको बिश्लेशकहरूको पनि ठम्याइ रहेको छ ।
म्याग्दीका भएका प्रमुख घटनाहरू

१) बेनी-दरबाङ सडक खण्डमा साउन १२ गते दिउँसो सडक दुर्घटनामा नेकपा एकिकृतका जिल्ला सहसचिव हिराबहादुर केसी सहित ७ जनाको निधन ।
२) कुटपिट, धारीलो हतियार र बलात्कार गरि १४ जनाको हत्या ।
४) एमाले अध्यक्ष झलनाथ खनाल, माओवादी उपाध्यक्ष डाक्टर बाबुराम भट्टर्राई, कांग्रेस नेता खुमबहादुर खड्का लगायत केन्द्रिय नेताहरूको आगमन ।
५) बिवादीत खाद्य संस्थानको जग्गामा सम्भावित झडप रोक्न भन्दै निषेधाज्ञा जारीगर्दा तत्कालीन प्रमुख जिल्ला अधिकारी जितेन्द्र भण्डारीको आलोचना ।
६) वित्तिय क्षेत्रमा उपलब्धीमुलक आईर्एमई र शेयर मार्केट फाईनान्सले बेनीमा शाखा स्थापनाका साथै निलगिरि विकास बैङ्कले दरबाङमा पहिलो शाखा स्थापना ।
७) जिल्लाकै जेठो निजि तथा आवासीय लोकदिप आवाशिय माविको रजत जयन्ती ।
मुस्ताङमा भएका मुख्य घटनाहरू

१) रसियन, भारतिय, मलेसियन, चिनियाँ, फ्रेन्च, पाकिस्तानी, लगायत बिभिन्न शक्तिशाली राजदुतको भ्रमण ।
२) टुकुचेको योगेन्द्र उच्च मा.विमा राजदूत सुदले विद्यार्थीलाई हिन्दीमा गीत गाउन दबाब ।
३) १५ वर्षेखिको बिबादीत लोमान्थाङ दरवारलाई तिनभागमा लगाउन सवोच्च अदालतको आदेश ।
४) भारतीय स्थलसेनाध्यक्ष दिपककपूरसहितको टोली नाटकीय रुपमा मुस्ताङ भ्रमण ।
५) तिब्बतको झोङ्वासेन र मुस्ताङ्ग जिल्लाबीच जोससोममा ११ बुँदे सहमति ।
६) दलाई दूत थिन्ले ग्यात्सो र पूर्व युवराज पारस शाह विनाअनुमति ३ हेलिकोप्टरमार्फ जोमसोमको भ्रमण ।
७) छोसेर र तिव्वतको झोङवासेनबाट मुस्ताङ प्रवेशको क्रममा चिनियाँ प्रहरीद्वारा १७ जना तिव्वती पक्राउ ।
बाग्लुङमा भएका मुख्य घटनाहरू

१) विहु चार जुकेपानी स्थानमा दुदिलभाटि ४ बस्ने ३२ बषर्ीय पर्ुण्ा वि.क.ले श्रीमती विमला सुनारलाई कुटपिट । श्रीमान सोही स्थानबाट पक्राउ प्रहरीद्धारा ज्यानमार्ने उद्योगमा मुद्धा दर्ता ।
२) अदालतको फैसला चित्त नबुझेको भन्दै बा.न.पा १ बस्ने भुपेन्द्र के.सी. समेतका मानिसहरुले अदालत तोडफोड
३) बुर्तिबाङ १ मा मनकुमारी अर्यालको होटलमा अधिकारीचौर ५ बस्ने थम्मनबहादुर पुन र निसी ९ बस्ने शसि पुनले लुकाई राखेको ४ के.जी. २ सय ग्राम चरेश बरामद – शसी पुन जेलमा )
४) उर्जामन्त्री प्रकाशशरण महतलाई कालो झण्डा देखाउने क्रममा वाईसिएलद्वारा ढुङ्गा प्रहार, मन्त्री महत चढेको गाडीमा क्षति, नेपाली काग्रेसका कार्यकर्ता सकुन्तला शर्मा गम्भीर र्घाईते
५) बा.न.पा १ घर भई हाल बानपा २ बस्ने २१ बषिर्या आकाश किसानको कोठामा प्रहरीले छापामारी ६ ग्राम खैरो हिरोईन बरामद – किसान जेलमा )
६) बागलुङबाट कुश्मा तर्फजादै गरेको ग १ ख २४९३ को बस दुर्घटना ५ जनाको मृत्यु ।
पर्वतमा भएका महत्वपुर्ण घटनाहरू

१) मुलुककै अग्लो स्थानमा कुश्माज्ञादी झोलुङ्गेपुलको निर्माण ।
२) विश्वव्यापी समस्याका रुपमा देखापरेका स्वाइनफ्लु पर्वतमा ११ जनामा फेला, सोहि हल्लाका कारण हप्तौंसम्म त्यहाँका विद्यालयमा पठनपाठन अवरुद्ध ।
३) अशिक्षा र बढ्दो अराजकताका कारण आत्महत्या बढ्दो, जसका कारण १४ जनाको मृत्यु ।
५) रेडियो दिदीबहिनीको प्रसारणारम्भ ।
६) छिटफुट सडक दुर्घटनामा ८ जनाको मृत्यु ।
Comments :
0 comments to “२०६६ लाई फर्केर हेर्दा धौलागिरिमा”
Post a Comment