
धौलागिरि आरोहण स्वर्ण महोत्सवका अवसरमा आएकाहरूको सम्मानका लागि बेनीमा लाखेनाच प्रदर्शन गरियो ।बेनीका नेवार समुदायको पुर्खौली नाचका रुपमा चिनिएको लाखेनाचका, स्थानीय थाली, झयाउरे, जोगी लगायतका नाचहरू पनि देखाइएको थियो ।
कार्यक्रमका सहभागिहरूलाई पञ्चकन्याले फुलमालासहित सम्मान समेत गरेका थिए ।यता महोत्सवमा भागलिन आएका पर्यटनमन्त्री सरदशिंह भण्डारीको बिरोध गर्दै एकिकृत नेकपा माओबादीले कालो झण्डा प्रदर्शन गर्यो ।करिव साढे एकबजे फिस्टेल एयरको हेलिकोप्टरबाट जिल्ला प्रहरी कार्यालयमा अवतरण गरेका मन्त्री भण्डारीको बिरुद्धमा करिव एकघण्टा माओबादी कार्यकर्ताले नाराबाजी गरेका थिए ।

Comments :
0 comments to “धौलागिरि आरोहण स्वर्ण महोत्सवका अवसरमा कतै सम्मान कतै बिरोध”
Post a Comment