म्याग्दीमै पहिलोपटक गत २०६५ सालमा स्थापना भएको सामुदायिक एफएम -रेडियो म्याग्दी १०४.४) ले मुलुकमै पहिलोपटक छन्त्याल भाषामा समाचार प्रसारण आरम्भ गरेको छ ।छन्त्याल जातीको उद्गम थलो धौलागिरि र त्यसमा पनि म्याग्दीमा मात्रै दश हजारभन्दा बढि छन्त्याल जातीको बाहुल्यता रहेको र समावेशी आवाज स्वरुप शनीबार बेलुकादेखि छन्त्याल भाषाको समाचार प्रसारण गरिएको रेडियो म्याग्दीका अध्यक्ष चिरञ्जिवी शर्माले बताए ।ग्रामिण जनताका समस्या र गुनासालाई सरोकारवाला निकायसम्म पुर्याउने उद्धेश्यका साथ स्थापना भएको उक्त एफएमले सबै जातजाती र समुदायका आवाजलाई सरोकारवाला निकायसम्म पुर्याउने उद्देश्यले छन्त्याल भाषमा समाचार प्रसारण आरम्भ गरेको जनाएको छ ।
छन्त्यालहरुको मुख्य बासस्थान रहेको म्याग्दीमा मात्रै १० हजार भन्दा बढी छन्त्यालहरु बसोबास गर्दछन् ।म्याग्दी बाहेकका छिमेकी जिल्लाहरु मुस्ताङ, बाग्लुङ र पवतसमेत गरि धौलागिरिमा मात्रै छन्त्यालहरुको जनसंख्या जम्मा २० हजार भन्दा बढि रहेको २०५८ को जनगणनाले देखाएको छ ।छन्त्याल भाषाको समाचार प्रसारण पछि धौलागीरी अञ्चल भरीका २० हजार भन्दा बढी छन्त्यालहरू सुचनाको पहुँचबाट नजिक रहने विश्वास रहेको उक्त एफएमका समाचार संयोजक गोपाल छन्त्यालले बताए ।छन्त्याल भाषाको समाचार बुलेटिन सहित रेडियो म्याग्दीको बुलेटिनहरुको संख्या १७ पुगेको रेडियो म्याग्दीका स्टेशन संयोजक उत्तम प्रतिकले जानकारी दिए ।निकट भविश्यमा नै मगर, गुरुङ र नेवार भाषाका समाचार बुलेटिन पनि शुरु गरिने एफएमका सदस्य तथा ग्रामिण सामुदायिक विकास मञ्चकी अध्यक्ष यामकुमारी केसीले बताइन् ।२०६५ सालको पुष १७ गतेदेखि प्रसारण आरम्भ गरेको सो एफएम पछिल्लो समय दैनिक १९ घण्टा नियमित प्रसारण हुँदैआइरहेको छ ।
Comments :
0 comments to “नेपालमै पहिलो पटक छन्त्याल भाषामा समाचार प्रसारण”
Post a Comment