
अन्तर्वार्तामा उनले छिट्टै निखिललाई नेपाल फर्काउने र फिल्ममा उनको 'ग्याप' मेटाउने दावी समेत गरिन्।
पहिला निखिल र आफ्नो 'केमेस्ट्री' मिलेको चर्चा गर्ने मिडियाले बिहेको खबरलाई नकारात्मक रूपले प्रस्तुत गरेकोमा असन्तुष्टि समेत पोखिन् उनले। बिहेपछिको एउटा दशैं निखिलको घरमा मनाएको उनले खुलाइन्।
आफू भारतीय सिरियल खेल्ने तयारीमा रहेको जानकारी दिँदै उनले भनिन्, 'निखिल रित्तो हात मुम्वई आएका हुन्। मैले केही पैसा बचाएकी थिएँ र सासुससुराले पनि सहयोग गरे। त्यसैबाट गुजारा चल्यो।' आलोक नेम्बाङको फिल्म 'कोही मेरो'को डबिङ गर्न नेपाल आएको उनले बताइन्। हालै निखिल एक मद्रासी फिल्ममा अनुबन्धित भएको उनले जानकारी दिइन्।
निखिलकी पत्नी कोपिला उप्रेतीले भने सञ्चिताको सबै कुरा झुटो भएको बताइन्। अन्तर्वार्ता सकिए लगत्तै नागारिकलाई प्रतिक्रिया दिँदै उनले भनिन्, 'उसको सबै कुरा झुटो हो। मंगलसूत्र र सिन्दुर लगाउँदैमा कोही कसैको श्रीमती हुन सक्दैन। विवाह गरेको के प्रमाण देखाउन सकिन् सञ्चिताले?' यसबारेमा निखिलसँग कुरा गरेरमात्र केही बताउन सक्ने भनाइ उनको थियो।
निखिलले काठमाडौंबाहिर सुटिङ परेको समय बाहेक एक दिन पनि घर छाडेका छैनन्। यो कुरा सबै छिमेकीलाई थाहा छ। दुई वर्षदेखि निखिल घरमा नभएको भए आठ महिनाको छोरो कसरी आयो?' कोपिलाले प्रश्न गरिन्, 'एउटा फिल्मबाट २० हजार पाउने हिरोइनले निखिललाई मुम्बई राखेर पालेको गफ एकदमै फाल्तु छ।'
चैत १२ गते छोराको पास्नी सकेर मुम्बई गएका निखिल जिउ बनाएर फर्कने तयारीमा रहेको कोपिलाले बताइन्। 'मैले विवाहको हल्ला चलेपछि यस विषयमा स्पष्ट गर्न नेपाल बोलाएकी थिएँ। तर, उनले कसैले आरोप लगाउँदैमा खण्डन गर्न जरुरी छैन भने,' कोपिलाले भनिन्।
आठ वर्षको प्रेमपछि विवाह गरेका निखिलले आफूलाई धोका देलान् भनेर विश्वास नभएको उनले बताइन्। 'मैले निखिललाई स्टार होइन एउटा समान्य दिनेश उप्रेती हुँदा प्रेम गरेकी हुँ। उनले धोका देलान् भनेर म कल्पनै गर्न सक्दिन,' कोपिला आशावादी छिन्, 'सायद निखिलले यो कुराको खण्डन छिट्टै गर्लान्।'
(नागरिक)
(नागरिक)
Comments :
0 comments to “सञ्चिताले स्विकारिन्, कोपिलाले नकारिन्”
Post a Comment